अस्पतालबाट हराएको शिशु बिक्री भएको खुलासा चिकित्सक डाक्टर सहित ६ पक्राउ

स्वास्थ्यसमाचार/विराटनगरस्थित ग्रीनक्रस अस्पतालबाट हराएको नवजात शिशुलाई प्रहरीले उद्धार गरेको छ।बिक्री गरिएको अवस्थामा शिशुलाई कटहरी गाउँपालिका–२ बाट मंगलबार प्रहरीले उद्धार गरेको हो।

शिशुलाई बेपत्ता पारेको आरोपमा प्रहरीले अस्पतालका चिकित्सक डा. तपेश्वरलाल कर्ण सिहत ६ जनालाई आज पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा डा कर्णकै संलग्नतामा ५ लाख रुपैयाँमा बिक्री गरिएको खुलेको छ। ।

पक्राउ परेका ब्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

पक्राउ व्यक्तिहरू

१. जिल्ला भोजपुर, हतुवागढी गाउँपालिका वडा नं. ४ बस्ने वर्ष २७ को गोविन्द राई

२. जिल्ला मोरङ, विराटनगर महानगरपालिका वडा नं.२ घर भई दिपेश मेडिकल हल संचालक बर्ष ६८ को डा. तपेश्वर लाल कर्ण

३. जिल्ला मोरङ, बिराटनगर महानगरपालिका वडा नं.९ बस्ने ग्रिनक्रस अस्पतालमा कार्यरत बर्ष ३३ की सुधा राजवंशी

४. जिल्ला मोरङ, कटहरी गाउँपालिका वडा नं. २ बस्ने बर्ष ४६ की दिलमाया राजबंशी

५. जिल्ला मोरङ कटहरी गाउँपालिका वडा नं.२ बस्ने बर्ष ३० को सुर्य नारायण राजवंशी

६. जिल्ला सिराहा, कल्याणपुर नगरपालिका वडा नं. १२ वस्ने वर्ष ३८ की निर्मला यादव

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :