‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता’

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सुर्दशन थापा क्षेत्रीले अपाङ्गता भएका व्यक्तिहरुलाई सेवा प्रवाहमा पहिलो प्रथमिकता दिइएको बताएका छन् ।उनले नयाँ संरचनाको भवन निर्माण काम सुरुवात भईरहेको अवस्थामा मौजुदा अवस्थामा रहेको अस्पतालमा सेवा प्रवाहको लागि अधिकतम् सचेतना अपनाइएको बताएका हुन ।

सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीको सहयोगमा दृष्टिविहीन उत्थान संघ सैनामैना १० सालझण्डी को आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुको समुदायमा आधारित पुनर्स्थापनाको सन्र्दभमा आयोजित सिबीआर अन्र्तगत सार्वजनिक सेवा प्रवाह अपाङ्गता भएका व्यक्तिहरुले लिने सेवा सुविधाको विषयमा आयोजित छलफल कार्यक्रममा बोल्दै प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. थापा क्षेत्रीले सामजिक सुरक्षा एकाइ र ओसीएमसीमा अपाङ्गता भएका व्यक्तिहरुको लागि सेवा प्रवाहमा अधिकतम सचेतना अपनाएर सेवा प्रवाह गरिरहेको बताएका हुन ।

कार्यक्रममा बोल्दै उनले भने– प्रत्येक विरामीलाई अझ बढि प्रभावकारी सेवा प्रवाह गर्ने छौ मानविय संवेदना सेवा प्रवाहमा हामी बढि संवेदनशिल रहेका छौ ’ उनले सबै बिरामीको पिडा लाई सहज रुपमा लिएर सेवा प्रवाहमा विशेष ख्याल गरिएको अझ सहयोगी भाव रहेका अपाङ्गता भएका समुदायको लागि अझ बढि सचेत रहेको उनको भनाई रहेको थियो ।

कसरी सेवा प्रवाह सहज गराउने बनाउने र प्रभावकारी सेवा प्रवाहमा अझ बढि होमवर्क गरेर काम गर्दै गरेको उनको भनाई छ ।छलफल कार्यक्रममा बोल्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष हुमनाथ अधिकारीले अपाङ्गता भएका व्यक्तिहरुले पाउने सेवा प्रवाहमा प्रादेशिक अस्पतालले राम्रो सहजीकरण गर्दै आएको जानकारी प्राप्त भएको बताउँदै अझ बढि प्रभावकारी सेवा प्रवाहको लागि सहजीकरण गर्नेमा अपेक्षा व्यक्त गरे ।

उनले खासगरी अपाङ्गता भएका व्यक्तिहरुको उनीहरुको संबेनशिलतालाई लिएर सोही अनुसारको सेवा प्रवाहमा जोड दिनुपर्नेमा बताएका थिए ।छलफल कार्यक्रममा ओसीएमसी संयोजक डा. बिप्लव महर्जनले हाल सम्म ३० जना लाई सेवा प्रवाह गरिएको जानकारी गराएका थिए ।

उनले लैंगिक हिंसा सम्बन्धी ओसीएमसीले सेवा प्रवाह गर्दै गरेको बताउँदै यसको लागि सबै सहकार्य गरेर लैंगिक हिंसामा परेका व्यक्ति, त्यसमा पनि अझ अपाङ्गता भएका व्यक्तिहरुको लागि अझ बढि संवेदनशिल भएर काम गर्दै आएको बताएका थिए ।

कार्यक्रममा सामाजिक सेवा एकाइ प्रमुख नेत्र प्रसाद आचार्यले सेवा प्रवाहको लागि अपाङ्गता भएका व्यक्ति क बर्गकोले पूर्ण निःशुल्क सेवा र ख बर्गको लागि निर्देशिकामा तोकिएबमोजिम छुट प्रदान गर्दै आएको बताएका थिए । उनले अपाङ्गता भएका व्यक्तिहरुको विपन्नता भएर आएको भए थप वडा कार्यालय बाट विपन्नताको पत्र लिएर आउनेहरुको लागि पनि सेवा प्रवाहमा विशेष छुट प्रदान गरिएको बताए ।

प्रादेशिक अस्पतालका मेट्रोन ज्योति पौडेलले अस्पतालमा धेरै सुधारका काम गरिएको जानकारी दिदै आगामी दिनमा सुधार गरिनुपर्ने कुरामा अझ बढि प्रभावकारी बनाउने प्रतिवद्धता जनाइन ।

छलफलमा दिप्ती थापा, नमिना राना मगर, शंकर रेग्मी संस्थाका अध्यक्ष मुक्तिनाथ पाण्डे लगायतले आ आफ्नो भनाई राखेका थिए । कार्यक्रममा सार्वजनिक सेवा प्रवाहमा अपाङ्गता सवालको विषयमा पत्रकार कृष्ण खनालले कार्यपत्र प्रस्तुत गरेका थिए ।

सम्बन्धित शिर्षक :