लुम्बिनी प्रादेशिक अस्पतालमा किताब बेच्दै बैज्ञानिक महावीर पुन

स्वास्थ्यसमाचार/ राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन लुम्बिनी प्रादेशिक अस्पतालमा किताब बेच्न पुगेका छन । उनलाई अस्पतालमा स्वागत गरेका छन। भने उनको किताब किन्न अस्पतालका चिकित्सक नर्स तथा अन्य कर्मचारीको भिड रहेको थियो। किताब बेच्न देश दौडाहमा रहेको पुन आज लुम्बिनी प्रादेशिक अस्पतालमा पुगेका हुन।

आफ्नै सपना, सम्झना र अविरल जीवन यात्रा समेटिएको ‘महावीर पुन’ पुस्तक लिएर गत उनी काठमाडौंबाट निस्केका थिए्। उनी रुपन्देहीका तथा देशका धेरै जिल्लाका बस्ती बस्तीमा किताब बेचेका छन । ‘किताब बजारमा आएको त असोजमै हो, तर यसरी देश दौडाहामा हिँडेको चाहिँ लामो समय भएको उहाले बताउनु भयो।

उनले सो पुस्तक बेचेको रकमले वीरगञ्जस्थित कृषि सामग्री कम्पनी पुन सञ्चालन गर्ने सपना देखेका छन्। ‘अरुले त अर्बौ लाग्छ भन्न सक्छन्, तर राष्ट्रिय आविष्कार केन्द्रले त्यो कारखाना १५–२० करोडमा पुन सञ्चालन गर्न सक्छ,’ पुन भन्छन्, ‘त्यसका लागि कम्तिमा पनि दुईलाख थान किताब बेच्नुपर्छ। पुस्तकको मूल्य प्रतिथान ७५० रुपैयाँ छ। दुईलाख थान बिक्री भयो भने १५ करोड कमाइ हुने रहेछ। हाम्रो हिसाबमा यति भए काम सुरु गर्न सकिन्छ।’

राष्ट्रिय आविष्कार केन्द्रले प्रकाशन गरेको उनको पुस्तक बिक्री गर्न थोक बिक्रेताले कमिशन मागेपछि उनी स्वयं पुस्तक बिक्री गर्न देश दौडाहामा निस्केका हुन्। लुम्बिनी प्रादेशिक अस्पतालमा उनको करिब ५सय भन्दा बढी किताब बिक्री भएको अस्पतालले जनाएको छ। उनको किताब संगै पुन संग फोटो खिच्नेको लहर चलेको थियो ।

सम्बन्धित शिर्षक :