स्वास्थ्य बीमामा २० अर्ब बढी खर्च, स्थायी संरचना नबन्दा कार्यक्रम प्रभावकारी बन्न सकेन

सफलता भन्डारी काठमान्डौ/ नेपालमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएको ६ वर्ष पूरा भएको छ । सरकारले २०७२ साल चैत २५ गतेदेखि कैलाली जिल्लाबाट औपचारिक रुपमा सदस्यता दर्ता गर्दै स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ गरेको थियो । स्वास्थ्य बीमा बोर्डका अनुसार हालसम्म ७७ जिल्ला तथा ७ सय ४५ स्थानीय तहहरुमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा छ । जसमा ५३ हजारभन्दा बढी स्वास्थ्य बीमामा आवद्ध छन् । नेपालको संविधान २०७२ को धारा ९५१० ९ज० १५ मा राज्यका नीति अन्तर्गत नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था सुनिश्चित गरेको छ । स्वास्थ्य बीमा…

कपिलबस्तुको महाराजगञ्जमा १५ श्ययाको अस्पताल शिलान्यास

स्वास्थ्यसमाचार/ कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा १५ श्ययाको सुविधा सम्पन्न अस्पताल भवन निर्माणका लागि शिलान्यास गरिएको छ । नगरपालिकाभित्र आधारभूत तहको सुविधा सम्पन्न उक्त अस्पताल नेपाली कांग्रेसका लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यसहित नगरप्रमुख अब्दुल कलाम र उपप्रमुख सुभावती कुर्मीले संयुक्तरुपमा शिलान्यास गर्नुभएको हो । महामन्त्री सुरेन्द्रराज आचार्यले विकासमा पछि परेको यस नगरपालिकामा अस्पताल निर्माणबाट स्थानीय जनताले यहीँबाट उपचार सुविधा पाउने बताउनुभयो ।महराजगञ्ज नगरपालिका वडा नं १ प्राथमिक उपचार सेवा केन्द्रको उत्तरतर्फ एक बिघा बढी जग्गामा निर्माण थालिएको यस अस्पतालमा जनरल फिजिसियन, प्रसूति, ल्याब, फार्मेसी डेन्टल आँखालगायत आधारभूत सेवा उपलब्ध हुने नगरप्रमुख कलामले…

सबैको सहयोगले नसर्ने रोग नियन्त्रण गर्न सकिन्छ : मन्त्री खतिवडा

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणमा सबै पक्षको समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ । स्वास्थ्य मन्त्रालयमा आज आयोजित ‘नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना’ सार्वजनिक गर्दै मन्त्री खतिवडाले सबैको सहयोगले नसर्ने रोगको रोकथाम र नियन्त्रण गर्न सकिने उल्लेख गर्नुभयो । उहाँले कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गरेर सबै नागरिकलाई स्वस्थ्य बनाइने बताउनुभयो । मन्त्री खतिवडाले नसर्ने रोगबाट उत्पन्न परिस्थितिलाई सम्बोधन गर्नका लागि बहुपक्षीय समन्वय तथा सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो । ुसबै नीतिको मूलप्रवाहमा नसर्ने रोगका विषयलाई सापेक्ष बनाई स्थानीयस्तरसम्म प्रभावकारी कार्यान्वयन गर्न…

गण्डकीका मुख्यमन्त्रीले गरे टाइफाइडविरूद्ध खोप अभियानको शुभारम्भ

स्वास्थ्यसमाचार/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशमा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गतको टाइफाइड रोगविरुद्धको खोप अभियान शुभारम्भ गरेका छन्। प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज पोखरा महानगरपालिका–१२ स्थित अमरसिँह उच्च माध्यमिक विद्यालयमा आयोजना गरेको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोप शुभारम्भ कार्यक्रममा ‘भ्याक्सिन क्यारियर’ स्वास्थ्यकर्मीलाई हस्तान्तरण गरेर उनले प्रदेशका ११ वटै जिल्लामा अभियान सुरु भएको घोषणा गरे। जनस्वास्थ्यको समस्याका रुपमा रहेको टाइफाइड रोगविरुद्ध खोप कार्यक्रमअन्तर्गत अभियानका रुपमा देशभर चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई एकैपटक खोप लगाउने कार्यक्रम सञ्चालन हुँदैछ। अभियानमा गण्डकी…

प्रधानमन्त्री देउवाले गरे टाइफाइडविरूद्ध खोप अभियानको शुभारम्भ

स्वास्थ्यसमाचार /प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरूद्ध खोप अभियान शुभारम्भ गरेका छन्।आज काठमाडौंको दरबार हाइस्कुल परिसरमा भएको कार्यक्रममा प्रधानमन्त्री देउवाले खोप अभियान सुरूवात गरेका हुन्। यो खोप अभियान आउँदै वैशाख २५ गतेसम्म सञ्चालन गर्ने तयारी छ।१५ महिनादेखि १५ वर्षसम्म उमेर समूहका बालबालिकालाई टाइफाइडविरूद्ध खोप लगाउन लागिएको हो।साथै प्रदेशहरूमा पनि टाइफाइडविरूद्ध खोप अभियान आज नै सुरू गरिएको छ। मुख्यमन्त्रीहरूले विभिन्न विद्यालय पुगेर खोप अभियान सुरूवात गरेका छन्। लुम्बिनीमा भने यो खोप बिगत ३ दिन देखी चलेको छ ।

खेर जाने अवस्थामा कोडिभ -१९ विरुद्धको खोप, छैन कुनै हिसाब किताव

काठमान्डौ /केही दिन अगाडि जनस्वास्थ्य कार्यालय काठमाडौंमा केही थान कोभिड-१९ विरुद्धको खोप खेर गयो । कार्यालयको स्टोरमा रहेको उक्त खोप प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको हो । कोभिशिल्ड, अस्ट्राजेनिका र भेरोसेल खोपको तुलनामा मोडर्ना र फाइजर खोप बढी खेर जाने गरेको स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिए । ‘मोडर्ना र फाइजर खोप बढी चिसो राख्नुपर्छ । त्यहाँबाट निकालिसकेको ३० दिनभित्रमा प्रयोग गरिसक्नुपर्छ । ३० दिनभित्रमा प्रयोग गर्न नसकिँदा खेर गइरहेको छ,’ प्रमुख दाहालले भने । मोडर्ना खोप माइनस २५ डिग्रीको तापक्रममा राख्नुपर्छ । त्यहाँबाट निकालेर २…

लुम्बिनी अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सम्झौता

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच अध्ययन–अध्यापन सम्बन्धी ६ बुँदे सम्झौता भएको छ ।आज एक कार्यक्रमका बिच समझदारी पत्रमा लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकाल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर डा. निकेश थापाले हस्ताक्षर गरे। सम्झौता अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्ययन गर्न भर्ना भएका विद्यार्थीहरु लुम्बिनी प्रादेशिक अस्पतालमा आएर काम गर्ने छन् । सो अनुसार आउँदो असोज १ गतेदेखि ३ जना एमडीजीपी विद्यार्थीहरु आउनेछन् भने क्रमशः नर्सिङ, एमडी÷एमएस अध्ययन गर्ने विद्यार्थीहरु पनि आउने छन् । यो सम्झौताले विरामीले सहज र छिटो सेवा…

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद बैठकले गर्‍यो ९ निर्णय

स्वास्थ्यसमाचार लुम्बिनी प्रदेश सरकारले प्रादेशिक अस्पताल तथा मेडिकल कलेजका विशेषज्ञ चिकित्सिक परिचालन कार्यविधि, २०७८ स्वीकृत गरेको छ । मन्त्रीपरिषदको बैठकले मन्त्री  स्वास्थ्य संञ्चार लगायको बिषयमा बिभिन्न निर्णय गरेको हो । सञ्चार मन्त्री एवं प्रबक्ता तिलकराम शर्माले प्रादेशिक अस्पताल तथा मेडिकल कलेजका विशेषज्ञ चिकित्सिक परिचालन कार्यविधि, २०७८ स्वीकृत गरेको वताए।त्यस्तै प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा (पहिलो संशोधन) निर्देशिका, २०७८ प्रदेश स्वास्थ्य साझेदारी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७८ स्वीकृत गरेको छ । लालमटिया स्वास्थ्य चौकी, भालुबाङ, दाङलाई ५० शैयामा स्तरोन्नती गरी प्रदेश सञ्चालन ल्याउन नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय…

बुटवलमा एकैदिन १०हजार ले लगाए टाइफाइड विरुद्धको खोप

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकामा टाइफाइड विरुद्धको खोप लगाउने अभियान सुरु भएको छ । आज पहिलो दिनमै १० हजार बालबालिकालाई खोप लगाइएको छ । बुटवलको आफ्नै खोप भण्डारण केन्द्रमा रहेको खोप स्वास्थ्यकर्मीलाई हस्तान्तरण गर्दै उपमहानगर प्रमुख शिवराज सुवेदीले बालबालिका लक्षित स्वास्थ कार्यक्रमलाई संवेदनशील रुपमा सञ्चालन गर्न आग्रह गर्नुभयो । उपप्रमुख गुमादेवी आचार्यले स्वास्थ्यकर्मीलाई सफल अभियानको शुभकामना दिनुभयो । बुटवलका २७ केन्द्रमा १५ महिनादेखि २३ महिनाका करिब चार सय र २ वर्षभन्दा माथिका ९ हजार ६ सय बालबालिकालाई खोप लगाइएको स्वास्थ्य शाखा प्रमुख कल्पना भट्टराईले जानकारी दिनुभयो । बुटवलका यो उमेर समूहका ३७…

जटिल रोगका बिरामीले उपचार बापत मासिक पाँचहजार भत्ता पाउने

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जटिल रोगका बिरामीलाई उपचार खर्च बापत दिइने मासिक भत्ताको कार्यविधि तयार गरेको छ । मिर्गौला प्रत्यारोपण गरिरहेका व्यक्ति, मिर्गौला फेल भई डायलासिस गराइरहेका व्यक्ति, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघातका बिरामीलाई औषधि उपचार बापत सरकारले मासिक पाँच हजार भत्ता दिने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले अब कार्यविधि अनुसार उल्लिखित व्यक्तिले भत्ता पाउने जानकारी दिनुभयो । कार्यविधिअनुसार भत्ता रकम त्रैमासिक रूपमा महिनाको अन्तिम दिन स्थानीय तहले बिरामीको बैङ्क खातामा जम्मा गर्ने छन् । क्यान्सर निको भई चिकित्सकको निगरानीमा रहेका…