रोशनी लक्ष्मी तुइतुईलाई ५० हजार राशीको निजामती सेवा पुरस्कार

स्वास्थ्यसमाचार/यसवर्षको निजामती सेवा पुरस्कारबाट स्वास्थ्य संस्थामा कार्यरत दुई जना कर्मचारी पुरस्कृत भएका छन् ।

यसरी पुरस्कृत हुनेमा कान्ति बाल अस्पताल महाराजगञ्जमा कार्यरत प्रमुख अस्पताल नर्सिङ प्रशासक डा रोशनी लक्ष्मी तुईतुई र भेरी अस्पताल नेपालगञ्जमा कार्यालय सहयोगीको रुपमा कार्यरत जवाहर लाल अहिर रहेका छन् ।

यो पुरस्कारको राशी जनही ५० हजार रुपैयाँ रहेको छ । सरकारले निजामती सेवा दिवस २०८० को अवसरमा यसवर्ष उत्कृष्ठ निजामती सेवा पुरस्कारबाट १० जना र निजामती सेवा पुरस्कारबाट ३० जना गरी कुल ४० जनालाई पुरस्कृत गर्ने निर्णय गरेको छ । सर्बोत्कृष्ठ निजामती सेवा पुरस्कार भने यसवर्ष कसैलाई दिइएको छैन।

 

सम्बन्धित शिर्षक :