ज्येष्ठ नागरिक लक्षित स्वास्थ्य शिविर, ५सयले गराए निःशुल्क जाँच

स्वास्थ्यसमाचार/रोटरी क्लव अफ बुटवल र ज्येष्ठ नागरिक मिलन केन्द्रको आयोजनामा ज्येष्ठ नागरिक लक्षित बृहत स्वास्थ्य शिविर गरिएको छ ।

श्रृुंगेश्वर धामस्थित ज्येष्ठ नागरिक मिलन केन्द्र परिसरमा आयोजित शिविरमा करिव ५०० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएको क्लवका अध्यक्ष करुण खनालले जानकारी दिए । शिविरमा देवदह मेडिकल कलेजले प्राविधिक सहयोग पुर्याएको थियो ।

शिविर सञ्चालनका लागि इनरह्वील क्लव अफ तिलोत्तमा, इनरह्वील क्लव अफ मिडटाउन, रोट¥याक्ट क्लवग अफ बुटवल, रोट¥याक्ट क्लव अफ लुम्बिनी बाणिज्य, रोट¥याक्ट क्लव अफ केआइसी, नेपाल हृदयरोग निवारण प्रतिष्ठान रुरपन्देही शाखा र नेपाल मगर महिला संघ बुटवलले सहआयोजककोे भूमिका निर्वाह गरेका थिए ।

शिविरमा मुटुरोग, हाडजोर्नी, जनरल फिजिसियन, छाला रोग, स्त्री रोग र मानसिक रोगको सम्बन्धित विशेषज्ञहरुद्वारा चेकजाँच गरिएको थियो । शिविरमा चिकित्सकहरसहित १५ जनाको स्वास्थ्यकर्मीको टोली चेकजाँचका लागि खटिएको थियो । स्वास्थ्य पररीक्षण गराएका विभिन्न रोगीहरुलाई औषधिको समेत व्यवस्था गरिएको थियो ।

यसअघि शिविरको उदघाटन प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले गरेकी थिइन् । त्यस अवसरमा उनले यस्ता शिविरले ज्ययेष्ठ नागरिकलाई स्वास्थ्य परीक्षणमा सहज हुुने भन्दै शिविर आयोजना गरेकोमा आयोजजकलाई धन्यवाद दिइन्।

शिविर उदघाटनका क्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष डिलबहादुर भट्टराई, वडा नम्बर ४ का वडाअध्यक्ष हरिबहादुर क्षेत्री, देवदह मेडिकल कलेजका प्रवन्ध निर्देशक गोपालबहादुृर पोखरेललगायतले मन्तव्य व्यक्त गरेका थिए । शिविरमा सहभागी ज्येष्ठ सददस्य हिराबहादुर भलामीको स्वास्थ्य परीक्षण गर्दै शिविरको शुभारम्भ गरिएको थियो ।

 

सम्बन्धित शिर्षक :