बुटबलमा दादुरा-रुबेला बिरुद्धको खोप लगाउन घरघरमा निमन्त्रणा

स्वास्थ्यसमाचार /रुपन्देहीको बुटबल उपमहानगरपालिकामा दादुरा तथा रुबेलाबिरुद्धको खोप लगाउन घरघरमा निमन्त्रणा कार्ड बाँडिने भएको छ।

उपमहानगरपालिकास्तरीय खोप समन्वय समितिको बसेको बैठक तथा अभिमुखीकरणमा पालिकाका स्वास्थ्य महाशाखा प्रमुख युवराज पान्डेले बताउनु भयो।

उपमहानगरपालिकाको वडावडामा स्वयंसेविकामार्फत निमन्त्रणा कार्ड बाँडेर बालबालिकालाई खोपको पहुँचमा ल्याइने जानकारी दिँदै उनले खोप लगाउनका लागि स्वास्थ्यकर्मी स्यमसेबिका संञ्चारकर्मी संग अन्तरक्रिया गरिएको उहाले बताउनु भयो।

बुटबलका सहरका घना बस्ती, सुकुम्बासी बस्ती, उद्योग तथा कारखाना, बसपार्कजस्ता ठाउँमा पनि खोपको पहुँच बढाइने उपमहानगरपालिकाले जनाएको छ। महाशाखा प्रमुख पान्डेले खोप लगाउन छुट भएका समुदाय, वर्ग र स्थानको पहिचान गरी प्रभावकारी रूपमा खोप अभियान सञ्चालन हुने उल्लेख गर्नु भयो।

स्वास्थ्य कार्यालय, रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले खोप अभियानलाई विद्यालय केन्द्रित गरिएको जानकारी दिँदै विद्यालयमा पहुँच नभएकालाई उमेर समूहका हिसाबले खोप लगाउने वताउनु भयो।

उहाले यही फागुन १३ देखि २०गतेसम्म नौ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाउने कार्यक्रम रहेको बताउनु भयो । सरकारले सन् २०२६ सम्ममा दादुरा रुबेला रोग निवारणको लक्ष्य राखेको छ।

सम्बन्धित शिर्षक :