रुपन्देहीमा भाद्र २५,२६ र २७ गते फाईजरको (बुष्टर)खोप लगाईने

स्वास्थ्यसमाचार/रुपन्देहीका कोरोना बिरुद्धको फाईजर खोप(बुष्टर) लगाईने भएको छ। जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माका अनुसार रुपन्देहीका १२ पालिकामा यहि भाद्र २५,२६ र २७ गते कोरोना बिरुद्धको फाईजर खोप(बुष्टर) लगाईने भएको बताउनु भयो।

१२ बर्ष माथिका सम्पुर्ण नागरिकहरु लाई कोरोना बिरुद्धको फाईजर खोपको बुुष्टर डोज तथा कोरोना समन्धी कुनैपनि खोप नलागाएका १२ देखी १८ बर्ष सम्मका पहिलो मात्र लगाउने र १८ बर्ष माथिकालाई भेरोसेलको पहिलो मात्र लगाउने कार्यक्रम रहेको बताउनु भयो ।

उहाले पहिलो चरणमा रुपन्देहीका ४ पालिका देवदह,लुम्बिनी संकृतिक नगरपालिका,ओमसतिया र रोहिणी गाउँपालिकामा लगाई सकेको वताउनु भयो। अव बुटबल उपमहानगर,तिलोत्तमा सैनामैना, सिद्धार्थनगर, कोटहीमाई ,कञ्चन,गैडहवा सुद्धोधन मर्चबारी सम्मरीमाई ,मायादेबी, सियारी गाउँपालिकामा यो अभियान संञ्चालन गरिने बताउनु भयो।

उहाले स्वास्थ्य मापदन्ड अपनाई समन्धित पालिकाको स्वास्थ्यकेन्द्रमा गई खोप लगाउन आग्रह गर्नु भयो। केहि जानकारी चाहिएमा स्वास्थ्य कार्यलय रुपन्देही तथा स्थानिय पालिकाको स्वास्थ्यसंस्थामा सम्पर्क राख्नको लागी खोप अधिकृत शर्माले आग्रह गर्नु भयो। सबै पालिकामा  खोप लगाउने व्यवस्था मिलाउन स्वास्थ्य कार्यालयले सबै पालिकालाइ परिपत्र गरेको छ ।

गत बैसाखमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोभिड–१९ लाई लिएर जारी गरेको उच्च तहको सतर्कता तीन वर्षपछि हटाएको थियो।विश्वव्यापी स्वास्थ्य आपतकालको रूपमा अब कोरोना महामारी नरहेको घोषणा गर्दै डब्ल्यूएचओले संक्रमण रोकथामका लागि अपनाउने गरिएका सतर्कता हटाएको हो ।

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससले आपतकालीन समितिको १५ औं बैठकमा आएको सुझाव अनुसार जनस्वास्थ्य आपतकाल अन्त्य भएको घोषणा गरेको बताउनु भएको थियो। तर खतरा भने कायमै रहेको उहाँको भनाई थियो ।अवस्था फेरिएमा स्वास्थ्य आपतकाल फेरि घोषणा गर्न सकिने महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससको भनाई थियो ।

किन कोरोना अत्यपछि पछि खोप लगाउने भन्नेबारे  स्वास्थ्य कार्यलय रुपन्देहीमा खोप अधिकृत भेषराज शर्मा भन्नुहुन्छ फेरी बिकसित देशमा कोरोना फाट्फुट देखिन थालेकोले नेपाल सरकारले थप खोप मगाएर लगाउन थालेको वताउनु भयो।

सम्बन्धित शिर्षक :