स्वास्थ्यसमाचार/ रुपन्देहीको शुध्दोधन गाउँपालिकाको मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ३ दिने निःशुल्क स्वास्थ्य शिबिर को दोश्रो दिन८सय ३६ जनाले परिक्षण गराएका छन। नेपाल सरकार गृह मन्त्रालय र शसस्त्र प्रहरी बल ( नेपाल एपिएफ अस्पतालको आयोजना , गृहमन्त्री बालकृष्ण खाडको सहजीकरण ,शुध्दोधन गाउँपालिका कार्यालयको समन्वय र मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रको सह आयोजनामा निशुल्क स्वास्थ्य शिविर तथा महिला स्वास्थ्य जनचेतनामूलक क्यान्सर स्क्रीनिङ कार्यक्रम शुरु गरिएको हो। उक्त निःशुल्क ३ दिने शिविरको दोस्रो दिनमा ८३६ जना बिरामीहरू ले सेवा लिएका छन्। भने ८३६ जनाको दर्ताको क्रममा एउटा दर्ता भएको फारममा तीन चारवटा सेवा जस्तै…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
फर्मासिष्टहरुलाई प्रमाणपत्र भाडामा नलगाउन रजिष्टारको चेताबनी
स्वास्थ्यसमाचार/ नेपाल फार्मेसी संघ लुम्बिनीको प्रदेश अधिवेशनको उद्घाटन गर्दै नेपाल फार्मेसी परिषदका रजिष्टार सञ्जिव पाण्डेले फार्मेसी प्रमाणपत्र प्राप्त गरेका फर्मासिष्टहरुलाई प्रमाणपत्र भाडामा नलगाउन र त्यस्तो पाईएमा कारवाही गर्ने चेतावनी दिनुभयो । अहिले पनि धेरै प्रमाणपत्र भाडामा लगाएको पाईएको बताउँदै उहाँले प्रमाण सहित उजुरी आए तुरुन्तै कारवाही गर्ने चेतावनी दिनुभयो । नेपाल फार्मेसी संघ लुम्बिनी प्रदेश समितिको पहिलो अधिवेशनलाई शनिबार बुटवलमा सम्बोधन गर्दै रजिष्टार पाण्डेले प्रमाणपत्र भाडामा लगाउनु पनि एक प्रकारको अपराध भएको बताउनु भयो । रजिष्टार पाण्डेले हालसम्म ३० जनाको प्रमाणपत्र खारेज गरिसकिएको बताउँदै कतिपयलाई आजिवन दर्ता हुन अयोग्य हुनेगरी…
ड्युटी सरकारीको, डाक्टर भेटिने क्लिनिकमा
स्वास्थ्यसमाचार/ सुदूरपश्चिमको एक मात्रै रेफरल अस्पताल सेती प्रादेशिक अस्पतालका चिकित्सक नीजी अस्पतालमा डिउटी गर्ने पाईएको छ । सरकारी अस्पताल सेती प्रादेशक अस्पतालमा डिउटी समयमा पनि नीजी क्लिनिकमा कार्यरत भएको पाईएको हो । असोज ३ गते सेती प्रादेशिक अस्पतालको ईमरजेन्सी वार्डमा बिहानी सिफ्टमा डा। सन्दीप शर्मा, डा असिमा रिमाल, टेकराज आचार्य र सुमन पन्तको डिउटी रहेको थियो भने बिशषेज्ञ अर्थोको डा। मोहन नाथ रहेका थिए ।बिहानी समयमा भने डा मोहन नाथ सञ्जीबनी अस्पताल र सिटी पोलिक्लिनिकमा डिउटी गरिरहेका थिए । ‘बिहान ईमरजेन्सी वार्डमा उपचार गराउन दुई घण्टा पर्खदा पनि डक्टर भेटिएनन्’…
स्वास्थ्य सेवा विभागद्धारा १२ सय २४ अनमी पाँचौ तहमा बढुवा
स्वास्थ्यसमाचार/ स्वास्थ्य सेवा विभागले एकै पटक १२ सय २४ अनमी नर्सिङ सहायक चौथो तहबाट पाँचौ तहमा स्तरवृद्धि गरेको छ । बिहिबार विभागले सार्वजनिक गरेको विवरणमा चौथो तहका अनमिहरुलाई पाँचौ तहको सिनियर अनमिमा स्तरवृद्धि गरेको हो । हाल स्तरवृद्धि गरिएका अनमीहरुको गत असारमा स्तरवृद्धि फारम भराइएको थियो । बढुवा सूची यो लिंकबाट हेर्नूहोस्.. २०७९-आषाढमा-दर्ता-भै-स्तरवृद्धि-गर…-नर्सिङ-चौथोबाट-पाँचौ-अनमी-तर्फका-कर्मचारीको-विवरण
लुम्बिनी प्रदेशमा डेंगुबाट ३ जनाको मृत्यु, २७सयमा संक्रमण
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशमा साउनयता डेंगु संक्रमणबाट ३ जनाले ज्यान गुमाएका छन्। लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म २ हजार ७सय ८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। लुम्बिनी प्रदेश स्वस्थ्य मन्त्रालयको आयोजना, फेयरमेट फाउन्डेसन र ईन्द्रेणी ग्रामिण विकास केन्द्रको सहयोगमा डेंगु रोगको प्रकोपको प्रदेशको अवस्था नियन्त्रण र रोकथामका उपायका सम्बन्धमा पत्रकारलाई जानकारी दिने उदेस्यले गरिएको कार्यक्रममा उक्त कुरा बताईको हो। लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता पुष्पराज पौडेलका अनुसार लुम्बिनी प्रदेशका दाङमा १ हजार १ सय ८० सबैभन्दा बढि, रुपन्देहीमा ७ सय, गुल्मीमा २ सय ९८, अर्घाखाँचीमा १ सय…
बुटवल उपमहानगरद्वारा बसपार्कमा स्वास्थ्य सहायता कक्ष स्थापना
स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकाले चाडवाडलाई ध्यानमा राखेर बुटवलस्थित नयाँ बसपार्कमा सहायता कक्ष स्थापना गरेको छ । चाडवाडको समयमा यात्रुहरु अलपत्र पर्ने, ठगिने, असुरक्षा हुने र स्वास्थ्यसम्बन्धि समस्या हुनसक्ने भएकाले बिहीबारदेखि बसपार्कमा सहायता कक्ष स्थापना गरेको हो । सहायता कक्षबाट यात्रुहरुले स्वास्थ्य चेकजाँच, परामर्श, केही अत्यावश्यक औषधि, मास्कजस्ता सुविधा पाउने शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले जानकारी दिनुभयो । उहाँका अनुसार बसपार्कमा बुटवल उपमहानगरपालिकाले स्वास्थ्य सहायता, यात्रु सहायता र सरसफाईसम्बन्धि युनिट परिचालन गरेको छ । ‘हामीले बसपार्कमा आउने यात्रुको स्वास्थ्य परीक्षण, यात्रुलाई परेका समस्या समाधान र बसपार्कभित्रको सरसफाइ गर्ने कामको शुरुवात…
मृगौलाका बिरामीलाई रोटरीक्लव अफ बुटवलको खाद्यान्न सहयोग
स्वास्थ्यसमाचार /रोटरी क्लव अफ बुटवलले मृगौला बिरामीका लागि खाद्यान्न सामग्री प्रदान गरेको छ । मृगौला तथा मुटु पीडित सरोकार समाज नेपाल मार्फत क्लवले सोमबार ५५ हजार रुपियाँ बराबरको खाद्यान्न सामग्री प्रदान गरेको हो । यसका लागि हाल अमेरिकामा रहनुभएका बाल मुटुरोग विशेषज्ञ डा. अमिर डंगोल र नर्स चिकित्सक सनिता पिया डंगोलले सहयोग गरेका थिए । त्यसैगरी पशुपति प्रिन्टिङ प्रेस चितवनका गोपाल गैरे तथा रोटरीयन माधवप्रसाद पौडेलले पनि खाद्यान्न सामग्री वितरणमा सहयोग पु¥याएका थिए । विभिन्न जिल्लाबाट मृगौलापीडित बिरामीहरु हप्तामा तीनपटक डाइलासिस गराउनका लागि बुटवल आउनुपर्ने र उनीहरु होटलमा बस्दा ठूलो…
भनभने गुल्मी सम्पर्क समाज रुपन्देही द्धारा रक्तदान, ६३ पिन्ट रगत संकलन
स्वास्थ्यसमाचार / संविधान दिवस २०७९ को अवसरमा भनभने गुल्मी सम्पर्क समाज रुपन्देहीले रक्तदान गरेको छ। रक्त संञ्चार केन्द्रको प्राबिधिक सहयोगमा रक्तदान गरिएको हो । रक्तदान जीवनदान भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा ६३ पिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक पदम जिसीले बताए । रुपन्देही तथा यस आसपासमा डेगुका बिरामीहरु बढ्दै जादा रगतको माग बढेकोले सम्पर्क समाजले पनि केहि गर्नु पर्छ भन्ने उदेश्यले रक्तदानकार्यक्रम आयोजना गरिएको अध्यक्ष लोक नाथ पन्थीले बताए ।उनले रक्तदान गर्नेलाई प्रमाण पत्र समेत बितरण गरिएको समेतपन्थीले बताए । रक्तदान कार्यक्रममा संस्थाका सल्लाहकार पदाधिकारी र अन्य रक्तदान गर्नेको…
लुम्बिनी प्रदेश स्वास्थ्य सचिब डा देबकोटालाई प्रदेश सेवा समर्पण पदक
स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेश स्वास्थ्यमन्त्रालयका सचिब डा विकास देबकोटा प्रदेश सेवा समर्पण पदकबाट सम्मानित हुने भएका छन। लुम्बिनी प्रदेश सरकारद्वारा २०७९ असोज ३ गते संविधान दिवसका दिन डा देबकोटा लगायतका लाई प्रदकद्वारा विभूषित गर्ने घोषणा गरेको छ। त्यस्तै स्वास्थ्यमा मुख्यमन्त्री प्रज्ज्वलदीप पदक द्वितीय डा. मोहिउद्दिन किदवाई प्रदान गर्ने भएको छ उनले लामो समयसम्म स्वास्थ्य क्षेत्रमाकार्यरत रही पश्चिम नेपालमै अधिकजनताको शल्यक्रिया गरी जनस्वास्थ्यको उल्लेख्य योगदान पु¥याएको वताएको छ उनी बाँकेका हुन। त्यस्तै मुख्यमन्त्री प्रज्ज्वलदीप पदक द्वितीय डा. राजन पाण्डेलाई सम्मान गर्ने भएको छ उनले तराइका थारु समुदायमा समस्याकोरुपमा रहेको सिकलसेल एनेमिया…
तिलोत्तमा स्वास्थ्य प्रमुख पौडेल र विश्वबन्धु विनय,लाई, जनसेवा श्री
स्वास्थ्यसमाचार/ संविधान दिवस– २०७९ को अवसरमा नेपाल सरकारको सिफारिसमा सम्माननीय राष्ट्रपतिवाट प्रदान गरिने जनसेवाश्री पदकवाट तिलोत्तमा नगरपालिकाका स्वास्थ्य प्रमुख मोति प्रसाद पौडेल र स्वास्थ्य सेवा विभागमा कार्यरत अधिकृत छैटौ जनसेवा विश्वबन्धु विनय, जनसेवा श्रीवाट विभूषित हुनु भएको छ। सरकारको भदौ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले विभूषण प्रदान गर्ने भएकी हुन्।उहाहरु हरुले लामो समय देखी स्वास्थ्य सेवामा कार्यरत रहनु भएको छ।