आम्दा ईन्टरनेशनल बुटवलसँग सहकार्य निरन्तर अघि बढाउन ईच्छुक

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकाको निमन्त्रणामा आम्दा ईन्टरनेशनलका अध्यक्ष डा. सिगेरू सुगानामी रूपन्देही आउनुभएको छ ।अध्यक्ष सुगानामीलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो । बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाका अध्यक्षसमेत रहनुभएका प्रमुख पाण्डेयले आम्दा ईन्टरनेशनलले स्वास्थ्यका क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो । उहाँले बुटवलले आम्दासँग निरन्तर सहकार्य गर्न चाहेको र बुटवलको अस्पताललाई स्तरोन्नति गर्ने योजनामा रहेको बताउनुभयो । आम्दाका अध्यक्ष सुगानामीले बुटवलसँगको सहकार्य निरन्तर अघि बढाउन ईच्छुक रहेको बताउनुभयो । सुगानामीको नेतृत्वमा रहेको टोलीमा आम्दा नेपालका अध्यक्ष डा अनिल कुमार दास, पूर्व अध्यक्षहरू डा सरोज…

सिद्धार्थ डायग्नोष्टिक सेन्टरद्वारा दशैं मिलन कार्यक्रम सम्पन्न

स्वास्थ्यसमाचार/ बुटवल–६ श्रवणपथस्थित ‘सिद्धार्थ डायग्नोष्टिक सेन्टर प्रालि’को प्रथम पूर्ण बैठक तथा विजया दशमी, शुभ दिपावली र छठ पर्व २०७९ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । सोमबार सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष उपेन्द्र अर्यालको अध्यक्षता, विशिष्ट शैक्षिक तथा सामाजिक व्यक्तित्व, रसायन शास्त्रका प्राध्यापक बसन्तराज खनालको प्रमुख आतिथ्यता, संस्थाका सल्लाकार डा.तिलक भुषाल र डा.अरुणकुमार क्षेत्रीको विशिष्ट आतिथ्यता रहेको थियो । त्यस्तै, सञ्चालक तथा प्रवन्ध निर्देशक नारायण पौडेल, सञ्चालक रामबहादुर खड्का, दलबहादुर लोहागुन, कपिल न्यौपाने, अरविन्द्र चन्द्र आर्चाय, डा.कमल कार्की, केशवबहादुर महत, खेम तिवारी, रिना राना, थानेश्वर अर्याल, बलराम न्यौपानेलगायतको…

रुपन्देहीकै शानको प्रतीक बनेको छ– सिद्धार्थनगर सिटी अस्पताल

स्वास्थ्यसमाचार/ भाडाको घरबाट बिरामीको सेवा सुरु गरेका भैरहवाका युवा व्यवसायी अर्जुन पौडेलले १० वर्षपछि सुबिधा सम्पन्न सिद्धार्थनगर सिटी अस्पताल वनाउन सफल हुनुभएको छ। अहिले रुपन्देहीको सान सिटी अस्पतालका प्रबन्ध निर्देशक बन्नुभएको छ अर्जुन पौडेल। युवा भएकै कारण युवा जोश र जा“गरलाई आफ््नै माटोमा प्रयोग गर्दै त्यसको प्रतिफलमा भैरहवाकै शानको प्रतीकका रुपमा बनाईएको छ सिद्धार्थनगर सिटी अस्पताललाई । पौडेलले लगायत भैरहवाका प्रतिष्ठित उद्योगपति ब्यापारीको संयुक्त लगानीमा मायादेवी गाउँपालिका ८ मा करिब ८० करोडको लगानीमा अस्पताल बनाईएको छ । जनस्वास्थ्य क्षेत्रकैै विद्यार्थी भएको कारणले पनि आफ्नो जन्मस्थानमा स्वास्थ्य उपचारका क्षेत्रमा केही गर्नुपर्छ…

शुद्धोधनमा स्वास्थ्य शिविर १७ सयले लिए नि:शुल्क स्वास्थ्य सेवा

स्वास्थ्यसमाचार / रुपन्देहीको शुद्धोधन गाउँपालिका ४ मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित ३ दिने निशुल्क स्वास्थ्य शिविरमा १७सयले निशुल्क स्वास्थ्य सेवा लिएका छन। नेपाल सरकार गृह मन्त्रालय र शसत्र प्रहरी बल नेपाल एपिएफ अस्पतालको आयोजना र शुद्धोधन गाउँपालिकाको समन्यमा शिबिर सम्पन्न भएको छ । शिबिरमा महिला तथा स्त्रीरोग ५,१३ ,नाक,कान,घाटी १८५ ,छालासम्बन्धि ७२, आखासम्बन्धी १०५ ,हाडजोर्नीसम्बन्धी १२५ ,फिजिसियन सम्बन्धि ४४१ ,भिडियो एक्सरे २२७, एक्सरे २२६,ल्याबसम्बन्धी २०६ र इसिजी १०३ जनाले सेवा लिएको ससस्त्र प्रहरी उपरीक्षक डाक्टर सौजन्य कर्माचार्यले वताईन। उनले ६सय जना महिला स्वास्थ्य जनचेतनामुलक क्यान्सर सिक्रनिङ कार्यक्रममा सहभागी भएको कर्माचार्यले…

रुरुक्षेत्रमा बृहत स्वास्थ्य शिविर, २३ सयकोे नि:शुल्क स्वास्थ्य परिक्षण

स्वास्थ्यसमाचार / रुरुक्षेत्र गाउँपालिकाको आयोजनामा भएको बृहत स्वास्थ शिविरमा २३ सय ६२ जनाले निशुल्क स्वास्थ्य परिक्षण गराएका छन। नेपाल हृदय रोग निवारण प्रतिष्ठान नेपाल नेपाल, नेत्र ज्योति संघ लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पा, नेपाल औषधी व्यावसायी सँघको सहकार्यमा विशेष स्वास्थ शिविरको आयोजना गरिएको हो । शिविरमा आँखा जाँच तर्फ ८ सय ६१ जनाले आँखा जाँच गरेका छन भने करिब ५ सय जनालाई निशुल्क चस्मा वितरण गरिएको नेपाल नेत्र ज्योति सँघका केन्द्रीय महासचिव भरत चन्दले वताउनु भयो। यसैगरी डा. अरुण ज्ञवालीको टोलिले तिनदिनमा २ सय ५७ जनाको पेट सम्बन्धि जाँच गरेको…

श्रवण दृष्टिविहिन परियोजना बाट रुपन्देहीमा ४० जना लाभान्वित

स्वास्थ्यसमाचार / नेपाल नेत्रहिन संघको सहयोगमा रुपन्देही नेत्रहिन संघद्धारा सञ्चालित ‘श्रवणदृष्टिविहिन परियोजना’ बाट जिल्लाका ४० जना श्रवण दृष्टिविहनता भएका व्याक्तिहरुले प्रत्यक्ष लाभ प्राप्त गरेका छन् । जिल्लामा ३ बर्ष देखि जारी परियोजनाको पहलमा रुपन्देहीमा नेपालमा नै पहिलो पटक श्रवण दृष्टिविहिन भएका बालवालिकाले बढ्ने विशेष विद्यालय समेत स्थापना भएको छ । रुपन्देही नेत्रहिन संघ श्रवण दृष्टिविहिन परियोजना संयोजक प्रेम अचार्यका अनुसार तिलोत्तमाको मणिग्राममा रहेको शान्ती नमुना माविमा ८ जना श्रवण दृष्टिविहिन भएका व्याक्तिहरुले हाल अध्यायन गरिरहेका छन् । जसको लागि सबै व्यवस्था, आर्थिक, सहयोगी शिक्षक, फिजियोथेरापीष्ट सहितको सेवा परियोजनाबाट प्रदान गरिएको…

क्यान्सर मार्ने भाइरसः नयाँ उपचारविधिबाट केही बिरामीमा क्यान्सर निर्मूल, केहीमा कम

बीबीसी / यूकेका वैज्ञानिकहरूले क्यान्सरको उपचार गर्न भाइरस प्रयोग गरेर मानव शरीरमा रहेका हानिकारक कोषलाई सङ्क्रमित पारी नष्ट गर्ने विधि निकै उपयोगी हुनसक्ने बताएका छन्। उनीहरूका अनुसार मानवमा गरिएका प्रारम्भिक परीक्षणहरूमा त्यस्तो सङ्केत देखिएको हो। उक्त उपचारविधि प्रयोग गर्दा एक बिरामीको क्यान्सर पूर्णतः निर्मूल भयो भने अन्य केही बिरामीमा ट्यूमर सुकेको पाइयो।कोल्ड सोर गराउने हर्पीज सिम्प्लेक्स भाइरस (एचसीभी) लाई दुर्बल बनाएर ट्यूमर मार्न औषधिका रूपमा प्रयोग गरिन्छ। यसबारे अझ बृहत् र दीर्घकालीन अध्ययन आवश्यक छ। तर विज्ञहरूले यस किसिमको नयाँ खोपले जटिल खालको क्यान्सर भएका धेरै मानिसलाई नयाँ जीवन प्रदान…

बुटबलमा प्रभातफेरी कार्यक्रम गरी मनाइयो विश्व फर्मासिस्ट दिवस

स्वास्थ्यसमाचार /आज विश्व फर्मासिस्ट दिवसको अबसरमा बुटबलमा प्रभातफेरी कार्यक्रम गरि मनाईयो। ’फर्मासिस्ट :तपाईको औषधि विशेषज्ञ’ भन्ने मुल नाराको साथ् विश्वभर विभिन्न कार्यक्रम गरि यो दिवस मनाईएको हो। बुटबलमा नेपाल फार्मेसी संघ रूपन्देही जिल्ला कमिटी र प्रदेश कमिटीको संयुक्त आयोजना र बुटवल उपमहानगर पालिकाको सहकार्यमा भव्यरूपमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ। बिरामीको उपचारको निम्ति जति डाक्टरको भूमिका हुन्छ त्यति नै महत्वपूर्ण भूमिका फर्मासिस्टको पनि हुन्छ हुन्छ भन्ने सन्देश दिने नारा यसवर्ष तय गरिएको हो। प्रभातफेरीमा हरेक अस्पतालले आफ्नै फार्मेसी संचालन गर्नु पर्ने नियम कार्यान्वयनमा लिएर आउनुपर्ने, औषधि बिक्री फर्मासिस्टले मात्र गर्नुपर्ने,…

नेपाल आयुर्वेद औषधि ब्यवसायी संघ लुम्बिनीको अध्यक्षमा: पुन बस्नेत

स्वास्थ्यसमाचार / नेपाल आयुर्वेद औषधि ब्यवसायी संघ लुम्बिनी प्रदेशको दोश्रो अधिबेशनबाट पुनःअध्यक्षमा देव बस्नेत निर्वाचित भएका छन। आज सम्पन्न भएको दोस्रो अधिवेशनबाट उपाध्यक्ष बाबुराम खनाल,महिला उपाध्यक्ष वन्दना अर्याल सचिव झबिन्द्र प्रसाद पौडेल सह सचिब हेमराज पन्त कोषाध्यक्षमा भास्कर देवकोटा रहेका छन। सदस्यहरुमा अर्जुन गौतम,एम एम रजा (मधेशी) सुरेन्द्र पाण्डे (महिला) निर्मला पाण्डे र दीपक पन्थी सदस्य रहेको राष्ट्रिय आयुर्वेद एसोशियसन नेपालका केन्द्रिय उपाध्यक्ष शालिकराम भुसालले बताए । ।

डा केसी र सरकाबीच १० बुँदे सहमति, तोडे १३ औं दिनमा बीसौं अनशन

स्वास्थ्यसमाचार/ विभिन्न ७ बुँदे माग राखेर आमरण अनशनमा बसेका डा गोविन्द केसी र सरकारबीच सहमति भएको छ । दुबैतर्फका वार्ता टोलीबीच सहमति भएको बताइएको छ । कैलालीको धनगढीमा अनशन सुरु गर्नुभएका डा। केसीलाई स्वास्थ्यमा समस्या भएपछि काठमाडौं ल्याइएको थियो । उहाँले काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जमा अनशन जारी राख्नुभएको थियो ।सहमतिसँगै डा। केसीले १३ दिनदेखि जारी अनशनमा तोडेका छन् । उनले बिरामी अमनलाल चौधरीको हातबाट जुस पिएर अनशन तोडेका हुन् । वार्ताका लागि सरकारले प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा र डा। केसीका तर्फबाट डा जीवन क्षत्रीको संयोजकत्वमा वार्ता समिति गठन गरिएको थियो…