मानसिक स्वास्थ्यका लागि योग ध्यान महत्वपुर्ण :नगरप्रमुख अर्याल

स्वास्थ्यसमाचार/ नवलपरासी आयुर्वेद स्वासथ्य केन्द्रको आयोजनामा मानसिक स्वास्थ्य प्रवर्धनका लागि योग ध्यान कार्यक्रम सम्पन्न भएको छ।
कार्यलय प्रमुख डा. अर्चना शुक्ला अध्यक्षमा सुनवल नगरपालिका प्रमुख बिमला अर्यालको प्रमुख आत्थु बिशिष्ट आतिथ्य मदन बहादुर जिसीको बिशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा जनप्रतिनिधि शिक्षक तथा नगरपालिकाका कर्मचारीहरु जम्मा ३५ जना सहभागीता रहेको कार्यक्रममा वोल्दै सुनवल नगरपालिकाका प्रमुख बिमला अर्यालले हाल विश्वमा बढदै गइरहेको मानसिक तनाव आदिको कारण लक्ष्य र निवार बारे सौन्तिक तथा चिकित्सालय योगासन तथा ध्यानको महत्वपुर्ण भएको बताउनु भयो। उहाँले यस्ता कार्यक्रम स्थानिय तहसम्म लैजानु पर्ने बताउनु भयो।

 

कार्यक्रममा बिशिष्ट अतिथि मदन बहादुर जि सि ले यो कार्यक्रममा मानसिक समस्या झेलिरहेका तथा औषधि सेवन गरिरहेका व्यक्तिहरु लाई लामो समय सम्म सहभागि गराई यसको प्रभावकारिताका तथ्याङ्कमा मापन गर्न सकिने गरि परिणाममुखी तवरले संचालन गर्न सकेमा उत्कृष्ट हुने सुझाव दिनु भयो ।

सहभागीहरुले यो कार्यक्रम स्थानिय तहका जनप्रतिनिधि तथा कर्मचारीहरुका लागि अत्यन्त आवस्यक रहेको र निकै फलदाई भएको बताए । कार्यक्रममा सहभागि एक सामुदायिक सिकाई केन्द्र सुनवल कि परिचालिका शिक्षा पाठकले प्रभावित भएर यो कार्यक्रम जनस्तर सम्म पुर्‍याउनका लागि नगरपालिकामा समाबेश गरिने बताउनु भयो।

कार्यक्रमको संचालन नवलपरासी आयुर्वेद स्वास्थ्यकेन्द्रका वरिष्ठ कविराज निरिक्षक नरहरि अर्याल –नविन) गर्नु भएको थियो।

सम्बन्धित शिर्षक :