स्वास्थ्यसमाचार/नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमा जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईँका अनुसार कावासोतीका–२ का ६६ वर्षीय एक महिलाको जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको हो । बिरामी भएर भदौ ६ गते चितवनस्थित अस्पतालमा भर्ना भएकोमा उनको भदौ ७ गते मृत्यु भएको हो ।चालु आर्थिक वर्षमा जिल्लामा जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको यो पहिलो घटना भएको कार्यालय प्रमुख चापागाँईले बताए । परीक्षण रिपोर्ट ढिलो गरी आउने हुँदा मृत्युपछि मात्र जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको उनले बताए। उनका अनुसार गत आवमा नवलपुरमा सातमा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएकोमा पाँच जनाको…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
नेपाल हृदय रोग निवारण प्रतिष्ठान रुपन्देहीको अध्यक्षमा पिया निर्वाचित
स्वास्थ्यसमाचार/नेपाल हृदय रोग निवारण प्रतिष्ठान रुपन्देहीको अध्यक्षमा बोनिन पिया निर्वाचित हुनुभएको छ । प्रतिष्ठानको बुटवलमा सम्पन्न सातौ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्ष पदमा काजिमान श्रेष्ठ र नरेशकुमार श्रेष्ठलाई चयन गरिएको छ । त्यस्तै सचिवमा राजेन्द्र कार्की, कोषाध्यक्षमा उमाशंकर मालपानी निर्वाचित हुनु भएको छ । त्यस्तै सदस्यहरुमा जीवकान्त काफ्ले, अभिषेक भारी, झपटबहादुर गुरुङ, चन्द्रप्रसाद पौडेल, ध्रुवकुमार शर्मा र सञ्जय मुडवरी सर्वसम्मत निर्वाचित हुनु भएको निर्वाचित समितिका संयोजक अभिवक्ता लोकप्रसाद खरेलले जानकारी गराउनु भयो । स्वास्थ्य सामान्य नागरिकको पहुँचभन्दा टाढा भयो…
नेहा अक्वाको पानी, पिउदा स्वास्थ्यमा हानी
स्वास्थ्यसमाचार/बर्दघाट ७ मा रहेको नेहा अक्वा ईन्डष्ट्रिजले उत्पादन गरेको पिउने पानीले स्वास्थ्यमा हानी गरेको खालको रहेको पाइएको छ । भदौ ७ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा रुपन्देहीले गरेको पानीको परिक्षणको रिपोर्ट अनुसार पानीमा कोलिफर्म ब्याक्टेरिया पाईएको हो । पिउने पानीमा कोलिफर्म ब्याक्टेरिया भेटिनु जनस्वास्थ्य माथिको गम्भिर खेलवाड भएको बर्दघाट नगरपालिकाका जनस्वास्थ्य निरिक्षक गोपाल प्रसाद पाण्डेले बताउनुभयो । उहाँ भन्नुहुन्छ “ कोलिफर्म याक्टेरियाका कारण मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पर्छ यसका कारण हैजा, झाडा पखाला र बान्ता आउने खतरा बढ्छ । ” पानीमा टोटल कोलिफर्म ब्याक्टेरिया १ सय मिलिलिटरमा…
निजी मेडिकल कलेज सञ्चालकहरू २३ दिनदेखि माइतीघरमा धर्ना
स्वास्थ्यसमाचार/ निजी मेडिकल कलेज तथा शिक्षालय सञ्चालकहरू विगत २३ दिनदेखि माइतीघरमा छन् । चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समिति मार्फत उनीहरू २३ दिनदेखि आन्दोलन गर्दै माइतीघर मण्डलामा धर्नामा बसेका हुन् । दिनप्रतिदिन निजी मेडिकल कलेज तथा शिक्षालयहरू बन्द भइरहेको तर, सरकार मुखदर्शक बनिरहेको उनीहरूको आरोप छ । उनीहरूले राष्ट्रिय चिकित्सा शिक्षा ऐनलाई निरङ्कुश, स्वेच्छाचारीको संज्ञा दिएका छन् । उनीहरूले उक्त ऐनका कारण आफ्ना ७३ वटा नर्सिङ कलेज, ४५ वटा प्रिडिप्लोमा तहका कार्यक्रमहरू, १० वटा पिविएन र ८ वटा विएस्सी नर्सिङ कलेजहरू बन्द भएको आरोप लगाएका छन् । ऐन संशोधन गर्नुपर्ने, सीटीईभीटीको…
लुम्बिनी प्रादेशिक अस्पतालमा कर्मचारी युनियनका पदाधिकारीलाई स्वागत
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बिकास समिति कर्मचारी युनियनका नयाँ निर्वाचित पदाधिकारीलाई अस्पताल बिकास समितीले स्वागत गरेको छ । एक कार्यक्रमका बिच अस्पताल बिकास समितिका अध्यक्ष अजयमा श्रेष्ठले नयाँ निर्वाचित पदाधिकारीलाई स्वागत गर्नु भएको हो । स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष अजय श्रेष्ठले विकास समिती कर्मचारी समस्या समाधान गर्न आफु निरन्तर लागेको बताउनु भयो। उहाले अस्पताल बिरामीको चाप दैनीक बढदो भएकाले केहि समस्या भएको बताउनु भयो । उहाले प्रदेश सरकारले बजेट कर्मचारी लगायका क्षेत्रमा वास्ता नगरेको बताउनु भयो । १५ सय कर्मचारीको दिने सेवा ७ सय ले दिएका छन समान्यतयत केही कठिनाई…
पञ्चकन्या समुह ५१ औं वर्ष प्रवेशको अवसरमा वृहत रक्तदान कार्यक्रम
स्वास्थ्यसमाचार/पञ्चकन्या समुहले ५१ औं वर्ष प्रवेशको अवसरमा वृहत रक्तदान कार्यक्रम गरेको छ । रक्तदान कार्यक्रममा एक सय दश जनाले रक्तदान गरेका थिए। रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै समुहका उपाध्यक्ष ध्रुव कुमार श्रेठले रक्तदान कार्यक्रमको आयोजना गरि ५१औं बर्ष प्रवेशको शुभारम्भ गरिएको बताए । उनले विगतमा पनि रक्तादन कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि रक्तदान लगायतका कार्यक्रमलाई निरन्तरता दिइने बताए । उनले रक्तदान जस्तो पवित्र कार्यक्रमले आपसी सद्भाव कायम गर्नुका साथै रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भनेर रक्तदान कार्यक्रम गरिएको बताए । समुहका अध्यक्ष प्रेम बहादुर श्रेष्ठको जन्मदिनको अवसर…
राष्ट्रिय आयुर्वेद एशोसिएसनको प्रथम बार्षिक उत्सव बुटबल मनाईयो
स्वास्थ्यसमाचार/ राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपालको प्रथम बार्षिक उत्सव बुटबलमा पनि मनाईएको छ। लुम्बिनी प्रदेश र रुपन्देही जिल्लाको संयुक्त आयोजनाम राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपालको प्रथम बार्षिक उत्सव मनाईएको हो। स्थापना भएको प्रथम बार्षिक उत्सव प्रदेश जिल्ला लगायतका देशका बिभिन्न ठाउमा मनाईएको राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपालका केन्द्रीय उपाध्यक्ष शालिकराम भुसालले बताए। आयुर्वेदसंग जीवन र संस्कार भएको एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । प्रथम बार्षिक उत्सव समारोहमा बोल्ने बक्ताहरुले नीति निर्माणका बेला एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । लुम्बिनी प्रदेश अध्यक्ष नरहरी अर्यालको अध्यक्षता तथा प्रमुख अतिथि लुम्बिनी आयुर्वेद चिकित्सालयका प्रमुख डा…
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. संगीता नियुक्त
स्वास्थ्यसमाचार/स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा .संगीता मिश्रा नियुक्त भएकी छन् । मिश्राले बुधबार नियुक्तिको पत्र पाएसँगै पदबहाली गरेकी छिन् । डा . मिश्राले पदबहाली भएको जानकारी गराउँदै सोमबारदेखि कार्यभार सम्हाल्ने बताइन् । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै डा. मिश्रालाई महानिर्देशकको जिम्मेवारी दिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उनी १२ औँ तहमा अतिरिक्त सचिवको रुपमा कार्यरत थिइन् । यस अघि विभागको महानिर्देशकको रुपमा रहेका डा. दिपेन्द्र रमण सिंहलाई भने मन्त्रालय तानिएको छ । त्यसैगरी कान्ति बाल अस्पतालको निर्देशकको जिम्मेवारी बाल रोग विशेषज्ञ डा. पंकज रायले पाएका छन् ।
दोषिलाई कारबाही गर्न छानबिन समिति :अस्पतालका सेवा सुचारु
स्वास्थ्यसमाचार/गुल्मी बालिका मृत्यु घटना गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ । गुल्मी बालिका मृत्यु घटना गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ । गुल्मी अस्पतालले छानबिनलाई सघाउने र सबै सेवा पुनः सुचारु गर्ने विज्ञप्तिमार्फत जानकारी दिएकाे छ । अस्पतालले यसअघिको विज्ञप्ति आधिकारिक नभएको स्पष्ट पारेको छ । मृतकको शव पाेष्टमार्टम गरेर अन्त्येष्टि गरिनेछ । छानबिन पछि दोषिलाई कावार्हि गरिने छ।
शुद्धोधनमा ५३ जना मानसिक रोगका बिरामीको निःशुल्क परामर्श
स्वास्थ्यसमाचार/रुपन्देहीको शुद्धोधन गाउँपालिका ४ स्थित मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्र, फर्साटिकरमा मनोसामाजिक रोग विशेषज्ञ डाक्टर द्वारा निःशुल्क चेकजाँच, आवश्यक परामर्श तथा औषधी वितरण कार्यक्रम गाउँपालिकाले हरेक महिनाको दोस्रो मंगलबार गरिने कार्यक्रमको आरम्भ भएको छ। विश्व स्वास्थ संस्था नेपाल तथा सि.एम.सि.नेपालको संयोगमा शुद्धोधन गाउँपालिकाको सहयोगमा मोतिपुर प्राथमिक स्वास्थ केन्द्रमा महिनाको एक दिन मानसिक रोग विशेष डाक्टर द्वारा निःशुल्क चेकजाँच तथा औषधी वितरण कार्यक्रमको सुरुवात भदौ १२ गतेदेखि गरिएको हो। सो निःशुल्क मानसिक रोग चेकजाँच तथा औषधी वितरण कार्यक्रममा भैरहवा मेडिकल कलेजका मनोसामाजिक रोग विशेषज्ञ डा,श्रेया पौडेलले ५३ जना मानसिक रोगका बिरामीको परामर्श…