वैशाख १६ देखि ७ जिल्लाका ५० लाख बढीलाई हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै

स्वास्थ्यसमाचार/सरकारले यही वैशाख १६ गतेदेखि सात वटा जिल्लाका ५० लाख ७८ हजारलाई हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउने तयारी गरेको छ।

यसवर्ष झापा, धनुषा, महोतरी, सर्लाही,रौतहट, रसुवा र कपिलवस्तुमा हातीपाइले विरुद्धको औषधि खुवाइने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले बताए।

हालसम्म ५३ जिल्लामा हात्तिपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम सफल सफल भइसकेको उनको धारणा छ। कपिलवस्तु तथा झापामा भन्ने उक्त कार्यक्रम असफल भएको उनको उनले बताए।

हातीपाइले रोग मानिसलाई शारीरिक रुपमा अशक्त तथा अपांग बनाउने एक सरुवा रोग हो। यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीविले गराउँछ। यो रोग संक्रमित लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने गर्छ। मानिसको शरीरमा यो यो परजीवि प्रवेश गरेको केही वर्ष पछि मात्रै रोगका असरहरु शरीरमा देखिने गर्छ।

यस रोगको लक्षण देखिसकेपछि निको पार्न सकिँदैन। धेरै जस्तो संक्रमण लक्षण बिनाको हुने भएकोले समुदायका अन्य व्यक्तिलाई समेत रोग सर्ने सम्भावना रहन्छ। त्यसैले हातीपाइले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्ण रुपमा निको हुनका लागि आम औषधि सेवन गर्न जरुरी छ।

नेपाल सरकारले रोग प्रभावित जिल्लाहरुमा प्रत्येक वर्ष सञ्चालन गर्ने आम औषधि सेवन कार्यक्रममा सहभागि भई आफ्नो जिल्लामा संचालनमा रहेसम्म लगातार हातीपाइले रोगको औषधि गर्ने तथा अरुलाई समेत सेवन गर्न भन्ने।हातीपाइले रोगबाट बच्न तीन प्रयोग हुने औषधिहरु तीन थरिका हुन्छन्। जुन पूर्ण रुपमा सुरक्षित छन्। यी औषधि विश्वभर नै प्रयोग हुने गरेका छन्।

यी तीन थरिका औषधिहरुको प्रयोगले हातीपाईले रोग लागिसकेकाहरुको प्रभावकारी रुप उपचार हुनुका साथै रोग लाग्नबाट समेत बचाउँछ। यसले आन्द्रा र रगतका जुकाहरु मार्दछ भने लुतो र जुम्राको उपचारमा पनि निकै सहयोगी हुन्छ। अध्ययन तथा अनुसन्धानबाट यी तीनै थरिका औषधिहरु पूर्ण रुपमा सुरक्षित छन् र यी औषधि विश्व् स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त हुन्।

हातीपाइलेको औषधि कार्यक्रम सञ्चालन हुने जिल्लाहरुमा बसोबास गर्ने औषधि सेवन गर्न योग्य सबै व्यक्तिले यो औषधि सेवन गर्नुपर्छ।

हातीपाइले रोगको औषधि दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवती र सात दिन सम्मका सुत्केरी, छारे रोगको समस्या भएका व्यक्तिहरु, पहिले आम औषधि सेवन गर्दा गम्भीर समस्या देखिएका व्यक्तिहरु तथा सिकिस्त बिरामीहरुले सेवन गर्नु हुँदैन।

सम्बन्धित शिर्षक :