स्वास्थ्यसमाचार/खानपान, रहनसहन र जलवायु परिवर्तनका कारणले जनस्वास्थ्यमा धेरै प्रकारका घातक स्वास्थ्य समस्या देखिने गरेका छन् ।नसर्ने रोगको भयावह अवस्था छ । तर, उपचारका लागि सहज, सुलभ, प्रभावकारी रस्तरीय सेवा छैन ।उपलव्ध भएको पनि पालो कुर्दा उस्तै परे ज्यान जाने, भएभरको सम्पत्ती सकिने र विरामीको ज्यान पनि सकिने दर्दनाक बेथा धेरैले भोग्नुपरेको छ बुटवलमा रहेको मुलुककै पुरानो मध्येको विशेषज्ञ सेवा सहितको लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक २५०० को हाराहारीमा विरामीहरु आउँछन् ।यीमध्ये पछिल्ला समयमा अधिकांशमा नसर्ने प्रकारका जटिल रोग समेत देखिने गरेका छन् ।मुटु, मिर्गौला, पाचन प्रणाली, कलेजो, आन्द्रा र पेटको समस्या…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
डाक्टर कुट्नेलाई कारबाही गर्न चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम
स्वास्थ्यसमाचार/नेपाल चिकित्सक संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सन्चो अस्पताल हेटौँडामा कार्यरत चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि आक्रमण गरी घाइते बनाएको भन्दै संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । संघका महासचिव डा.सञ्जीव तिवारीले ७२ घण्टाभित्र घटनामा संलग्न दोषीलाई कानूनी कारबाही नगरे देशभर आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गरेर ज्यानको सुरक्षामा खटिन बाध्य हुने चेतावनी दिनुभयो । एक समूहले डा. थापा र बिडारीमाथि ज्यान मार्ने उद्देश्यले शारीरिक हमला गरी गम्भीर घाइते बनाएको भन्दै सरकारले दोषीमाथि कडा कारबाही गर्नुपर्ने बताउनु भयो ।…
गुल्मी अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा बिरामीलाई सास्ती
स्वास्थ्यसमाचार/गुल्मी अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा बिरामी समस्यामा परेका छन् । यस अस्पतालमा पन्ध्र जना विशेषज्ञ चिकित्सक (डाक्टर) सहितको दरबन्दी रहेको छ । केही हप्ता अघि यस अस्पतालमा उपचारत सात वर्षीय बालिकाको मृत्यु भएपछि उत्पन्न विवादले अस्पताल प्रमुख डा.राजेन्द्र जिसी सरुवा भएपश्चात अस्पताल कार्यालय प्रमुखविहीन भएको छ । दरबन्दी अनुसारको डाक्टरहरू नहुँदा अस्पतालमा छात्रवृत्ति करारमा रहेका आठ जना डाक्टरमध्ये केही विदामा, केही तालिममा रहेका कारण अस्पतालमा अहिले विरामीले सहज रूपमा उपचार पाउन सकेका छैनन् । कुनै बेला राम्रो उपचार हुने यी अस्पतालमा अहिले सामान्य उपचार पनि पाउन नसक्ने अवस्था छ। बिरामीहरू…
लुम्बिनी प्रादेशिक अस्पतालमा सुरक्षित मातृत्व कार्यक्रम प्रभावकारी
स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चालित सुरक्षित मातृ स्वास्थ्य कार्यक्रम सेवाग्राहीका लागि प्रभावकारी देखिएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत उक्त कार्यक्रम करिब १५ वर्षदेखि अस्पतालमा सञ्चालन हुँदै आएको छ । कार्यक्रमअन्तर्गत गर्भवतीको नियमित स्वास्थ्य जाँच, उनीहरूका लागि निःशुल्क प्रसूति सेवा साथै निःशुल्क शल्यक्रिया सेवाजस्ता मातृ स्वास्थ्य सेवासँग सम्बन्धित कार्यक्रम नियमित सञ्चालन हुँदै आएका छन् । यससँगै गर्भवतीलाई नियमित उत्प्रेरणा तथा यातायात खर्च भुक्तानी, आइरन तथा टिटी खोप निःशुल्क, हरेक दिन गर्भवती निःशुल्क स्वास्थ्य परीक्षण, परिवार नियोजन सेवा, पाठेघरको शल्यक्रिया, पाठेघरको मुखको क्यान्सरको जाँच तथा विशेषज्ञ सेवालगायत परीक्षण र उपचार…
भेरीमा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन सुरु
स्वास्थ्यसमाचार/भेरी अस्पताल नेपालगन्जमा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन सुरु गरिएको छ । यहाँस्थित भेरी अस्पतालमा १४ वर्ष पुरा भई १५ वर्ष ननाघेका किशोरीलाई मात्र सो खोपको पहिलो मात्रा बुधबारबाट लगाउन सुरु गरिएको भेरी अस्पतालले जनाएको हो । नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिने अभियानको शुभारम्भ गर्दै पाठेघरको मुखको क्यान्सर अहिले महिलाको सबैभन्दा ठुलो समस्या बनेर देखिन थालेको जनाउँदै यो अभियानबाट धेरै किशोरीहरू सुरक्षित हुने बताउनुभयो । भेरी अस्पतालका प्रमुख डा. पवन जंग रायमाझीले पहिलो चरणमा भेरी अस्पतालबाट एक हजार २१५ जना किशोरीलाई खोप लगाइने…
लुम्बिनी प्रदेशमा स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन मार्गदर्शन तयार
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन हुने स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन मार्गदर्शन तयार गरेको छ । स्वास्थ्य मन्त्रालय र मन्त्रालय अन्र्तगतका निकाय तथा कार्यालयबाट कार्यान्वयन हुने सबै कार्यक्रमको मार्गदर्शनलाई मन्त्रालय तहमा छलफल गरि अन्तिम रुप दिइएको छ । स्वास्थ्य मन्त्रालय र त्यस अन्तर्गतका स्वास्थ्य निकायबाट आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन हुने एकिकृत स्वास्थ्य तथा सरसफाई र प्रादेशिक अस्पताल सुदृढिकरण कार्यक्रमसँग सम्बन्धित कार्यक्रमहरुको पारदर्शी, मितव्ययी, प्रभावकारी र व्यवस्थित सञ्चालनको सहजीकरणका लागि यो कार्यक्रम सञ्चालन मार्गदर्शन तयार गरीएको स्वास्थ्य सचिव डा. जनार्दन पन्थीले बताउनु भयो । चालु आर्थिक…
पाल्पामा स्वास्थ्यको वार्षिक समीक्षा :उत्कृष्ट तीन स्वास्थ्य संस्था पुरस्कृत
स्वास्थ्यसमाचार/स्वास्थ्य कार्यलय पाल्पाको जिल्लास्तरीय वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ। गोष्ठीमा खोल्दै लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रानाले कुनै पनि वादको पछि नलागेर राजनीतिक रंगलाई एकातर्फ राखेर जनताको स्वास्थ्यको क्षेत्रमा काम गर्न सुझाव दिए । समीक्षामा खोल्दै कार्यालय प्रमुख डा गिरीले पाल्पा जिल्लाको स्वास्थ्य अवस्थाको सुधारका लागि यथार्थ योजना बनेको र आगामी दिनमा अझ सुधार भएको देख्न पाइने बताए ।उनले स्वास्थ्य सेवा सुधारका लागि गुणस्तरीय सेवा उपलब्ध हुनेगरी एकीकृत प्रसूति गृह सञ्चालन र दक्ष जनशक्ति व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । तानसेनमा वार्षिक समीक्षा गोष्ठीमा कार्यप्रगति प्रस्तुत गरेका गाउँपालिकाले स्वास्थ्यका क्षेत्रमा…
स्वास्थ्य बीमाका कर्मचारीहरुको काजफिर्ता तत्कालका लागि रोकियो
स्वास्थ्यसमाचार/स्वास्थ्य बीमा बोर्डमा कार्यरत कर्मचारीहरुको काजफिर्ता तत्कालका लागि रोकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार मन्त्री स्तरीय निर्णय गर्दै काज फिर्ता रोकेको हो । मन्त्रालयले सोमबार बोर्डलाई पठाएको पत्रमा ‘त्यहाँको सिफारिस एवं अनुरोध अनुसार खटाइएका कर्मचारीहरुलाई अर्को व्यवस्था नभएसम्म यथावत रुपमा काममा लगाउनु हुन यस मन्त्रालयको मन्त्रीस्तरको निर्णयअनुसार अनुरोध छ,’ भनिएको छ ।यो पत्र बाहिरिएसंगै स्वास्थ्यकर्मी तथा ट्रेड युनियनका प्रतिनिधिहरुले मन्त्रालयको पक्षपातपूर्ण नीति भएको टिप्पणी गरेका छन् । तर मन्त्रालयले भने निर्णयको बचाउ गर्दै अन्तरिम कालका लागि निर्णय गरिएको बताएको छ ।स्वास्थ्य सचिव देवकुमारी गुरागाईँले वीमा बोर्डमा आफ्नै कर्मचारी…
नेम्वाङलाई राष्ट्रिय सम्मान, अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णय
स्वास्थ्यसमाचार/हृदयघातबाट निधन भएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ । उनको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णयसमेत सरकारले गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको आज बिहान निधन भएको थियो ।आज बिहान बसेको मन्त्रिपरिषद बैठकले नेम्वाङलाई राष्ट्रिय सम्मान निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले जानकारी दिए । नेम्वाङका छोराहरु विदेश भएकाले उनीहरु फर्किएपछि मात्र अन्त्येष्टि गरिने छ । तर अन्त्येष्टि कहिले हुन्छ भनेर अहिले ठ्याक्कै भन्न नसक्ने मन्त्री किराँतीले बताए ।…
सुवास नेम्वाङको निधनले स्तब्ध भएको छु : शेरबहादुर देउवा
स्वास्थ्यसमाचार/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध भएको बताएका छन् । आज बिहान सामाजिक सञ्जाल एक्समा लेख्दै सभापति देउवाले संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङको निधनले स्तब्ध भएको बताएका हुन् । ‘नेकपा एमालेका उपाध्यक्ष एवं संविधासभा अध्यक्ष सुवास नेम्वाङजीको निधनले स्तब्ध भएको छ,’ उनले लेखेका छन्, ‘उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’ गएराति १ बजे हृदयघात भएपछि नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो । चिकित्सकहरुले मृत घोषित गरेका थिए । नेम्वाङको शवलाई श्रद्धाञ्जलीका लागि च्यासलस्थित एमाले पार्टी कार्यालय लैजाने तयारी…


