हेमराज पाण्डेय र पन्त वरिष्ठ जनस्वास्थ्य प्रशासक (नबौ )तहमा बढुवा

स्वास्थ्यसमाचार /स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आन्तरिक बढुवा मुल्यांकन द्वारा जनस्वास्थ्य प्रशासक दुई जनालाई बढुवा गरेको छ।

लुम्बिनी प्रदेशमा समायोजन भएका एक र सुदूरपश्चिम प्रदेशमा समायोजन भएका एक जना उच्च स्वास्थ्य अधिकारी रहेका छन। संघीयता कार्यान्वयनसँगै प्रदेशमा समायोजन भएर संघबाट बढुवा हुने वरिष्ठ जनस्वास्थ्य प्रशासक हेमराज पाण्डेय र दया कृष्ण पन्त रहेका छन।

लुम्बिनी प्रदेशमा समायोजन पाण्डेय हाल स्वास्थ्य कार्यालय प्युठानमा कार्यरत छन् भने सुदूरपश्चिममा समायोजन भएका पन्त हाल सुदूरपश्चिम प्रदेशको स्वास्थ्य तालिम केन्द्र धनगढीमा कार्यरत छन्।

प्रदेशमा स्वास्थ्यका कर्मचारीहरुले प्रदेशमा आन्तरिक बढुवाबाट पदपूर्तिका लागि प्रदेश सरकार तथा प्रदेश लोकसेवा आयोगलाई पटक–पटक आग्रह गर्दा पनि हालसम्म पनि बढुवा प्रक्रिया अगाडि बढाउन सकेको छैन ।

लुम्बिनी प्रदेशमा वरिष्ठ जनस्वास्थ्य प्रशासकको १२ दरबन्दी भएपनि २ मात्रै पदपूर्ति भएको १० दरबन्दी अझै रिक्त छ । लुम्बिनीमा पनि आन्तरिक बढुवा प्रक्रिया अगाडि बढाउन सकेको छैन । जसका कारण पाण्डे संघ फर्केर बढुवा भएका छ ।

लुम्बिनीको पाल्पामा डा राजेन्द्र गिरी र प्रदेश आपुर्ति ब्यबस्थापन केन्द्रमा रोशनलाई चौधरी रहेका छन भने अरु सबै जिल्लामा दरबन्दी खाली रहेको लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

उता सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले भने आर्थिक वर्ष २०८०/०८१ मा वार्षिक कार्यतालिकामा समावेस गरेपनि आन्तरिक बढुवा प्रक्रिया सुरु गर्न सकेको छैन । सुदूरपश्चिम प्रदेशमा वरिष्ठ जनस्वास्थ्य प्रशासकको ६ दरबन्दी भएपनि कुनै दरबन्दी पदपूर्ति नभएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शिर्षक :