२० औं निजामती सेवा दिवसका अवसरमा लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा सरसफाई

स्वास्थ्यसमाचार/२० औं निजामती सेवा दिवसको अवसरमा लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा सरसफाई गरिएको छ।

लुम्बिनी प्रादेशिक अस्पतालका कर्मचारीहरुले अस्पताल परिसरमा सरसफाइ तथा शुभकामना आदान प्रदान गरेर दिवस मनाइएको हो ।अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापा क्षेत्री,शाखा अधिकृत कृष्ण गौतम अस्पतालका मेटो ज्योति पौडेल अस्पतालका नायव सुब्बा चिरञ्जीबी घिमिरे अस्पतालका सबै वडाका ईन्चार्ज तथा अस्पतालका कर्मचारीहरुको सहभागीता रहेको थियो।

अस्पतालका मेसु डा सुदर्शन थापा क्षेत्रीले शुभकामना आदान प्रदान गर्दै जनमुखी सेवा प्रवाहमा सबैको ध्यान जानु ताउनु भयो।“व्यावसायिक र सिर्जनशील प्रशासन विकास, समृद्धि र सुशासन“भन्ने नाराका साथ २०औं निजामती सेवा दिवस मनाईएको छ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :