बारम्बार हुने नीतिगत परिवर्तनले स्वास्थ्य क्षेत्र सुधारमा समस्या

स्वास्थ्यसमाचार/रोटरी क्लव अफ बुटवलको १४०० औं नियमित बैठक शनिबार सम्पन्न भएको छ ।क्लवका अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायको अध्यक्षतामा बसेको बैठकको एजेण्डा क्लासिफकेशन रहेको थियो । बैठकमा बोल्दै मेडिटेक इन्टरनेशनल एकेडेमीका प्रवन्ध निर्देशक गणेश ज्ञवालीले बारम्बार हुने नीतिगत परिवर्तनले मुलुकको स्वास्थ्य क्षेत्र सुधार हुन नसकेको बताए । स्वास्थ्य उद्यमीहरुलाई मेडिकल माफियाको आरोप लाग्ने गरेको भन्दै उनले यो गलत भएको र यसखालको भ्रम चिर्न केही समय लाग्ने बताए । “सरकारले बारम्बार ऐन, नियम, निर्देशिका परिवर्तन गर्दा स्वास्थ्य संस्थाले चाहे अनुरुपको सेवा सुविधा दिन सकिरहेका छैनन्”–उनले भने । ज्ञवालीले मेडिटेक हस्पिटल अहिले ५१…

राष्ट्रिय स्वास्थ्य कर्मीसंघ पाल्पा द्धारा कार्यलय प्रमुखलाई स्वागत

स्वास्थ्यसमाचार/ राष्ट्रिय स्वास्थ्य कर्मी संघ नेपाल पाल्पामा आउनु भएको कार्यालय प्रमुख डा.राजेन्द्र गिरी र जन स्वास्थ्य निरिक्षक कृष्ण प्रसाद पोखरेल लाई स्वागत गरेको छ । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीबाट डा राजेन्द्र गिरी, र नबलपरासीबाट सरुवा भएर आएका जन स्वास्थ्य निरिक्षक कृष्ण प्रसाद पोखरेललाई स्वागत गरिएको हो । कार्यक्रम राष्ट्रिय स्वास्थ्य कर्मी संघ नेपाल पाल्पा जिल्ला अध्यक्ष रेम बहादुर दिशा मगरको अध्यक्षतामा , प्रमुख अतिथि राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालका केन्द्रिय सदस्य श्री यम बहादुर चिदी, नेपाल स्वास्थ्य प्राबिधिक संघ पाल्पा जिल्ला अध्यक्ष श्री झपेन्द्र न्यौपाने लगायत स्वास्थ्यकर्मी हरुको उपस्थितिमा स्वागत कार्यक्रम…

स्वास्थ्य सचेतना कार्यक्रम गर्दै प्रेस चौतारी रुपन्देहीले मनायो स्थापना दिवस

स्वास्थ्यसमाचार/ आफ्नो २४ औं स्थापनादिवसको अवसर पारेर प्रेस चौतारी नेपालले विभिन्नकार्यक्रम गरेको छ । यसैबीच प्रेस चौतारी नेपाल, रुपन्देहीशाखाले शनिबार स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ । बुटवल, भैरहवा र सैनामैनामा मास्कवितरण गरिएको प्रेस चौतारी रुपन्देहीकाअध्यक्ष लक्ष्मण पौडेलले बताए । बुटवलको नयाँबसपार्कमाआयोजितकार्यक्रममाबोल्दै प्रमुखअतिथि प्रेस चौतारी नेपालका केन्द्रीय सचिव भरत के.सी.ले कोभिड–१९ महामारीबाट बच्न र बचाउन मास्कवितरण कार्यक्रम प्रभावकारी भएको बताए । उनले श्रमजीवि पत्रकाहरुको हकहितकालागि संगठन आगामी दिनमाअझ सशक्तभएर अघि बढ्ने बताए । कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्यतथा रुपन्देहीजिल्लाइञ्चार्ज प्रदिपआचार्य, रुपन्देहीजिल्लाअध्यक्ष लक्ष्मण पौडेल, नेकपा (एमाले) बुटवल उपमहानगर पालिका कमिटी अध्यक्षकिसन ज्ञवालीले…

कोरोनाका कारण बन्द पाल्पाको प्रशासनिक सेवा आइतबारदेखि खुल्ने

स्वास्थ्यसमाचार/कार्यालयका कर्मचारीमा कोभिड सङ्क्रमण देखिएपछि बन्द रहेको जिल्ला प्रशासन कार्यालय पाल्पाले अब नियमित सेवा दिने जनाएको छ।सङ्क्रमणका कारण बन्द रहेका जिल्ला प्रशासन कार्यालय, ईलाका प्रशासन कार्यालय रामपुर तथा जिल्ला निर्वाचन कार्यालय पाल्पाले आइतवारदेखि सेवा नियमित गर्ने भएको हो। जिल्ला प्रशासन कार्यालय पाल्पाले सूचना जारी गर्दै मतदाता नामावली सङ्कलनको कार्य समेत नियमित हुने जनाएको । सेवाग्राहीले सेवा लिन आउदा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने तथा कोभिड १९ विरुद्धको खोपकार्ड, प्रतिलिपि वा मोबाइलमा खिचेको फोटो साथमा लिएर आउनुपर्नेछ। कार्यालयका कर्मचारीमा कोभिड सङ्क्रमण देखिएपछि गत माघ १४ गते देखि प्रशासनले स्वास्थ्य सर्तकता अपनाउँदै…

फ्रेबुअरी महिनाभर आयोडीन महिना :तिलोत्तमापनि विविध कार्यक्रम गर्ने

नेपाल सरकारले ‘फ्रेबअरी’ महिनालाई आयाेडीनको महिनाको रूपमा हरेक वर्ष मनाउदै आईरहेको छ। नेपालमा आयाेडीन कार्यक्रमको सुरुवात १९६० को दशक देखि नै एक जनस्वास्थ्य समस्याका रुपमा रहिआएको र यस समस्याले गर्दा, नेपाल ६ दशकसम्म आइपुग्दा पनि आयाेडीनको कमीले हुने विकृतिहरु जस्तैः गलगाँड, शारीरिक र मानसिक र क्रेटिनिज्म भनिने लाटो लठ्यौरोपन कहि कदा देखिइरहेको छ।  आयोडिनको कमीले हुने विकृति बारे हरेक नागरिकमा आयोडिनको बारेमा सचेतना फैलाउने महिनाका रुपमा २०२२ फेब्रुअरी महिनालाई नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाईने कार्यक्रम रहेकाले तिलोत्तमा नगरपालिकामा पनि बिभिन्न कार्यक्रमको आयोजना गरि आमनागरिकतामा आयोडिन महिनाबारे थप जानकारी होस…

गरिब देशमा क्यान्सरबाट ७० प्रतिशत मानिसको मृत्यु

स्वास्थ्यसमाचार/क्यान्सर रोगबाट हुने मृत्युमध्ये सबैभन्दा बढी निम्न आय भएका देशहरु रहेको तथ्यांकले देखाएको छ।शुक्रबार विश्व क्यान्सर दिवसको कार्यक्रममा ‘नेपालमा क्यान्सर रोग र चुनैती’को विषयमा प्रस्तुतीकरण गर्दै स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कम र मध्यम आय भएका देशहरुमा क्यान्सरबाट ७० प्रतिशत मृत्यु हुने गरेको जनाएको हो। क्यान्सर रोग लाग्नुका कारण समयमै रोगको पहिचान हुन नसक्नु, उपचारको उचित व्यवस्थापन नहुनु र उपचारको पहुँच सिमित वर्गमा हुनु प्रमुख रहेको माहाशाखाका निर्देशक डा कृष्ण प्रसाद पौडेलले बताएका छन्। क्यान्सर रोगको बारे तथ्य प्रस्तुत गर्दै उनले भने, ‘लगभग २२ प्रतिशत क्यान्सरबाट मृत्युको…

पाल्पाको बगनासकाली ७ खानिगाउँमा बर्थिङ सेन्टर सुरु

स्वास्थ्यसमाचार/पाल्पाको बगनासकाली ७ खानिगाउँमा बर्थिङ सेन्टर सुरु भएको छ । बगनासकाली गाउँपालिकाले स्थानीय नागरिकहरुलाई प्रसुती सेवा दिने उदेश्यले खानिगाउँमा बर्थिङ सेन्टर सुरु भएको हो । बर्थिङ सेन्टरको उद्घाटन गर्दै बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले गाउँपालिकाका ४ वटा वडाहरुमा बर्थिङ सेन्टर संचालन भएको बताउनुभयो । अध्यक्ष बस्यालले गाउँपालिकाको दर्लम र यम्घामा पनि बर्थिङ सेन्टर सुरु गर्न लागिएको बताउदै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन गाउँपालिकाले कुनै कसुर वाँकी नराखेको उल्लेख गर्नुभयो । यस अघि गाउँपालिकाका वडा नं ९ चापपानी, वडा नं ४ खानिछाँप र वडा नं ३ नायरनमतलेसमा बर्थिङ सेन्टर संचालन…

गर्भवती महिलाको हत्यामा संलग्न श्रीमान र ससुरा प्रहरी नियन्त्रणमा

स्वास्थ्यसमाचार/कपिलबस्तुमा एक गर्भवती महिलाको हत्यामा संलग्न श्रीमान र ससुरा प्रहरी नियन्त्रणमा परेका छन् । कपिलबस्तुको यशोधरा गाँउपालिका ८ सिहोखोर निवासी २१ वर्षिय रहिसुन्निसा मुसलमानलाई झुन्डाई मारेर लाशलाई गाडी सतगत गर्ने क्रममा श्रीमान र ससुरालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उक्त घटनामा संलग्न रहेका मृतकको श्रीमान २२ बर्षीय मोहम्मद नसिम अलि भाट मुसलमान र ५० वर्षिय ससुरा अब्बास अलि भाट मुसलमानलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले बताउनुभयो । कपिलवस्तुबाट खटिएको प्रहरी अनुसन्धान टोलिले निजहरुलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान गर्दा मृतक २ महिनाको गर्भवती भएको र मृत्यु शंकास्पद भएकोले उहाँहरुलाई…

दुधराक्ष स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

स्वास्थ्यसमाचार/ रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाले गृह जिल्ला रुपन्देहीको सैनामैना नगरपालिका ६ स्थित दुधराक्ष स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । रुपन्देही स्थायी घर भई हाल अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थी, व्यवसायी र कर्मचारीहरु मिलेर सहयोग सकंलन गरि स्वास्थ्य चौकीका लागि आवश्यक सेमि एनलाईजर मेसिन र केमिकल एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको हो । भर्चुअल माध्यमबाट सञ्जालका प्रतिनिधि समेत संलग्न भई सम्पन्न भएको कार्यक्रममा सञ्जालका निवर्तमान अध्यक्ष एवम् कार्यक्रमका विशिष्ट अतिथि ईश्वर पोखरेलले प्रत्यक्ष सहभागिता जनाई सेमी एनलाईजर मेसिन र केमिकल लगायतका स्वास्थ्य सामाग्री सैनामैना नगरपालिकाका नगरप्रमुख चित्र बहादुर कार्कीलाई…

नेपालगञ्जमा एक हजार बेडको होल्डिङ सेन्टर चैत्रसम्म बन्ने

स्वास्थ्यसमाचार/आपतकालीन अवस्थामा नागरिकलाई अस्थायी रूपमा सुरक्षित राख्न नेपालगञ्जमा होल्डिङ सेन्टर निर्माण भइरहेको छ । नेपालगञ्ज उपमहानगरपालिका(१४ स्थित भवानीयापुरमा २९ करोड ३८ लाख दुई हजार ८९ रुपैयाँको लागतमा एक हजार बेडको होल्डिङ सेन्टर निर्माण भइरहेको हो । साउन २०७८ मा निर्माण सम्झौता भएको उक्त होल्डिङ सेन्टर २४ असोजमा निर्माण सम्पन्न भइसक्नु पर्नेमा त्यसो हुन सकेन । निर्माण सम्पन्न गर्नका लागि पुस मसान्तसम्मका लागि म्याद थप गरिएको थियो । नेपाली सेनासँगको सहकार्यमा ठेकेदार कम्पनीमार्फत होल्डिङ सेन्टरको निर्माण कार्य सुरु भएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले होल्डिङ सेन्टर निर्माण कार्य…