खाली पेटमा चिया पिउँदा यस्ता हुन्छन पाँच बेफाइदा

स्वास्थ्यसमाचार/तातो चिया पिउने धेरैको बानी हुन्छ। तुलसी, अदुवा, ल्वाङ, अलैची तथा दालचिनी जस्ता कुराहरुको चियामा प्रयोग गरेर चिया पिउनाले शरीरलाई लाभ समेत हुनेगर्छ। तर, यदी खाली पेटमा चिया पिउनु बानी छ भने आजै सजक रहनुहोस्। खाली पेचिया पिउँदा मुख्य रुपमा पाँच बेफाइदाहरू छन्।

एसिडिटीः खाली पेटमा चिया पिउनुको सबैभन्दा ठुलो बेफाइदा हो एसिडिटी। खाली पेटमा तातो चिया पिउनाले एसिडिटी हुनेगर्छ। यसले पाचन प्रणालीमा उत्पन्न हुने रसलाई समेत प्रभाव पार्ने काम गर्छ।

पाचन प्रणाली कमजोरः पाचन प्रणाली कमजोर हुने सबैभन्दा ठुलो कारण भनेकै खाली पेटमा तातो चिया पिउनु हो। यो एक दुई दिन पिउनुले हुने होइन। प्रत्येक दिन खाली पेटमा तातो चिया पिउनाले यस्तो बेफाइदा हुनेगर्छ।

भोक प्रभावितः खाली पेटमा चिया पिउनाले तपाईको भोकलाई प्रभावित गर्नसक्छ। यसका कारण तपाईलाई भोक लाग्न बन्द हुनसक्छ। यसो हुनाले तपाईको पोषणमा असर पुग्न सक्छ।

कपिनको मात्रा उच्चः यदी चिया निकै नै उम्लेको छ भने यो झन् स्वास्थ्यको लागि नोक्शादायक हुन्छ। किनभने यसमा कफिनको मात्रा उच्च हुन्छ। यसले खाली पेटमा सीधा प्रभाव राख्छ।

शरीर भारीः पेटमा जलन, उल्टी हुने समस्या, शरीर भारी हुनेजस्ता समस्या खाली पेटमा चिया खाने भएका कारण उत्पन्न हुनेहुन्। त्यसकारण केही खाइसकेपछि मात्रै चिया खानु राम्रो मानिन्छ। (एजेन्सीको सहयोगमा)

 

सम्बन्धित शिर्षक :