शुद्धोधनको आधारभूत अस्पतालमा रेबिज विरुद्धको खोप लगाउन सुरु

स्वास्थ्यसमाचार/रुपन्देहीको शुद्धोधन गाउँपालिका ४ फर्साटिकर स्थित मोतीपुर आधारभूत अस्पतालमा रेबिज विरुद्धको खोप सेवाको सुरुवात भएको छ।मंगलबार एक कार्यक्रमको आयोजना गरी अस्पतालमा रेविज विरुद्धको खोप सेवाको सुरुवात गरिएको थियोे।

कार्यक्रममा शुद्धोधन गाउँपालिका का स्वास्थ्य संयोजक तथा वडा न ४ का अध्यक्ष गाउँपालिका प्रबक्ता केशवप्रसाद अधिकारीले अब रेविजको खोप लगाउन बुटवल भैरहवा जानु पर्ने समस्याको अन्त्य भएको बताउदै शुद्धोधन गाउँपालिका का नागरिकको स्वास्थ्यप्रति विशेष संवेदशनशिल रहेको र पालिका भित्र स्वास्थ्य सेवाको विस्तारका लागि निरन्तरता दिने अधिकारीले बताउनुभयो।

यस रेबिज विरुद्धको खोप सेवा शुद्धोधन गाउँपालिकाका स्थानीयवासीलाई प्राथमिकता दिइने र नजिकका विभिन्न पालिकाका बासिन्दालाई पनि सेवा प्रदान गरिने शुद्धोधन स्वास्थ्य सेवा शाखा प्रमुख समीर भण्डारीले जानकारी दिनुभएको थियो।

मोतीपुर आधारभूत अस्पतालमा रेबिज विरुद्धको खोप सेवाको सुरुवात भएकोमा स्थानीयले रेबिज विरुद्धको खोप लिन सारै गार्‍हो भएको थियो।सो सेवा लिन बुटवल भैरहवा धाउनुपर्ने समस्याबाट मुक्त भएकोमा शुद्धोधन गाउँपालिकाका जनप्रतिनिधि,स्वास्थ शाखा र स्वास्थ्यकर्मी हरुलाई धन्यवाद तथा शुभकामना व्यक्त गर्नुभएको छ।

सम्बन्धित शिर्षक :