स्वास्थ्य मन्त्रालयसहित सबै सरकारी कार्यालय आजबाट ४ बजेसम्म

स्वास्थ्यसमाचार /आजदेखि स्वास्थ्य मन्त्रालयसहितका सरकारी कार्यालय ४ बजेसम्म मात्रै खुल्नेछ । स्वास्थ्य मन्त्रालयसहित देशभरका सरकारी कार्यालय आजबाट ४ बजेसम्म मात्र नेपाल सरकारको सूचनामा उल्लेख छ ।

नेपाल राज्यभरका सबै सरकारी कार्यालय कार्तिक १६ आजदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि उपरान्ह ४ बजेसम्म खुल्ने जनाइएको छ । बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म खुल्ने देशभरका कार्यालय कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म १ घण्टा अगाडि नै विदा हुँदै आएको छ ।

हिउँदमा दिन छोटो हुने भएकाले ४ बजेसम्म मात्र सरकारी कार्यालय खुल्ने परम्परा छ ।शुक्रबार भने सदाझै विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म देशभरका सरकारी कार्यालय खुल्ने छ । ३ बजेपछि छुट्टी हुनेछ ।

सम्बन्धित शिर्षक :