चिकित्सक तथा कर्मचारी कार्यालय समयमा निजीमा भेटिए कार्वाही

स्वास्थ्यसमाचार/सरकारी सेवामा कार्यरत कतिपय चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई कार्यालय समयमा आफ्नो डिउटी छाडेर निजी अस्प्ताल, क्लिनिक तथा नर्सिङ होम तथा मेडिकल हलहरुमा नधाउन पुन निर्देशन दिएको छ ।

मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले बुधबार प्रतिष्ठानहरु, विभागहरु, अस्पतालहरु र केन्द्रहरुलाई सम्वोधन गर्दै अर्को निर्देशन जारी गरेका हुन् । उनले गत ६ गते यस्तै प्रकारको अपिल चिकित्सक तथा स्वास्थ्यकर्मीका नाममा जारी गरेका थिए ।

‘सरकारी चिकित्सकहरु कार्यालय समयमा आफ्नो डिउटी छाडेर निजीमा सेवा दिन थालेको भन्ने धेरै गुनासो आयो । यसतर्फ सम्वन्धित व्यक्तिसंगै संस्थाहरुलाई पनि भनेका हौँ,’ सचिव बुर्लाकोटीले भने, ‘यदि अपिल तथा निर्देशनको अटेरी गरेमा नेपाल स्वास्थ्य सेवा ऐन २०५३, नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ तथा सेवा सञ्चालन सम्वन्धी प्रचलित कानून बमोजिम हुनेछ ।’

सरकारी सेवामा काम गरेका चिकित्सकहरुले कार्यालय समयमा निजी अस्पताल तथा संस्थाहरुमा गएर काम गर्न नहुने भए पनि कतिपयले विभिन्न सञ्चारमाध्यमबाट विज्ञापन नै प्रकाशित गर्ने गरेको गुनासो आएको मन्त्रालयको भनाई छ ।

तर कतिपयले भने बुधबारको निर्देशनात्मक पत्र चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सम्वोधन गरी पठाउनु पर्नेमा उनीहरुसंग डराएर सरकारी संस्थालाई पठाएको भन्दै आलोचना समेत गरेका छन् ।

सम्बन्धित शिर्षक :