गार्जिया कम्बोजिया नामक दुब्लाउने औषधी खाँदा अस्पतालमा भर्ना

स्वास्थ्यसमाचार/ अनलाइनबाट मगाइएका तौल घटाउने औषधी खाँदा ३ जना विरामीले आईसीयु सम्मको यात्रा गरेका छन् ।
बुटवलमा विभिन्न माध्यामबाट मगाइएका ति तौल घटाउने दावि गरिएका औषधी खाँदा इमर्जेन्सीमा भर्ना गरेर उपचार गर्नुपरेको लुम्बिनी प्रादेशिक अस्पतालका बरिष्ठ फिजिसियन डा. नन्दु पाठकले वताउनु भयो ।

अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा १ जनाको क्याबिनमा सारेर उपचार भैरहेको डा. पाठकले बताउनु भयो।गार्जिया कम्बोजिया नामको औषधी खाएकी सृष्टि सेन ठकुरीको उपचार भैरहेको छ ।

यस्तै एक जना सोही औषधी खाएका विरामीको पाल्पाबाट अहिले काठमाण्डौमा रिफर गरी उपचार भैरहेको हो भने एक जनको नेपालगञ्जमा उपचार भैरहेको डा पाठकले बताउनु भयो । औषधी खाएकी सृष्टि सेन ठकुरीले आफुलाई पनि साथीले मगाइदिएको र खाएको बताईन् ।

क्याप्सुलको रुपमा रहेको यो औषधी खाना खाना भन्दा ४५ मिनेट पहिला १÷१ गोली १ महिना सम्म र डेढ÷डेढ गोली गरेर खानुपर्ने भन्दै आइएको थियो ।

सामाजिक सञ्जालमा देखेर सोही अनुसार मगाएर दुब्लो बनाउने भन्दै खाएको कारण इमर्जेन्सीमा राखेर उपचार गर्नुपरेको चिकित्सक पाठकको भनाई रहेको छ । अहिले अस्पतालमा उपचारमा आएका ३ जनामात्र पात्र भएको र अरुपनि हुन सक्ने भएकोले सजग हुन र यस्ता औषधी प्रयोग नर्गन डा पाठकले सुझाब दिनु भयो।

यो औषधी खाने विरामीले पहिला जन्डीस देखियो, विस्तारै शरिर कमजोर हुँदै जाने, किड्नीमा समेत असर पर्ने गरेको पाइएको डा. पाठकको भनाई रहेको छ । लामो समय सम्म यसको सेवन गर्नाले मानिसको मृत्यु समेत हुन सक्ने अनुमान गरिएको उहाँको भनाई छ।

सम्बन्धित शिर्षक :