कालिकामा १३९ जनाले गरे रक्तदान

स्वास्थ्यसमाचार/ कालिका मानवज्ञान माविकाे आयोजनामा नेपाल नियमित रक्त दाता संघ काे सहकार्य मा शुक्रबार वृहत् रक्तदान कार्यक्रम गरिएकाे छ । कार्यक्रम मा बाेल्दै कालिका मानवज्ञान माविका विद्यालय व्यवस्था समिति अध्यक्ष नित्यनन्द ज्ञावाली ले रक्तदान महादान भएकाे बताएका थिए । उनले विद्यालयले विगत लामाे समय देखि सामाजिक उत्तरदायित्व अभियान अन्तरगत रक्तदान लगायत विभित्र समाजिक कार्य गर्दै आएकाे बताए ।।
अध्यक्ष नित्यानन्द ज्ञवालीले रक्तदानले विद्यार्थीहरुलाई मानविय सेवा भावको विकासमा प्रेरणा मिल्ने बताए । उनले रक्तदान जस्तो अति नै अमूल्य दानले विरामीको ज्यान बच्ने हुँदा नियमित रक्त दाता संघले गरेको अभियानको मुक्तकण्ठले प्रशंसा गर्दे आगामी दिनमा पनि रक्तदान निरन्तर गर्नुपर्ने बताए ।

नेपाल नियमित रक्त दाता संघका केन्द्रिय बरिष्ठ सल्लाहकार एवं कालिका मानव ज्ञान माविका पूर्व प्रध्यापक बिमल बहादुर शाक्यले नियमित रक्त दाता संघले कुनै पनि विरामीहरुलाई रगतको अभाव हुन नदिन प्रतिबद्ध रहेको बताए । उनले नियमित रक्त दाता संघ विभिन्न संघ संस्था, विधालय ,टोलहरू सँगको सहयोगमा युवाहरुलाई रक्तदानमा प्रोत्साहन गर्दे अगाडी बढिरहेको बताए ।

मुलुकभर धेरै रगतको आवश्यक पर्ने र लक्ष्य अनुसारको रगत संकलन गर्न नसकिएको बताए गत दुई आर्थिक बर्षको रगत संकलन र वितरणको अवस्था बताउँदै आर्थिक बर्ष २०७९ /८० मा २ लाख ८१ हजार ३ सय १६ युनिट रगत संकलन भएको र ३ लाख ९१ हजार ८ सय ५३ युनिट वितरण भएको त्यसैगरी अर्थिक बर्ष २०८०/८१ मा २ लाख ९४ हजार ४ सय ७७ युनिट संकलन भएको र ४ लाख ६ हजार २ सय ७१ इनिट बितरण भएको बताए शाक्यले रगत किन्न नपाईने र कुनै कारखानामा नबब्ने भएकाले हामी सबैले नियमति रक्तदान गर्नुपर्ने बताए ।

नियमित रक्त दाता संघले युवा उठौँ युवा जुटौं रक्तदानको लागी सबै अगाडी बढौं भन्ने मूल नारा बोकी निरन्तर रुपमा अगाडी बढकाे बताए । कालिका मानव ज्ञान माविका प्रध्यानाध्यापक एवं नियमित रक्त दाता संघका सल्लाहकार दिनेश थापाले विद्यार्थीहरुलाई रक्तदान जिवन दान भएकोले रक्तदान गर्नुपर्छ भन्ने शिक्षा प्रदान गर्न यस्ता कार्यक्रमले प्रोत्साहन गर्ने बताए ।

त्यसैगरी नियमित रक्त दाता संघ रुपन्देहीका अध्यक्ष अशेष सिलवालले कार्यक्रमको समापन गर्दे रगतको अभाव हुन नदिन नियमित रक्त दाता सघ रुपन्देही निरन्तर लागी रहेको बताउँदै कार्यक्रममा उपस्थित प्रमुख अतिथि विशिष्ठ अतिथि, अतिथि , रक्त दाता , विद्यार्थीहरु लगायत सम्पूर्णमा धन्यवाद ब्यक्त गरेका थिए ।

नकार्यक्रममा शिक्षक अभिभावक संघ कालिका मावि.का अध्यक्ष केशव पोख्रेलले, नियमति रक्त दाता संघका सदस्य दिपक अधिकारी लगायतले आ आफ्नाे भनाइ राखेका थिए । कार्यक्रम मा १ सय ३९ जनाले रक्तदान गरेका छन ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :