‘अचेत अवस्थामा भेटिएका नेम्वाङलाई अस्पताल पुर्‍याउँदा नै ढिलो भइसकेको थियो’ – चिकित्सक

स्वास्थ्यसमाचार/ नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अस्पताल नपुग्दै मृत्यु भइसकेको चिकित्सकले बताएका छन्।

नेम्वाङलाई मंगलबार बिहान १.५० बजे अस्पताल पुर्‍याइएको थियो। परिवारका सदस्य र सहयोगीले उनलाई अस्पतालको आकस्मिक कक्षमा पुर्‍याइएका थिए।

नेम्वाङको ‘उपचार’मा संलग्न १ जना चिकित्सकका अनुसार आकस्मिक कक्षमा पुर्‍याइँदासम्म नेम्वाङ जीवित रहेको कुनै संकेत थिएन। यद्यपि मुटुको चाल फर्किन्छ कि भनेर सीपीआर ९कार्डियोपल्मोनरी रिससिटेसन० गरिएको थियो।

‘१स्५० बजेतिर अस्पताल ल्याइएको थियो। आकस्मिक कक्षमा जीवित रहेको कुनै साइन नै नभए पनि हामीले मुटुको चाल फर्कन्छ कि भनेर सीपीआर गरेका थियौं। नभएपछि कन्फर्म डेथ डिक्लेयर गरेका हौं,’ ती चिकित्सकले भने।

परिवारका सदस्यले नेम्वाङलाई शौचालयमा बेहोस अवस्थामा भेटेको भनेर अस्पतालमा जानकारी दिएका थिए। ‘शौचालयमा बेहोस् अवस्थामा भेटेपछि अस्पताल ल्याइएको भनेर परिवारका सदस्यले जानकारी गराउनुभएको थियो,’ अस्पताल स्रोतले भन्यो।

नेम्वाङलाई सोमबारदेखि नै ज्वरो देखिएको थियो। सोमबारको जाँचमा नेम्वाङलाई १०२ डिग्री ज्वरो समेत देखिएको थियो।

सम्बन्धित शिर्षक :