चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा.अन्जनीकुमार झा नियुक्त

स्वास्थ्यसमाचार/ सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा अञ्जनीकुमार झालाई नियुक्त गरेको छ ।सरकारका प्रवक्ता रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद् बैठ्कले झालाई नियुक्ति गरेको जानकारी दिइन् ।

लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा गठित समितिले ३ जनाको नाम सिफारिस गरेको थियो । तीमध्ये झा नियुक्त भएका हुन् ।

उनीसहित श्रीकृष्ण गिरी, प्रवीण मिश्रको नाम सिफारिसमा परेको थियो । झा कांग्रेस निकट नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष हुन् ।उपाध्यक्ष गिरीको ४ वर्षेकाल भदौ २६ गतेबाट पूरा हुँदैछ ।

त्यसपछिको ४ वर्षे कार्यकालका लागि उपाध्यक्ष नियुक्ति गर्न सिफारिस समितिले साउन २६ गते दरखास्त माग गर्दा ९ जनाको आवेदन परेको थियो । उपाध्यक्ष बन्न मान्यता प्राप्त विश्वविद्यालयबाट चिकित्साशास्त्रमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी कम्तीमा २० वर्षको अनुभव भएको वा १० वर्षको अनुभवसहित स्वास्थ्य सेवामा क्षेत्रमा कम्तीमा २० वर्ष काम गरेको अनुभव हुनुपर्ने व्यवस्था छ ।

२०७५ मा जारी चिकित्सा शिक्षा ऐन र चिकित्सा शिक्षा आयोगसँग स्वार्थको टकराव नभएको हुनुपर्ने योग्यता तोकिएको छ । सिफारिस समितिले व्यावसायिक कार्ययोजना सहितको सोचपत्रसमेत दरखास्तको साथ माग गरेको थियो ।

दरखास्तको आधारमा प्रारम्भिक छनौट गर्ने र प्रस्तुति पछि ३ जनाको नाम सिफारिस गर्न सक्ने व्यवस्था छ । सिफारिसको आधारमा प्रधानमन्त्री तथा आयोग अध्यक्षले एक जनालाई उपाध्यक्षमा नियुक्ति गर्नेछन् ।

सिफारिस समितिमा सरकारले मनोनीत गरेको एक जना विज्ञ प्राध्यापक चिकित्सक र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य रहने व्यवस्था छ । विज्ञ प्राध्यापकमा नेपाली सेनाको मेडिकल कलेजका प्राध्यापक लोचना श्रेष्ठ नियुक्त भइसकेकी छन् ।

सचिवबाट मुख्यसचिव बैकुण्ठ अर्याल आफै सदस्य बसेका थिए । संगीता सिंह भण्डारी, पियूष दाहाल, प्रमोदकुमार यादव, मनेनप्रसाद गोर्खाली, विधाननिधि पौडेल, सुमनकुमार श्रेष्ठले आवेदन दिएका थिए ।

सम्बन्धित शिर्षक :