गुल्मीमा करिब डेढ वर्षसम्म सेवा बन्द भएको एम्बुलेन्स सञ्चालनमा

स्वास्थ्यसमाचार /गुल्मीमा करिब डेढ वर्षसम्म सेवा बन्द भएको एम्बुलेन्स सञ्चालनमा आएको छ । यस जिल्लाको मुसिकोट नगरपालिका – ९ अर्लाङ्कोटमा अर्लाङ्कोट सेवा समाज जापानको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा बन्द भएको डेढ बर्षपछि पुन: सञ्चालनमा आएको हो । करिब डेढ बर्षसम्म सेवा बन्द गरिएको एम्बुलेन्सलाई सञ्चालन गर्नका लागि नयाँ समिति गठन गरिएको छ । समितिको निर्णय अनुसार एम्बुलेन्स मर्मत गरि सञ्चालन गरिएको अध्यक्ष रामकृष्ण कंडेलले बताउनुभयो । तत्काल एम्बुलेन्स चालक नहुँदा नियुक्ति प्रक्रिया अगाडी बढाउने भन्दै कुशल चालकको रुपमा अर्लाङ्कोटका स्थानीयलाई ग्राहयता दिइने उहाँले बताउनुभयो ।चालक नियुक्ति नहुँदासम्म समितिका हरिप्रसाद खरेललाई एम्बुलेन्स…

लुम्बिनीमा ३६.४ प्रतिशत सुर्तीजन्य पदार्थ सेवनकर्ता ७ प्रदेशमै बढी

स्वास्थ्यसमाचार/सुर्तीजन्य पदार्थको सेवनकर्ता सबै भन्दा धेरै लुम्बिनी प्रदेशमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।नेपालमा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनसम्बन्धी घोराहीमा राखिएको अन्तक्र्रिया कार्यक्रममा स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले लुम्बिनी प्रदेशमा ३६ दशमलव ४ प्रतिशत सुर्तीजन्य पदार्थ सेवनकर्ता रहेको जानकारी दिनुभयो । उहाँका अनुसार लुम्बिनीपछि सुदूरपश्चिम प्रदेशमा ३३ दशमलव ७ प्रतिशत सेवनकर्ता रहेका छन । सबै भन्दा कम प्रयोगकर्ता बागमती प्रदेशमा २२ दशमलव ९ प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा नेपाल स्टेप्स सर्वेक्षण २०१९ अनुसार हाल सुर्तीजन्य पदार्थ सेवन गर्नेको प्रतिशत २८ दशमलब ९ प्रतिशत रहेको जानकारी दिइएको…

गर्मी बढेसंगै स्वास्थ्यमा असर पर्ने भन्दै बुटबलले दियो २ दिने सार्वजानिक बिदा

स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकाले अत्यधिक गर्मी बढेको भन्दै नगर भित्रका सबै बिद्यालयमा सार्वजनिक बिदा दिएको छ। बुटवल उपमहानगर पालिकाले आज एक सार्वजनिक सुचना जारी गर्दै बैसाख २० र २१ गते बिद्यालयहरुमा बिदा दिने निर्णय भएको उल्लेख गरेको छ। बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले जारी गरेको सुचनामा केहिदिन यता तातो हावा चल्न थालेकोले बिद्यार्थीहरुको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिएकोले बैसाख २० गते बिहिवार र २१ गते सुक्रवारका लागि नगरभित्रका सबै बिद्यालयमा बिदा दिन निर्देशन दिईएको छ। गर्मीले बिद्यार्थीहरुमा समस्या देखिएकोले बिद्यालय बिदा दिनुपर्यो भन्ने अभिभावकहरुको समेत गुनासो र सुझावका आधारमा…

गर्मीबाट बच्नको लागी यी उपायहरु अपनाउनुहोस्

स्वास्थ्यसमाचार/पछिल्ला दिनमा गर्मी अत्याधिक बढ्दो छ। स्वास्थ्यमा सावधानी अपनाइएन भने गर्मी मौसममा विभिन्न खालका स्वास्थ्य समस्याहरू देखिने सम्भावना धेरै हुन्छ। त्यसैले यो मौसममा हाइड्रेटेड रहनु अनिवार्य हुन्छ। हलुका रङको लुगा लगाउनुहोस्ः कपासबाट बनेको हलुका रङको लुगा लगाउनाले शरीरलाई चिसो राख्न मद्दत गर्छ। गाढा रङका वा भारी लुगा लगाउनबाट जोगिनुहोस् किनकि यसले शरीरमा छिटो ताप पार्न सक्छ र तपाईंलाई असहज महसुस गराउन सक्छ। सकभर यो मौसममा सेतो रङको हलुका कपडा लगाउन राम्रो हुन्छ। आफूलाई हाइड्रेटेड राख्नुहोस्ः यो मौसममा हाम्रो शरीरलाई हाइड्रेटेड राख्न धेरै पानी र तरल पदार्थ पिउनु आवश्यक छ। विज्ञहरूले…

डाक्टरमाथि कुटपिटमा संलग्नलाई कारबाही गर्न चिकित्सक संघको माग

स्वास्थ्यसमाचार/काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत डाक्टरमाथि भएको हातपातको घटनाप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ । संघका अनुसार सोमबार बिरामीको मृत्युको विषयलाई लिएर केएमसी अस्पतालमा कार्यरत चिकित्सक प्रा डा बिनिता प्रधान र डा पूजा शाहमाथि हातपात हुनुका साथै अस्पतालमा तोडफोड भएको थियो । ‘अस्पताल जस्तो संवेदनशील क्षेत्रमा उपचारको क्रममा भएको मृत्युलाई लापरबाही भनी अस्वाभाविक आरोप लगाई स्वास्थ्य संस्था नै तोडफोड गर्ने जस्ता अपराधिक कार्य गरेको घटना प्रति यस संघ घोर भत्सर्ना र निन्दा गर्दछ’, संघका महासचिव डा सञ्जीव तिवारीले विज्ञप्तिमा भनेका छन् । उपचारमा कुनै त्रुटि भएको शंका लागे…

UCMS’s ’25th General Assembly’ treated more than 1 lakh 50 patients annually

Health News / The 25th Annual General Meeting of Universal Institute of Advanced Studies and Research Center Pvt. Ltd. (UCYMUS Teaching Hospital) has been completed in Bhairahawa. The ’25th Annual General Meeting’ was held under the chairmanship of UCMS Teaching Hospital President Ramesh Sharma and company secretary Raju Basnet Chhetri. The managing director of the organization, Khuma Aryal, expressed his opinion on the questions and inquiries raised by the shareholders participating in the general meeting. The annual report presented by Chairman Ramesh Sharma and the financial statements presented by Company…

स्वास्थ्यमन्त्री उपेन्द्र यादव र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिोनियो गुटेरेसबिच भेट बार्ता

स्वास्थ्यसमाचार/उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिोनियो गुटेरेसबिच भेट बार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको न्युयोर्कमा जारी ५७औँ बैठकमा भाग लिने सिलसिलामा त्यहाँ रहेका उपप्रधानमन्त्री यादवले महासचिव एन्टिोनियो गुटेरेससँग भेटवार्ता गरेका हुन। भेटकाक्रममा उपप्रधानमन्त्री यादवले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिलाई जोगाइराख्न संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय विकास साझेदारहरूको सार्थक सहयोग अपरिहार्य भएको बताएका छन्। त्यसैगरी जलवायु परिवर्तन र विश्वमा बढ्दो द्वन्द्वका कारण नेपालले दिगो विकासका लक्ष्यहरूका साथै स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धि जोगाइराख्न चुनौतीपूर्ण भएकाले राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय विकास सहायता अपरिहार्य भएकामा जोड दिएका…

चेतनाको बहिर्गमन, सधैंको द्रष्टा म :डा. शम्भु खनाल

समाज सुसंस्कृत र विकृत दुवै शिक्षा र चेतनाले हुने गर्दछ । संविधान उत्कृष्ट हुँदैमा भुइँ राम्रो हुन्छ भन्ने हुँदैन । जति व्यवस्था , संविधान फेरिएपनि भुइँ मान्छेको भुइँ सधै उस्तै रहन सक्छ । आर्थिक, सामाजिक र शैक्षिक छलाङ मार्न भुइँ छोड्नुपर्छ । जसले सबै छलाङ मारेर पनि भुइँ बिर्सिन्न , त्यो व्यक्ति वास्तविक नेताको पात्र हुन्छ । भुइँ बिर्सने व्यक्ति आफैंमा मस्तमगन हुन्छ ।जीवनको मूल्य पनि चेतनाले निर्धारण गर्दछ । चेतनास्तर उच्च भएको स्थानमा उपचार खोज्ने कार्य छिटो हुन्छ ।आकस्मिक कक्षको बाटो हुँदै ओ पि डि फर्किँदै थिए । मेरा…

वैशाख १६ देखि ७ जिल्लाका ५० लाख बढीलाई हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै

स्वास्थ्यसमाचार/सरकारले यही वैशाख १६ गतेदेखि सात वटा जिल्लाका ५० लाख ७८ हजारलाई हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउने तयारी गरेको छ। यसवर्ष झापा, धनुषा, महोतरी, सर्लाही,रौतहट, रसुवा र कपिलवस्तुमा हातीपाइले विरुद्धको औषधि खुवाइने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले बताए। हालसम्म ५३ जिल्लामा हात्तिपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम सफल सफल भइसकेको उनको धारणा छ। कपिलवस्तु तथा झापामा भन्ने उक्त कार्यक्रम असफल भएको उनको उनले बताए। हातीपाइले रोग मानिसलाई शारीरिक रुपमा अशक्त तथा अपांग बनाउने एक सरुवा रोग हो। यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका…

खाली पेटमा चिया पिउँदा यस्ता हुन्छन पाँच बेफाइदा

स्वास्थ्यसमाचार/तातो चिया पिउने धेरैको बानी हुन्छ। तुलसी, अदुवा, ल्वाङ, अलैची तथा दालचिनी जस्ता कुराहरुको चियामा प्रयोग गरेर चिया पिउनाले शरीरलाई लाभ समेत हुनेगर्छ। तर, यदी खाली पेटमा चिया पिउनु बानी छ भने आजै सजक रहनुहोस्। खाली पेचिया पिउँदा मुख्य रुपमा पाँच बेफाइदाहरू छन्। एसिडिटीः खाली पेटमा चिया पिउनुको सबैभन्दा ठुलो बेफाइदा हो एसिडिटी। खाली पेटमा तातो चिया पिउनाले एसिडिटी हुनेगर्छ। यसले पाचन प्रणालीमा उत्पन्न हुने रसलाई समेत प्रभाव पार्ने काम गर्छ। पाचन प्रणाली कमजोरः पाचन प्रणाली कमजोर हुने सबैभन्दा ठुलो कारण भनेकै खाली पेटमा तातो चिया पिउनु हो। यो एक…