जाजरकोट भूकम्प :उद्धार र उपचारमा सहयोग पुर्‍याउन लुम्बिनी सरकारले पठायो मेडिकल टिम

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम(पश्चिममा मेडिकल टिम पठाएको छ।

भूकम्प प्रभावित क्षेत्रमा उद्धार र स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीसँगको समन्वयमा दाङबाट राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरका मेसु डा पदमराज अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मी र विशेषज्ञ चिकित्सक सहितको टोली भुकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमका लागि हिँडेको छ।

उपचारमा चाहिने ‍औषधी र विशेषज्ञ स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्रमा पठाइएको लुम्बिनी प्रदेश सरकारले जनाएको छ। सरकारको तर्फबाट प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डे पनि प्रभावित क्षेत्रमा पुग्न थालेका छन्।

सम्बन्धित शिर्षक :