हृदयघातबाट एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

स्वास्थ्यसमाचार/नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ ।बालुवाटारस्थित आफ्नै निवासमा राति १ बजे हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुर्‍याइएको थियो । तर त्यहाँ पुर्‍याउने वित्तिकै चिकित्सकहरुले नेम्वाङको निधन भएको घोषणा गरेका थिए ।

नेम्वाङको जन्म विसं २००९ साल फागुन २८ मा इलामको सुन्तलाबारीमा भएको थियो ।उनी २०४८ र २०५२ सालमा गरी २ पटक राष्ट्रिय सभाको सदस्य भए ।

नेम्वाङले इलामबाट २०५६ सालदेखि निरन्तर संसदीय चुनाव जितिरहे । उनी २०६४ सालको संविधानसभा निर्वाचन र ७० को दोस्रो संविधानसभाको निर्वाचनमा इलाम( २ विजयी बनेर संविधानसभा अध्यक्षको जिम्मेवारीमा रहेका थिए ।

 

सम्बन्धित शिर्षक :