ओमसतिया सप्ताहव्यापी सिकल सेलको निदान तथा निशुल्क परीक्षण

स्वास्थ्यसमाचार /रुपन्देहीको ओमसतिया गाउँपालिकामा सिकल सेल रोगको निशुल्क परिक्षण तथा रोग निदान सम्बन्धी सप्ताहव्यापी सञ्चालन भएको छ। थारु समुदायमा सिकल सेल रोगबाट प्रभावित व्यक्तिहरूको पहिचान, उपचार र रोगको रोकथाममा सहयोग पुर्‍याउनु मुख्य उदेश्य रहेको पालिकाले जनाएको छ।

कार्यक्रमको उद्घाटन गर्दे गाउँपालिका अध्यक्ष मन्जित कुमार यादवले “सिकल सेल रोग जस्तो गम्भीर रोगको प्रारम्भिक पहिचान र निदान अत्यन्त महत्वपूर्ण छ। यस कार्यक्रमले गाउँपालिका भरि रहेका थारु समुदायका व्यक्तिहरूलाई सजिलै परीक्षण गराउने मौका प्रदान गर्नेछ।“सबै यसमा सहभागी बनौ उहाले भन्नु भयो। त्यस्तै उपाध्यक्ष सुनिता चौधरी थारुहरु मा हुने वंशाणुगत रोग भएकोले यसको पहिचाहन र निदान गर्नु आबश्यक रहेकोले वताउनु भयो।

ओमसतिया गाउँपालिका स्वास्थ्य शाखाका सस्मिता खत्रीले भन्नु भयो “यो कार्यक्रमले सिकल सेल रोगको पहिचान र रोकथाममा महत्वपूर्ण योगदान पुर्याउने छ। हामी सबैलाई यसको फाइदा उठाउन आग्रह गर्दछौं । यो निशुल्क परीक्षण सप्ताहभरि प्रत्येक दिन गाउँपालिकाका विभिन्न स्थानहरूमा भइरहेकोले फाईदा लिन आग्रह गर्नु भयो। उहाले यसमा विशेषज्ञ टोली स्वास्थ्यकर्मी र प्रयोगशाला कर्मिको टोलीले परीक्षण तथा परामर्श सेवा प्रदान गरि रहेको बताउनु भयो।

उहाले सप्ताहव्यापी कार्यक्रम गर्नुको मुख्य उदेश्य सिकल सेल रोगको लक्षण, कारण र उपचारबारे जनचेतना अभिवृद्धि समेत हुने गाउँपालिकाको लक्ष्य रहेको बताउनु भयो। यस्तै स्वास्थ्य शाखा प्रमुख दिपक ज्ञावालीले भन्नु भयो रक्तअल्पता परिक्षण र सिकल सेल रोगको पहिचानका लागि विशेष रक्त रक्त नमुना संकलन गरिएको र सहभागी हुन चाहने थारु समुदायका सबै नागरिकलाई आफ्नो नजिकको स्वास्थ्य चौकीमा सम्पर्क आग्रह गर्नु भयो , “यस किसिमको कार्यक्रम हाम्रो स्वास्थ्यका लागि धेरै नै लाभदायी छ। हामी यसबाट धेरै जानकारी र सेवा पाइरहेका छौ सबैलाई यो शिविरबाट फाईदा लिन आग्रह गर्नु भयो।

ज्ञावालीले भन्नु भयो सिकल सेल रोग एक आनुवंशिक रोग हो जसले रगतका कोशीकाहरूलाई असर गर्दछ। यो रोगको प्रारम्भिक पहिचान र उपचारले रोगको गम्भीरता कम गर्न मद्दत गर्दछ। ओमसतिया गाउँपालिका कार्यकारी प्रमुख विपीन क्षेत्री भन्नुहुन्छ यस अभियानको सफलताले गाउँपालिकामा स्वास्थ्य सेवाको स्तर उकास्ने विश्वास गरिएको छ। सबै यसमा सहभागी भएर फाईदा लिन गाउँपालिका आग्रह गदर्छ क्षेत्रीले भन्नु भयो।

सम्बन्धित शिर्षक :