स्वास्थ्यसमाचार नेपाल स्वास्थ्यकर्मी संघको ३३ औं स्थापना दिवसको पावन अवसरमा जिल्ला कार्यसमिति रुपन्देहीले तिलोत्तमा नगरपालिका, रूपन्देहीमा रहेको “ रामचन्द्र मैनादेवि अनाथ आश्रममा अक्षयकोष स्थापनार्थ आर्थिक सहयोग तथा अनाथ बालकहरूको स्वास्थ्य परीक्षण तथा उपचार कार्यक्रम राखी मनाएको छ।
कार्यक्रममा नेपाल स्वास्थ्यकर्मी संघका जिल्ला अध्यक्ष घनलाल अर्याल को अध्यक्षता, नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रिय सदस्य मदन पोखरेल “सुमन“, केन्द्रिय सदस्य हिमाल खनाल , नेपाल ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष राम प्रसाद ढकाल, नेपाल स्वास्थ्यकर्मी संघका पूर्व केन्द्रिय सदस्यहरू केदार नाथ साह, मोती पौडेल , बबिता न्यौपाने , नेपाल फार्मेसी संघ रुपन्देहीका अध्यक्ष गणेश सेढाई , अर्घाखाँचीका पूर्व अध्यक्ष तारा खनाल तथा स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माको आतिथ्यता र सचिव नन्दराम पौडेलको सञ्चालनमा सम्पन्न भएको छ।
नेपाल स्वास्थ्यकर्मी संघ २०४८ जेठ २४ गतेका दिन डा. चोपलाल भुसाल कोअध्यक्षतामा स्थापना भएको थियो। नेपाल स्वास्थ्यकर्मी संघ, नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रूपमा रहेको छ।
प्रतिकया दिनुहोस्