स्वास्थ्य मन्त्रीको संसदमा आलोचना, एमालेले माग्यो राजीनामा

स्वास्थ्यसमाचार/प्रमुख प्रतिपक्षी दल एमालेले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेको छ ।

एमालेले विभिन्न काण्डहरुमा प्रचण्ड नेतृत्वको सरकारका मन्त्रीहरु मुछिएको भन्दै राजीनामा माग गरेको हो ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले उनीहरूको माग गरेका हुन् । उनले पूर्वमन्त्री शेरबहादुर तामाङ, गोकुल बास्कोटा र सर्वेन्द्रनाथ शुक्लाको उदाहरण दिँदै प्रचण्ड सरकारका तीन मन्त्रीको राजीनामा मागेका थिए ।

उनले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएको चर्चा गर्दै मन्त्रीको झन्डा हल्लाएर अख्तियारको बयान दिन जान लाज लाग्नुपर्ने बताए । ‘पञ्चायतकालका मन्त्रीहरूले पनि बरु नैतिकता देखाउँथे ।

तर, सुशासनको गफ हाँकेर नथाक्ने प्रधानमन्त्रीको क्याबिनेटमै रहेका मन्त्री झन्डा हल्लाएर अख्तियारमा बयान दिन गइरहेका छन् । यसबाट प्रधानमन्त्रीलाई लाज लाग्नुपर्दैन ?’ उनले प्रश्न गरे ।

 

सम्बन्धित शिर्षक :