आम्दाको२५औ वार्षिकोत्सव भोलि प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

२०० शैया अस्पताल भवनको शिलान्यास,शैक्षिक कार्यक्रमको सुभारम्भ गरिने

स्वास्थ्यसमाचार/ बुटबलको आम्दा अस्पताल ३ सय शैयाको हुने भएको छ। अस्पतालको २५ वार्षिकत्सवको अबसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्थानीय व्यवस्थापन समितिका अध्यक्ष तथा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले वताउनु भयो।

अस्पतालको वार्षिकत्सवको विहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्धघाटन गर्ने बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले वताउनु भयो।प्रधानमन्त्री प्रचण्डले सोही कार्यक्रममा अस्पतालको थप २०० शैया भवनको शिलान्यास तथा शैक्षिक कार्यक्रमको सुभारम्भ गर्ने छन।

पत्रकार सम्मेलनमा बोल्दै प्रमुख पाण्डेयले हाल १०० शैयाको क्षमतामा संञ्चालित अस्पतालमा विरामिहरुको चाप र आवश्यकतालाई मध्यनजर गरी ३०० शैयाको अस्पतालमा स्तरोन्नति गर्नका लागि जेठमा ६ सदस्यीय टोलिले जापान भ्रमण गरेको नजिता स्वरुप थप २०० शैया अस्पताल भवन निर्माणको वातावरण बनेको वताउनु भयो।

अस्पतालमा आमा सुरक्षा कार्यक्रम यसै वर्षदेखि संचालन हुने गरि नगरपालिकाबाट बजेट विनियोजित भएको नगर प्रमुख पाण्डेयले वताउनु भयो। अस्पतालले आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत यसै शैक्षिक सत्रदेखि प्रमाणपत्र तह नर्सिग, सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी गरी तीन वटा विषयको शैक्षिक कार्यक्रम संचालन गर्न लागेको अस्पतालका मेसु राजेन्द्र प्रसाद बस्यालले वताउनु भयो।

३ वटा विषयमा ४०÷४० जनाका दरले १२० जना विद्यार्थीहरुले यस वर्ष अध्ययन गर्न पाउने मेसु बस्यालले बताए । साथै अध्ययन शुल्क अन्यमा भन्दा २० प्रतिशत कम रहेको वताउनु भयो । अस्पतालबाट आर्थिक वर्ष २०७९/८० मा ७० हजार ४८६ जनाले सेवा लिएको मेसु बस्यालले वताउनु भयो।

यस्तै पछिल्लो दशक आर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष २०७९/८० सम्म ६ लाख २१ हजार ९४२ जना विरामीले अस्पतालबाट सेवा प्राप्त गरेको वताउनु भयो।वि.स. २०५५ कार्तिक १६ मा आम्दा नेपाल, बुटवल उपमहानगरपालिका तथा बुटवल उद्योग वाणिज्य संघ बीच त्रि–पक्षीय समझदारी भई ५० शैयाबाट अस्पतालको सुरुवात भएको थियो ।

सम्बन्धित शिर्षक :