नेपाल नेत्रज्योति संघ र आईकेयर फाउन्डेशनबिच सम्झौता

स्वास्थ्यसमाचार/नेपाल नेत्रज्योति संघ अन्तरगत कर्णाली प्रदेशको मुगु र हुम्ला जिल्लामा सञ्चालित आँखा उपचार केन्द्रहरुको स्तरोन्नतीका लागि नेत्रज्योति संघ र आईकेयर फान्डेशनका बिचमा सम्झौता भएको छ । बुधबार नेत्रज्योति भवनमा भएको सम्झौतापत्रमा नेपाल नेत्रज्योति संघका तर्फबाट महासचिब भरतबहादुर चन्द र कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्र तथा आईकेयर फाउन्डेशनको तर्फबाट फाउन्डेशनका सिईओ वियोन स्टेनभर्स र नेपालका कन्ट्री डाइरेक्टर अनिल गोर्खालीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै नेत्रज्योति संघका उपाध्यक्ष एबं कर्णाली प्रदेशका सभापति तिलकबहादुर मल्लले भौगोलिक रुपमा पछाडि परेको कर्णाली प्रदेशका बिकट जिल्लाहरुमा आँखा उपचार सेवा विस्तारका लागि सहयोग…

लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा ५१जना स्टाफ नर्सलाई स्वागत

स्वास्थ्यसमाचार /प्रदेश लोकसेवा आयोगबाट लुम्बिनी प्रादेशिक अस्पतालमा आएका ५१ जना नर्सलाई स्वागत गरिएको छ। लामो समय देखी दरबन्दी रहेको तर नर्स अभाब भैरहेको बेला प्रदेश लोकसेवा आयोगले अस्पतालबाट मागको आधारमा नर्सहरुलाई अस्पतालमा पठाएको हो। स्थायी रुपमा सिफारिसलीइ नवनियुक्त (स्टाफ) नर्सलाई आज एक कार्यक्रमको आयोजना गरि स्वागत गरिएको छ। अस्पतालका मेसु डा शुदर्शन थापा क्षेत्री अस्पताल प्रशासकिय अधिकृत राजन केसी नर्सिङ्ग प्रमुख ज्योति पौडेल ले उनीहरुलाई स्वागत गर्नु भएको छ। स्वागत कार्यक्रमा बोल्दै मेसु डा थापाले नर्सिङ्ग पेसा सेवा भएकोले मुस्कान सहितको सेवा दिन नब प्रबेशीलाई आग्रह गर्नु भयो। अस्पतालका नर्सिङ्ग…

पाल्पाका अस्पतालमा आँखा पाक्ने विरामीको भीड

पाल्पा । जिल्लामा आँखा पाक्ने रोग व्यापक रुपमा फैलिदै गएको छ । पाल्पाका अधिकांस अस्पतालहरुमा आँखा पाकेका बिरामीको भीड बढेको अस्पतालहरुले जनाएका छन् । चिकित्सकीय भाषामा यो रोगलाई ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ पनि भनिन्छ । प्रायः गर्मी मौसममा बढी फैलिने यो रोगबाट युवायुवती र बालबालिका बढी संक्रमित भएका छन् । नेपाल नेत्र ज्योति संघ अन्तर्गत पाल्पा लायन्स लाकौल आँखा अस्पताल, रामपुरस्थित कालीगण्डकी आँखा उपचार केन्द्र, रैनादेवी छहरा, तिनाउका आँखा उपचार केन्द्रसहित पाल्पा अस्पताल र लुम्बिनी मेडिकल कलेजमा आँखा पाकेर उपचारका लागि आउने बिरामीको संख्या अत्याधिक रहेको छ । एउटै घरका धेरै…

केन्द्रीय कारागार अस्पतालमा कैदीबन्दीलाई स्वास्थ्य सचेतना, दौतरी शिक्षा र किटनाशक झुल बितरण

स्वास्थ्यसमाचार/केन्द्रीय कारागार अस्पतालमा आँखा पाक्ने समस्या (कन्जगंटिभाईटिस) मानसिक स्वास्थ्य, दौतरी शिक्षाको सचेतना तथा किटनाशक झुल बितरण कार्यक्रम सम्पन्न भएको छ। बिभिन्न सरोकारवाला हरुको सहभागितामा केन्द्रीय कारागार अस्पतालमा आँखा पाक्ने समस्या, मानसिक स्वास्थ्य, दौतरी शिक्षाको सचेतना तथा किटनाशक झुल बितरण कार्यक्रम सम्पन्न भएको हो। कारागारभित्र रहेका कैदीबन्दी तथा थुनुवाहरुमा कमजोर भौतिक संरचना, खराब जीवनशैली तथा स्वास्थ्य सचेतनाका कमीले नसर्ने रोग, जीवनशैली रोग तथा संक्रामक रोगहरुमा बढोत्तरी भईरहेको अस्पतालको बार्षीक प्रतिवेदनले औल्याएको छ। सहकर्मी तथा सहपाठीलाई नै स्वास्थ्य परामर्शदाता बनाउन नेपाल स्वास्थ्य समाजको प्राविधिक सहयोगमा केन्द्रिय कारागार अस्पतालले डिल्लीबजार, नख्खु, महिला, भद्र…

कारागारका कैदीबन्दीलाई आँखा र मानसिक स्वास्थ्य सम्बन्धी सचेतना

स्वास्थ्यसमाचार/ नेपाल स्वास्थ्य समाजको आयोजनामा चारखाल केन्द्रीय कारगारमा स्वास्थ्य प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा कैदीबन्दीलाई आँखा र मानसिक स्वास्थ्य सम्बन्धी जानकारी दिइएको थियो । कार्यक्रममा आँखा रोग विशेषज्ञ डा तेज्सु सिंह मल्लले आँखा पाक्ने रोगको कारण, लक्षण, उपचार, रोग लाग्दा गर्नु हुने र नहुने कार्य तथा समाजमा व्याप्त भ्रमका बारेमा अवगत गराउनुभयो । केन्द्रीय कारागार अस्पतालमा समेत आँखा पाक्ने रोगका बिरामी आउन थालेका छन् ।मानसिक रोग विशेषज्ञ डा। कञ्चन दाहालले कारागारका कैदीबन्दीमा डिप्रेसन, मेनिया, एंगरजस्ता मानसिक समस्या हुने र समयमै समस्या पत्ता लागेमा उपचार सहज रुपमा गर्न…

बुटवलका औषधी ब्यवसायी गंगा ढकाल आईतबार देखि सम्पर्क बिहिन

स्वास्थ्यसमाचार/बुटवलका औषधी ब्यवसायी गंगा ढकाल गएको आईतवारका दिन देखि सम्पर्क बिहिन भएका छन्। लामो समयदेखि बुटवलको मैत्रीपथमा औषधी पसल सन्चालन गर्दै आएका ५३ बर्षिय ढकाल शनिवार अपरान्ह घरबाट हिडेपछि खवर बिहिन भएको पारिवारीक श्रोतले जनाएको छ। पारिवारीक श्रोतका अनुसार ढकाल शनिवार सांझ बुटवलबाट चितवनको नारायणगढमा रहेको एक होटलमा बास बसेको खुलेको छ।आईतवार बिहान चितवनकै एक कुरीयर मार्फत आफुले लगाएका कपडा र आफुलाई अव नखोज्नु भन्ने सन्देश पठाएका थिए। पारिवारीक श्रोतका अनुसार मोवाईल फोन र घडी समेत घरमै छोडेर गएका ढकाल आईतवार सांझ सवा ७ बजे सबैभन्दा पछिल्लो पटक नारायणी नदिको…

अस्पतालबाट हराएको शिशु बिक्री भएको खुलासा चिकित्सक डाक्टर सहित ६ पक्राउ

स्वास्थ्यसमाचार/विराटनगरस्थित ग्रीनक्रस अस्पतालबाट हराएको नवजात शिशुलाई प्रहरीले उद्धार गरेको छ।बिक्री गरिएको अवस्थामा शिशुलाई कटहरी गाउँपालिका–२ बाट मंगलबार प्रहरीले उद्धार गरेको हो। शिशुलाई बेपत्ता पारेको आरोपमा प्रहरीले अस्पतालका चिकित्सक डा. तपेश्वरलाल कर्ण सिहत ६ जनालाई आज पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा डा कर्णकै संलग्नतामा ५ लाख रुपैयाँमा बिक्री गरिएको खुलेको छ। । पक्राउ परेका ब्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। पक्राउ व्यक्तिहरू १. जिल्ला भोजपुर, हतुवागढी गाउँपालिका वडा नं. ४ बस्ने वर्ष २७ को गोविन्द राई २. जिल्ला मोरङ, विराटनगर…

फर्मासिष्ट विनै फार्मेसी चलाउनु भनेको ज्यान मारा काम हो : स्वास्थ्य मन्त्री बस्नेत

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले फर्मासिष्ट भन्दा फार्मेसीको संख्या बढी हुनु नपर्ने बताएका छन् । औषधि व्यवस्था विभागले यूएसएआईडीको सहकार्यका फर्मासिस्ट, सहायक फर्मासिष्ट व्यवसायीहरुका लागि कुशल फार्मेसी सञ्चय तथा भण्डारण अभ्यास सम्बन्धी क्षमता अभिवृद्घि तालिमको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले नेपालमा अहिले फर्मासिष्टको संख्या भन्दा फार्मेसीको संख्या बढी भएको दावी गर्दै फर्मासिष्ट विना फार्मेसी चलाउन नपाइने भएकाले यो बदमासी भएको बताएका हुन ।   मन्त्री बस्नेतले भने, ‘ यसरी फर्मासिष्ट विनै फार्मेसी चलाउनु भनेको ज्यान मारा काम हो । यस्ता फार्मेसीलाई अनुगमन गरी कारवाही गर्नेछौ । ’ केही…

खानपिन र खराब जीवनशैली मुटुरोगको मुख्य कारण : डा .भगवान कोइराला

नेपालमा आम जनमानसमा निकै परिचित र कहलिएका डाक्टरको नाम हो भगवान कोइराला। उनले गरेको उपचारबाट नयाँ जीवन पाएकाहरु त उनलाई साक्षात भगवान् नै मान्छन्। उनले नेपालमा मुटु रोगको उपचारलाई अत्यन्त विश्वसनीय र भरोसायोग्य बनाइदिएका कारण पनि आम नेपालीको उनीप्रति अत्यन्त विश्वास र श्रद्धा छ। उनमा विषयगत क्षमता मात्रै होइन, उच्च मानवीय भावना पनि छ। हालसम्म उनी आफैंले र आफ्नो प्रत्यक्ष निगरानीमा १४ हजारभन्दा बढी मुटुरोगीको शल्यक्रिया गरिसकेका छन् अर्थात् उनीहरुलाई नयाँ जीवन प्रदान गरेका छन्। केही समयअघि उनले हृदय नामक पुस्तक पनि बजारमा ल्याएका थिए, जुन पुस्तक सर्वाधिक बिक्री भएका…

भरतपुर पुरानो मेडिकल कलेजको आइसीयू छिरेर नर्समाथि मुक्का प्रहार

भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेजमा एक युवकले आईसियुमा कार्यरत नर्समाथि हातपात गर्नुका साथै सुरक्षा गार्डमाथि धारिलो हतियार प्रहार गरेर हात काटिदिएका छन् । स्वास्थ्यसमाचार/आईसियुमा उपचारत आमाको मृत्यु भएपछि आवेगमा आएका मकवानपुरका युवक रोशन सुनारले आईसियुमा कार्यरत नर्स जस्मिना श्रेष्ठ माथि हातपात गरेका थिए । हातपातपछि पक्राउ गर्न खोज्दा उनी भागेर अस्पतालको गेटमा पुगेका थिए । गेटमा खटिएका सुरक्षा गार्ड सागर परियारले समाउन खोज्दा झोलाबाट धारिलो हतियार निकालि हात काटिदिएको अस्पतालका प्रमुख सञचालन अधिकृत डा शुप्रभात श्रेष्ठले जानकारी दिए । नर्स तथा गार्डलाई हातपात गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ ।…