गुल्मीमा जंगली च्याउ खाँदा तीन बिरामी ,पाल्पा मिशनमा उपचार हुदै

स्वास्थ्यसमाचार/ गुल्मीमा जंगली च्याउ खाएर तीन जना बिरामी परेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर(६ बुल्मका ३९ वर्षीय सरिता कुमाल सोही स्थानका ११ वर्षीय बिमल कुमाल र ८ वर्षीय सुस्मा कुमाल जंगली च्याउ खाएर बिरामी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी)  डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

जंगली च्याउ खाएर बिरामी भएका उनीहरुलाई उपचारका लागि मिसन अस्पताल पाल्पा लगिएको छ । बिरामी तीनै जनाको अवस्था मध्यम रहेको डिएसपी पाण्डेले बताउनुभयो ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :