सैनामैना नगरपालिकामा नागरिक आरोग्य सेवाकेन्द्र संञ्चालनमा

स्वास्थ्यसमाचार /सैनामैना नगरपालिकामा निःशुल्क आयुर्वेद चिकित्सा शिविर तथा नागरिक आरोग्य सेवा केन्द्र उदघाटन गरिएको छ ।
एक दिने शिविरमा स्थानीयको उत्साहजनक उपस्थिती थियो ।

शिविरमा १ सय ३० जनाको ल्याव परिक्षण र १ सय ८८ जनाको उपचार गरिएको छ । सेवा लिनेमध्ये १ सय १४ जना महिला र ७४ जना पुरुष छन् । धेरैजसो ग्यास्ट्रिक, हाडजोर्नी, उच्च रक्तचाप, मधुमेह तथा मलद्वारका विरामीले शिविरबाट सेवा लिएका छन् ।

कार्यक्रमको अध्यक्षता सैनामैना नगरपालिका वडा नम्वर वार्ड न ८ का अध्यक्ष रामशरण न्यौपाने, प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य भूमिश्वर ढकाल, विशिष्ठ अतिथि सैनामैना नगर प्रमुख चित्र बहादुर कार्की, उपप्रमुख बिना राना र स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय लुम्विनी प्रदेशका महाशखा प्रमुख शालक्य विज्ञ डाक्टर पुष्पराज पौडेल रहेका थिए ।

कार्यक्रमको सहजीकरण लुम्बिनी आयुर्वेद चिकित्सालयका बरिष्ठ कविराज निरिक्षक नरहरी अर्यालले गरे । लुम्बिनी आयुर्वेद चिकित्सालयले जिल्लाका विभिन्न स्थानीय तहहरुमा पुगेर निःशुल्क शिविर संचालन गर्दै आइरहेको बरिष्ठ कविराज निरिक्षक नरहरी अर्यालले वताए ।

सम्बन्धित शिर्षक :