स्वास्थ्यसमाचार/ नवलपरासी आयुर्वेद स्वासथ्य केन्द्रको आयोजनामा मानसिक स्वास्थ्य प्रवर्धनका लागि योग ध्यान कार्यक्रम सम्पन्न भएको छ। कार्यलय प्रमुख डा. अर्चना शुक्ला अध्यक्षमा सुनवल नगरपालिका प्रमुख बिमला अर्यालको प्रमुख आत्थु बिशिष्ट आतिथ्य मदन बहादुर जिसीको बिशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा जनप्रतिनिधि शिक्षक तथा नगरपालिकाका कर्मचारीहरु जम्मा ३५ जना सहभागीता रहेको कार्यक्रममा वोल्दै सुनवल नगरपालिकाका प्रमुख बिमला अर्यालले हाल विश्वमा बढदै गइरहेको मानसिक तनाव आदिको कारण लक्ष्य र निवार बारे सौन्तिक तथा चिकित्सालय योगासन तथा ध्यानको महत्वपुर्ण भएको बताउनु भयो। उहाँले यस्ता कार्यक्रम स्थानिय तहसम्म लैजानु पर्ने बताउनु भयो। …
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
रुरु गाउँपालिकाको रिडीमा आँखा उपचार केन्द्र स्थापना
नेपाल नेत्र ज्योति सङ्घ गुल्मी, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, सेभा नेपाल र रुरुक्षेत्र गाउँपालिकाको समन्वयमा रिडी बजारमा आँखा उपचार केन्द्रको सेवा शुभारम्भ गरिएको हो । सेवा शुभारम्भ गर्नुहुँदै रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली नागरिकहरूलाई भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्य अनुरूप यहाँ आँखा उपचार केन्द्र स्थापना गरिएको बताउनुभयो । आँखा सम्बन्धी रोगका धेरै बिरामीहरू लाभान्वित हुने भन्दै उहाँले आँखाको उपचार गराउन टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो । नागरिकलाई चौबीसै घण्टा आँखा उपचार सम्बन्धी विभिन्न सेवाहरू केन्द्रबाट उपलब्ध गराइने उहाँको भनाइ छ । स्थापना गरिएको…
स्वास्थ्य प्रणाली र उठाउनु पर्ने बिषयमा स्वास्थ्य पत्रकारहरुलाई प्रशिक्षण
स्वास्थ्यसमाचार/ संविधानको धारा ३५ मा नागरिकको स्वास्थ्य सम्वन्धी हकको विषय स्पष्टसँग उल्लेख गरिएको छ । तर, त्यहि हक कार्यान्वयनका लागि बनाइएका कतिपय नीतिगत व्यवस्थाको राम्ररी कार्यान्वयन हुन सकेको छैन । नीतिगत व्यवस्था मात्रै होइन नेपालले दीगो विकास लक्ष्य हासिलका लागि तय गरिएका स्वास्थ्य सम्वन्धी अन्तराष्ट्रिय प्रतिवद्धता जनाउँदै आएको छ । तर, त्यसरी गरिएका कतिपय प्रतिवद्धता हरु लक्ष्यमा पुग्न सकेका छैनन् । किन यस्तो भइरहेको छ ? अहिले अवस्था के छ ? यसका लागि मिडियाको भूमिका के हुन सक्छ ? विज्ञहरुले गत शुक्रबार र शनिबार स्वास्थ्य बिटमा कलम चलाउने क्रियाशिल पत्रकारहरुलाई…
रुपन्देहीका ७० हजार वालवालिका लाई आईपीभी खोप लगाइने
स्वास्थ्यसमाचार/रुपन्देहीमा जेठ १३ गतेदेखि बालबालिकालाई पोलियोविरुद्धको आईपी भी खोप अभियान सञ्चालन हुने भएको छ । अभियानमार्फत करिब ७० हजार बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । कार्यालयका अनुसार दुई चरणमा सञ्चालन हुने खोप अभियान अन्तर्गत जिल्लाका ६९ हजार ७ सय ६३ जना बालबालिकालाई आईपी भी खोप लगाइनेछ । २०७३ देखि २०७५ सम्म जन्मेका र उक्त अवधिमा नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई यो खोप लगाउने तयारी गरिएको हो । नेपालमा २०७३ जेष्ठ देखि २०७५ भाद्रसम्म आईपिभी खोपको अभाव भएको थियो । रुपन्देहीमा जेठ १३ देखि २३ गतेसम्म…
मनपरी गर्ने बुटवलका २ मासु पसललाई१०- १० हजार जरिवाना
स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकाले २ वटा मासु पसललाई जरिवाना गरेको छ। अनुगमनका क्रममा खसीबोकाको भनेर बाख्रीको मासु बेच्ने गरेको र अनुमति नलिएको स्थानमा बध गर्ने गरेको भन्दै २ वटा मासु पसललाई १०-१० हजार रुपैयाँ जरिवाना गरेको हो। बुटवल पूरानो बसपार्क नजिकैको न्यु मेहदी मासु पसल र बुटवल १ को पप्पु मासु पसलले मापदण्डविपरीत मासु पसल सञ्चालन गरेको भन्दै १०-१० हजार रुपैयाँ जरिवाना गराएको अनुगमन शाखा प्रमुख ठगिश्वर पोखरेलले जानकारी दिए। उपप्रमुख सावित्रा देवी अर्यालको नेतृत्वमा गएको अनुगमन टोलीले मापदण्डविपरीत घरमा मासु बधस्थल बनाएको, खसीबोका भनेर बाख्रीको मासु बेच्ने गरेको र दुर्गन्ध…
बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा
स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ। एक कार्यक्रमका बीच जिल्ला खोप समन्वय इकाईबाट प्राप्त पत्रअनुसार नगर प्रमुख खेलराज पाण्डेयले बुटवल पूर्ण खोप दिगोपना सुनिश्चित भएको घोषणा गरेका थिए। उनले बुटवललाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउनका लागि आवश्यक काम भइरहेको बताए। यसअघि जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाइँले बुटवलले सबै सूचकहरु पूरा गरेर पूर्ण खोप सुनिश्चित भएको बताउँदै बुटवललाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए।उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलले समयमै सबै सूचकहरु पूरा गरेको र आगामी दिनमा पनि खोपको सुनिश्चित गर्ने बताइन्। पहिलो चरणमा पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता गरिएको…
हेमराज पाण्डेय र पन्त वरिष्ठ जनस्वास्थ्य प्रशासक (नबौ )तहमा बढुवा
स्वास्थ्यसमाचार /स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आन्तरिक बढुवा मुल्यांकन द्वारा जनस्वास्थ्य प्रशासक दुई जनालाई बढुवा गरेको छ। लुम्बिनी प्रदेशमा समायोजन भएका एक र सुदूरपश्चिम प्रदेशमा समायोजन भएका एक जना उच्च स्वास्थ्य अधिकारी रहेका छन। संघीयता कार्यान्वयनसँगै प्रदेशमा समायोजन भएर संघबाट बढुवा हुने वरिष्ठ जनस्वास्थ्य प्रशासक हेमराज पाण्डेय र दया कृष्ण पन्त रहेका छन। लुम्बिनी प्रदेशमा समायोजन पाण्डेय हाल स्वास्थ्य कार्यालय प्युठानमा कार्यरत छन् भने सुदूरपश्चिममा समायोजन भएका पन्त हाल सुदूरपश्चिम प्रदेशको स्वास्थ्य तालिम केन्द्र धनगढीमा कार्यरत छन्। प्रदेशमा स्वास्थ्यका कर्मचारीहरुले प्रदेशमा आन्तरिक बढुवाबाट पदपूर्तिका लागि प्रदेश सरकार तथा प्रदेश लोकसेवा आयोगलाई…
पीडितको सारथी बन्दै लुम्बिनी प्रादेशिक अस्पतालको ओसिएमसी
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी) पीडितको सारथी बन्दै गएको छ । लैङ्गिक हिंसा र यौनजन्य हिंसाका घटनाका पीडितहरूको लागि निःशुल्क स्वास्थ्य उपचार, परामर्श र हेरचारमा पहुँच बढ्दै गएपछि पुनस्थापना गृह पीडितका लागि सारथी बनेको हो । भैरहवाकी १४ वर्षीया बालिका ३० वर्षीय दाजुबाट ०८० असार १५ गते बलात्कृत हुनुभयो । बलात्कारको शिकार हुनुभएकी बालिकाको पेटमा सात महिनाको गर्भवती भएको थाहा भयो । अन्य बालिकाभन्दा फरक र बौद्धिक रूपमा समस्या हुनुभएकी बालिका सामान्य नभएकै कारण आफ्नो पीडा कसैलाई भन्न सक्नुभएन । बालिका भन्नुहुन्छ, दाईले मलाई…
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिव बने डा. बासुदेव उपाध्याय
स्वास्थ समाचार ।लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी डा. बासुदेव जनार्दन उपाध्यायले पाएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा गत २७ बैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यायलाई लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी दिएको हो । उपाध्याय लामो समय देखि आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागमा महानिर्देशक पदमा कार्यरत थिए । उपाध्यायलाई सचिवको जिम्मेवारी दिएसंगै लुम्बिनीका स्वास्थ्य सचिव डा जनार्दन पन्थी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय फिर्ता भएका छन् । २७ बैशाखको मन्त्रिपरिषद् बैठकले कोशी प्रदेशको स्वास्थ्य सचिव पनि परिवर्तन गरेको छ । त्यहाँ डा राधिका थपलियालाई सचिवको जिम्मेवारीमा पठाएको छ भने…
लुम्बिनी प्रादेशिक अस्पतालमा मनाइयो २०४औं नर्सिङ दिवस
बुटवल । नेपाल नर्सिङ संघ बुटवल शाखाको आयोजनामा आइतबार २०४ औं अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइएको छ । हरेक वर्षको मे १२ का दिन मनाइने नर्सिङ दिवस यस वर्ष ‘आवर नर्सेस आवर फ्यूचर, द इकोनोमिक पावर अफ केयर’ अर्थात हाम्रा ‘नर्सहरु हाम्रा भविष्य हुन, हेरचाहको आर्थिक शक्ति’ भन्ने मूल नाराकासाथ मनाइएको हो । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आयोजित कार्यक्रममा बोल्दै अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले नर्सिङ पेसाका जनशक्तिहरु नेपालमा अभाव हुँदै जाने अवस्था सिर्जना हुन थालेकोप्रति चिन्ता व्यक्त गरे । लुम्बिनी प्रादेशिक अस्पतालमा समेत सबैभन्दा बढी नर्सिङ सेवाका जनशक्तिहरुको…


