हरियाली प्रवर्द्धन एवं सरसफाई अभियानमा तिलोत्तमाको ११४ औं श्रृखला

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकाले “ग्रिन तिलोत्तमा, क्लीन तिलोत्तमा“ अन्तर्गत ११४ औं संस्करण सम्पन्न भएको छ । हरेक महिनाको १ र १५ गते गरिंदै आएको सो कार्यक्रम अभियान तिलोत्तमा –३ को बुटबल पब्लिक स्कुलमा सम्पन्न भएको हो।

सो कार्यक्रममा सहभागीहरूले सामाजिक चेतनाको विकाश विना फोहोर उत्सर्जन र बिसर्जन प्रकियालाई रोक्न नसकिने बताएका थिए । तिलोत्तमा वडा नम्बर ३ का अध्यक्ष कल्याण पौडेलको अध्यक्षता तथा नगर उप प्रमुख जागेश्वरी चौधरीकोे प्रमुख आतिथ्यतामा सम्पन्न सो अभियान अन्तर्गत तिलोत्तमा ३ को विभिन्न टोल भित्रि सडक तथा सार्बजनिक स्थानहरुको सरसफाई गरिएको थियो।

सो अवसरमा बोल्दै नगर उप प्रमुख चौधरीलेले नगरलाई हराभरा गराई औसत आयु लम्बाउन सहयोग गर्नुपर्ने बताउनुभयो।
उहाँले विद्यालय हाता बाहिर सुर्ति र मदिराजन्य पदार्थको विक्रीवितरण भैरहेको, नास्तामा जंकफुडसँगै पोलिथिनजन्य पदार्थको बढ्दो उपयोग लगायतका समस्याले फोहोर मैला ब्यवस्थापनमा गंभीर चुनौति थपिएको बताउनुभयो ।

चौधरीले नियमित सरसफाइ र हरियाली प्रबर्द्वन कार्यलाई सबै नगरबासीले निरन्तरता दिएर तिलोत्तमा जता ततै चर्चामा रहेको बताउनु भयो। चौधरीले बृहत सहभागीतालाई अझै जोड दिनुपर्ने वताउनु भयो।

वडा नम्बर–३ का अध्यक्ष कल्याण पौडेलले वडा बासीको सहभागिताले नगर सरसफाईको अभियानलाई सहज र सरल संगै स्तरिय बनाएको बताउनुभयो। अध्यक्ष पौडेलले फोहरको कारण मानिस बिरामी हुने भएको कारण सरसफाई अभियानमा बिषेश ध्यान दिनु पर्ने बताउनु भयो।

तिलोत्तमा नगरपालिका हुनुभन्दा पहिले नै शंकरनगर नगर गाबिस सबै कुरामा नमुना रहेको ले पनि हामी बढी जिम्मेबार रहेको बताउनु भयो।

उहाँले सरसफाई अभियान ११४ औ शृंखलासम्म आउनु कुनै सानो कुरा नभएको उल्लेख गर्दै आगामी दिनमा स्वास्थ्य र सरसफाई तथा हरियाली र प्रदुषण बिनाको नगर बनाउने अभियानमा जोडिन सबैलाई आग्रह गर्नुभएको थियो। कार्यक्रममा शंकरनगर खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष झबिन्द्र भन्डारी तिलोत्तमा वडा नं ३का वडा सचिब गोकुल गिरी बोल्नु भएको थियो।

 

सम्बन्धित शिर्षक :