घाइतेको स्वास्थ्य अवस्था बुझ्न कोहलपुर अस्पताल पुगे मुख्यमन्त्री

स्वास्थ्यसमाचार /बाँकेको शम्शेरगन्ज नजिक पुर्ब पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा घाइतेको स्वास्थ्य अवस्था बुझन लुम्बिनी मुख्यमन्त्री डिल्ली चौधरी अस्पताल पुगेका छन ।

दाङका धार्मीक तथा पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण सकेस बर्दिया जादै गरेको सवारी साधन बाँकेको शम्शेरगञ्जमा दुर्घटना हुदा सात जनाको मुत्यु र २३ जना घाइते भएका थिए ।

मुख्यमन्त्री चौधरीले कोहलपुर मेडिकल कलेजमा उपचाररत १३ घाइतेहरुलाई प्रत्यक्षरुपमा भेटेर स्वास्थ्य लाभको कामना गर्दै स्वास्थ्य अबस्थाको वारेमा जानकारी लिए।।

उपचाररत घाइते विरामीहरुलाई उपचारमा कमि कमजोरी आउन नदिन अस्पताल प्रशासनलाई निर्देशन दिए ।उपचाररत घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्नु समेत गरे ।

उनले घाइतेहरुको उपचार र मृतकहरुको राहातका लागि प्रदेश सरकारले पहल गर्ने बताए ।अस्पतालका प्रमुख सुनिल सिंहले उपचारमा कुनै पनि समस्या नआउने र उपचारलाई प्रभावकारी बनाइएको जानकारी दिए ।

सम्बन्धित शिर्षक :