लुम्बिनीमा आयातित बिरामी औलो रोग निवारणमा चुनौती बने

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशमा औलो शून्यमा झार्ने सरकारको लक्ष्य चुनौतीपूर्ण देखिएको छ। २०२२ देखि २०२५ सम्म अर्थात आगामी तीन वर्ष भित्र औलो निवारण गर्ने सरकारको लक्ष्य रहेको भएपनि लुम्बिनीमा बिरामी फेला पर्नेको संख्या बढदो देखिएको छ।

गत बर्ष १सय ८१ रहेकोमा यस बर्ष २सय ३१ जना बिरामी फेला परेको स्वास्थ्य निर्देशनालयका फोकल पर्सन खिमलाल पाण्डेले वताउनु भयो।
स्वास्थ्य निर्देशनालयका अनुसार सरकार सन् २०२२ देखि २०२५ सम्ममा औलोका बिरामी शुल्यमा झार्ने लक्ष्य अनुरुप अगाडी बढेको छ । तर लुम्बिनी प्रदेशमा छिमेकी देशबाट आयातीत औलोको बिरामीको संख्या भने घट्न सकेको छैन ।

स्थानीय औलोका बिरामीको संख्या घटेपनि भारतबाट आयातीय औलोको बिरामीको संख्यालाई कम गर्न चुनौती रहेको स्वास्थ्य निर्देशक डा बिनोद कुमार गिरीले वताउनु भयो। यस आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा १ सय ४० जना औलाको बिरामी मध्ये १० जना मात्र स्थानीय औलो बिरामीको संख्या रहेको डा. गिरीले वताउनु भयो।

डा. गिरी भने १ सय ३२ जना खुल्ला सिमाबाट प्रवेश गरेका बिरामी रहेको वताउनु भयो। २ सय २१ जना खुल्ला सिमाबाट प्रवेश गरेका बिरामी रहेका छन् । यो संख्या गत आर्थिक वर्षको भन्दा धेरै रहेको छ । गत आर्थिक वर्षमा लुम्बिनीमा १ सय ८१ जना औलाको बिरामी मध्ये १० जना स्थानीय औलोका बिरामी रहेको थिए ।

सन् २०२५ सम्म औलो बिरामीको संख्या शुन्यमा झार्ने लक्ष्य रहेतापनि लमही नगरपालिका वडा नं ३ मा यस आ व मा ३ जनामा स्थानीय औलोका बिरामी भेटिनु आफैमा चुनौती पूर्ण रहेको छ । औलोका कारण नेपालमा सन् २०१६ मा २४ जनाको मृत्यु भएको थियो भने सन् २०२१ मा १ जनाको मात्र मृत्यु भएको थियो ।

त्यसपछि औलोका कारण कुनै पनि बिरामीको मृत्यु भएको थिएन तर गत आर्थिक वर्षमा गण्डकी प्रदेशमा एक जनाको मृत्यु भएको छ । ‘नेपालमा औलो बाट हुने मृत्य शुन्यमा जस्तै छ’ फोकल प्रशन पान्डेले भन्नु भयोे ‘आगामी तीन वर्ष भित्र औलो बिरामीको संख्यालाई पनि शुन्यमा झार्नेछौं ।’

‘औलोविरुद्धको लडाइँलाई तीव्रता दिऔँ, समतामूलक पहुँचको सिर्जना गरौँ’ भन्ने मूल नाराका साथ बिहिवार विश्व औलो दिवस मनाइएको छ । प्रदेशभित्रका १२ वटै जिल्ला मध्ये यस आर्थिक वर्षको चैत्रसम्म रुकुम पुर्व र रोल्पा बाहेक सबै जिल्लामा औलोका बिरामी भेटिएका छन् । उहाका अनुसार बाँकेमा १ सय १९ जना औलोका बिरामी रहेका छन् ।

दोस्रोमा रुपन्देहीमा ४६ जना, कपिलवस्तुमा ३३ जना, बर्दिया र नवलपरासीमा १०÷१० जना, पाल्पामा ६ जना, दाङमा ४ जना, प्युठानमा २ जना,अर्घाखाँचीमा र गुल्मीमा १÷१ जना बिरामी फेला परेका छन् ।

औलो रोग विशेषगरी एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाईबाट सर्ने निर्देशनालय जनाएको छ । नेपालमा मुख्यगरी औलोको दुई किसिमका परजीविहरु पाइने गरेको छ। ती हुन्, प्लाज्मोडियम फाल्सिपारम र प्लाज्मोडियम भाइसेक्स। यी दुईमध्ये प्लाज्मोडियम फाल्बिअसपारमले गराउने औलो रोड बढी जटिल र जोखिमयुक्त हुन्छ।

 

सम्बन्धित शिर्षक :