न्यूनतम सेवा मापदण्ड मुल्यांकनमा लुम्बिनी प्रादेशिक अस्पताल पहिलो

स्वास्थ्यसमाचार/बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा नेपालमै प्रथम भएको छ । सेकेन्डरी बी लेभल अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा तेस्रो पटक प्रथम हुन सफल भएको स्वास्थ्य निर्देशनालय न्युनतम सेवा मापदण्ड मुल्यांकन समितिले जनाएको छ ।

न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा अस्पतालले यो वर्ष ८८ प्रतिशत अङ्क प्राप्त गरेको छ । अघिल्लो वर्ष ८० प्रतिशत अङ्क प्राप्त गरी पहिलो बनेको यस प्रादेशिक अस्पतालले यो वर्ष थप अंक प्राप्त गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापाले वताउनु भयो ।

लुम्बिनी प्रदेश स्वास्थ निर्देशनालयले लुम्बिनी प्रादेशिक अस्पतालको सर्भेक्षण पश्चात मंगलबार र बुधबार दुई दिनसम्म बुटवलमा अयोजना गरेको मुल्याङ्कन तथा समीक्षा गोष्ठीमा अस्पताल प्रथम भएको जानकारी गराइएको हो ।

अस्पतालका मेसु डा. सुदर्शन थापा क्षेत्रीको अध्यक्षता ,स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर बिनोद गिरिको प्रमुख आतिथ्यमा भएको कार्यक्रममाएम एस एस टिम लिडर दुर्गा लक्ष्मी श्रेष्ठ शुभकामना ब्यक्त गर्नु भएको थियो ।

उहाले लुम्बिनी प्रादेशिक अस्पतालमा धेरै सुधार सेवा प्रवाहमा राम्रो रहेकोे बताउनु भयो। स्वास्थ्य सेवा बिभागको डाक्टर नरेन्द्र खनालले तीन दिन गरेको एम एस एस को प्रतिबेदन प्रस्तुतिकरण गर्नु भएको थियो।

भने अस्पतालका नर्सिङ प्रमुख ज्योति पौडेलले अस्पतालको बिगत बर्तमान र आगामी लक्ष्य सहितको खाका प्रस्तुतिकरण गर्नु भएको थियो । लुम्बिनी प्रादेशिक अस्पताल एम एस एस फोकल पर्सन  दयासागर पन्थीको स्वागत र प्रशासकिय अधिकृत राजन केसीको सञ्चालनमा भएको थियो।

मुल्याङ्कन समितिमा (न्युनतम सेवा मापदन्ड )कार्यक्रममा स्वास्थ्य मन्त्रालयका उपसचिव कृष्ण थापा बर्दिया अस्पतालका मेसु डा सुभाष पाण्डेय, निकसाईमनका कार्यक्रम अधिकृत रिता पोखरेल, स्वास्थ्य निर्देशनालय लुम्बिनीका न्युनतम सेवा मापदन्ड कार्यक्रम फोकल प्रशन कौशल भन्डारी एम अधिकृत सञ्जय पौडेलले अस्पतालको अनुगमन निरीक्षण र समीक्षाको सहजीकरण गर्नु भएको थियो।

पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासीसहित प्युठान, स्याङ्जा, रुकुम, रोल्पा लगायतका जिल्लाहरुबाट उपचारका लागि बिरामीहरु लुम्बिनी प्रादेशिक अस्पतालमा आउने अस्पतालले जनाएको छ ।

सम्बन्धित शिर्षक :