बुटबलमा उपचार पद्धतिको बारे चिकित्सकहरु बिच अन्तरक्रिया

स्वास्थ्यसमाचार/  लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटीको आयोजनामा काठमाण्डौ तथा बुटबलका चिकित्सक बिच उपचार नयाँ पद्धतिको वारेमा अन्तरक्रिया भएको हो।

बर्तमान अबस्थामा औषधीको क्षेत्रमा भएको परिवर्तन अबस्था र उपचारमा प्रयोग गरिने बिधीबारे चिकित्सकहरु लाई अन्तरक्रिया गरेको हो।

चिकित्सकहरुको अन्तरक्रिया बिभिन्न बिषयमा बरिष्ठ चिकित्सकहरुले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो।

राप्ती बिज्ञान प्रतिष्ठानका डाइरेक्टर तथा जेरीयाट्रीक बिशेषज्ञ डा. रमेश मान कडेंलले कार्यपत्र प्रस्तुत गर्दे ६० बर्ष भन्दा माथिका जेष्ठ नागरिक को उपचारमा अपनाउनु पर्ने अबस्था औषधीको प्रयोग र गलत औषधीले निम्ताउने समस्याहरु लाई कसरी उपचारमा सहज बनाउने भन्ने बिषय मा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो।

टिचिङ अस्पतालका महाराजगन्जका एनेस्थेसिया तथा क्रिटिकल केयर बिशेषज्ञ डा. सुभाष प्रसाद आर्चायले कार्यपत्र प्रस्तुत गर्दे अस्पतालहरु मा उपचार गर्दा अपनाउनु पर्ने बिधि औषधीको प्रयोग वारेमा आफनो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो।

अर्काे सिभिल अस्पतालको मेसु तथा बरिष्ठ दम तथा फोक्सो रोग बिशेषज्ञ डा. बिदेश बिष्टले कार्यपत्र दम तथा फोक्सो रोग को उपचारमा मा अपनाउनु पर्ने अबस्था बिधि र नयाँ नियमको बारेमा चिकित्सकहरुलाई जानकारी गराउनु भयो।

नर्भिक अस्पतालका बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. यादब कुमार भट्टले कार्यपत्र प्रस्तुतिकरण गर्दे मुटुरोगको बारेमा अहिले सम्म भएको अबस्था थप नयाँ बिधि र चिकित्सकहरुले उपचारमा अपनाउनु पर्ने विधिको बारेमा जानकारी गराउनु भयो।

उहाले मुटुरोगको बारे यस क्षेत्रमा राम्रो उपचार रहेको समेत बताउनु भयो।लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटीका अध्यक्ष बिष्णु प्रसाद पौड्यालको अध्यक्षता डा. सुदर्शन प्रसाद धितालको प्रमुख आतिथ्य अन्तरक्रिया कार्यक्रम भएको थियो।

कार्यक्रममा लुम्बिनी प्रदेशका इन्टरनल मेडिसिन, जेरीयाट्रीक, मुटुरोग, दम तथा फोक्सो रोगका बिशेषज्ञ चिकित्सक तथा अन्य चिकित्सक लगाएतकोे सहभागीता रहेको लुम्बिनी प्रदेशका इन्टरनल मेडिसिनका महासचिव डा. सरोज थापाले बताउनु भयो।गत माघमा लुम्बिनी प्रदेशका इन्टरनल मेडिसिन, सोसाइटीको गठन भएको थापाले बताउनु भयो।

सम्बन्धित शिर्षक :