के डिप्रेसन वंशानुगत हुन्छ ?

स्वास्थ्यसमाचार/तपाईंको परिवारमा आमाबुबालाई वा दाजुभाई दिदीबहिनीलाई डिप्रेसन छ भने तपाईंलाई पनि त्यसको चिन्ता लाग्न सक्छ ।

के घरका अन्य सदस्यलाई डिप्रेसन हुँदा हामीलाई पनि सोही समस्या हुन्छ त रु यसमा धेरैको चासो र चिन्ता हुनु स्वभाविक हो । डिप्रेसन हिजोआज सामान्य स्वास्थ्य समस्या भइसकेको छ ।

६ जना वयस्क मध्ये एकजनालाई जीवनको कुनै न कुनै समयमा डिप्रेसन हुने गरेको अमेरिकाको सिडीसीले गरेको अनुसन्धानले देखाएको छ । त्यसो त डिप्रेसन वंशाणुगत रुपमा नै लाग्ने भन्ने चाहीँ होइन । जोसुकै उमेर, लिंग र भूगोलको मान्छेलाई डिप्रेशन हुन्छ ।

तर, वैज्ञानिकहरुले परिवारका सदस्यलाई डिप्रेशन भएका मानिसलाई यो समस्या हुने सम्भावना सामान्य भन्दा कम्तिमा दोब्बर हुने तथ्य बाहिर ल्याएका छन् । परिवार र जुम्लयाहामा गरिएको अध्ययनले डिप्रेसन हुने सम्भावना बढ्नुमा वंशाणुगत कारण पनि कारक हुने पत्ता लगाएका हुन् । त्यसो त कतिपयमा भने यो लागु भएन ।

सन् २०२१मा याल युनिभर्सिटी स्कुल अफ मेडिसिन र क्यालिफोर्निया विश्वविद्यालय स्यानडियागोले गरेको अध्ययनमा १ सय १८ वटा डिप्रेशन गराउने जिनको भेरियन्ट पत्ता लगाएका थिए । डिप्रेशन गराउने शारीरिक, मानसिक र मनोसामाजिक पक्षहरु धेरै छन् । स्वभावले भावनात्मक असन्तुलनले डिप्रेशन गराउँछ ।

तर, पनि डिप्रेसनका बिरामी भएका परिवारका सदस्यमा डिप्रेसनको जोखिम उच्च हुने भन्दै स्वस्थ शारीरिक र मानसिक जीवनशैली अपनाउन विज्ञहरुले सुझाव दिएका छन् ।ऐजेन्सी

 

सम्बन्धित शिर्षक :