देशभर ८ हजार बढीमा डेंगुको संक्रमण लुम्बिनीमा पाँच सय ५६ जना

स्वास्थ्यसमाचार/स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशका ८ हजारभन्दा धेरै मानिसमा डेंगुको संक्रमण देखिएको तथ्य बाहिर ल्याएको छ। महाशाखाका अनुसार पछिल्लो आठ महिनामा देशका ७५ जिल्लामा डेंगुको संक्रमण फैलिएको हो। महाशाखाले सार्वजनिक गरेको रिपोर्ट अनुसार देशका ७५ जिल्लाका ८ हजार एक सय ५९ जनामा संक्रमण देखिएको छ। आठ महिनाको अवधिमा डेंगु संक्रमणबाट ५ जनाको मृत्यु भएको छ। तथ्यांक अनुसार गण्डकी र बागमती प्रदेशमा सबैभन्दा बढी तीन ३ हजार ८ सय ६३ जनामा संक्रमण फैलिएको छ। गण्डकीको तनहुँ र कास्की जिल्ला बढी प्रभावित छन् । त्यसपछि बागमतीमा दुई हजार…

बर्सेनि ७ हजार बढीले गर्छन् नेपालमा आत्महत्या, सबभन्दा बढी बागमती प्रदेशमा

स्वास्थ्यसमाचार/गत वर्ष नेपालमा ७ हजार बढीले आत्महत्या गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले ‘विश्व आत्महत्या रोकथाम दिवस’को अवसरमा जारी भिडियो सन्देश मार्फत् यस्तो तथ्याङ्क बताउनुभएको हो । उहाँका अनुसार बागमती प्रदेशमा सबभन्दा धेरैले आत्महत्या गरेका छन् । ‘नेपालमा करिब सात हजार भन्दा बढीले आत्महत्याको कारणले ज्यान गुमाएको देखिन्छ’, उहाँले भन्नुभयो, ‘बागमती प्रदेशमा सबभन्दा बढीले आत्महत्या गरेका छन्, त्यसमा पनि काठमाडौं जिल्लामा सबभन्दा बढीले आत्महत्या गरेको देखिन्छ ।’ पछिल्लो समय आत्महत्या गर्नेको सङ्ख्या बढिरहेको छ । ३ वर्षको तथ्याङ्क हेर्दा बर्सेनि आत्महत्या गर्नेको सङ्ख्या बढिरहेको हो । मन्त्री…

आत्महत्या/आत्महानी (Suicide/Self harm):खिम बहादुर पौडेल

कुनै पनि व्यक्तिले जानीजानी आफ्नो जीवन आफैले समाप्त पार्ने कार्य गर्दछ भने त्यस्तो (आफुले आफुलाई हानी पुर्याइ जीवन समाप्त गर्ने) कार्यलाई आत्महत्या भनिन्छ । आत्महत्यामा व्यक्ति स्वयंले स्वच्छाले वा जानीजानी मर्ने मनसायले योजनाबद्ध रुपमा वा आवेशमा आई आफ्नो ज्यान लिने कार्य गर्दछन । आत्महत्या अति जटिल मनोबैज्ञानिक एवं  सामाजिक दुर्घटना हो । धार्मिक तथा सामाजिक दृष्टिकोणले यसलाई पाप एवं अपराधको रुपमा लिने गरिएको भए तापनि आधुनिक विज्ञानमा आत्महत्यालाई गम्भीर मानसिक स्वास्थ्य समस्याको उपज मानिन्छ ।आत्महत्याको सोच तथा कोशिसलाई तत्कालै उपचार गर्नुपर्ने अत्यन्त संबेदनशील चिकित्सकीय बिपत (Medical emergency) को रुपमा हेरिन्छ…

वाँकेमा बालबालिकाहरुमा डेंगु र स्क्रवटाइफसको सङ्क्रमण बढ्दो

बाँकेका विभिन्न अस्पतालमा उपचारका लागि आएका बालबालिकाहरूमा डेंगु र स्क्रवटाइफस देखिने क्रम बढ्न थालेको छ । पश्चिम नेपालको रेफरल अस्पतालका रूपमा रहेको भेरी अस्पताल नेपालगन्ज, नेपालगन्ज मेडिकल कलेजको नेपालगन्ज र कोहलपुर शिक्षण अस्पताल, केयर सिटी अस्पताल तथा निजी क्लिनिकहरूमा उपचारका लागि आउने बालबालिकामा डेंगु र स्क्रवटाइफ देखिने क्रम बढेको चिकित्सकहरूले बताएका छन् । नेपालगन्ज मेडिकल कलेज कोहलपुरका बालरोग विशेषज्ञ डा.नीरज आचार्यले अस्पतालमा बिरामी बालबालिकाहरू आउने क्रम बढेको जनाउँदै ३० बेड क्षमताको पेड्राइटिक वार्ड अहिले भरिएको बताउनुभयो । पेड्राइटिक वार्ड भरिएपछि इएन्टी र सर्जरी वार्डमा समेत राखेर उपचार गर्नु परिरहेको जनाउँदै…

स्वास्थ्यतर्फ डा. रिजाल र सि.अ.न.मी गुरुङले पाए निजामती पुरस्कार

स्वास्थ्यसमाचार/उत्कृष्ट कर्मचारीतर्फ यसपटक स्वास्थ्य सेवातर्फ पुरस्कृत हुनेमा धरमपानी स्वास्थ्य चौकी प्युठानमा कार्यरत सिअनमी (छैटौँ) राममाया गुरुङ र संघीय संसद सचिवालय सिंहदरबारमा कार्यरत सिअहेव (छैटौँ) डा पुष्पराज रिजाल पुरस्कृत भएका छन्। उनीहरू दुवैलाई निजामती सेवा पुरस्कारबाट पुरस्कृत गरिएको हो। सरकारले निजामती सेवा दिवसको ४० जना कर्मचारीहरूलाई पुरस्कृत गर्दा स्वास्थ्य समूहका दुईजना परेका छन् । वर्षभरीको कार्यसम्पादनका आधारमा उत्कृष्टता, गुणस्तरीयता, अनुशासन र योगदानका आधारमा उनीहरू पुरस्कृत भएका हुन्। शनिबार दिवसको अवसरमा सरकारले उत्कृष्ट निजामती सेवा पुरस्कारबाट १० जना र निजामती सेवा पुरस्कारबाट ३० जना कर्मचारीलाई पुरस्कृत गरेको छ। सर्वोत्कृष्ट निजामती पुरस्कार भने…

पाल्पामा एचआइभी रोकथामका लागि प्रि-एक्सपोजर प्रोफाइलेक्सिस सेवा सुरु

पाल्पा/पाल्पामा एचआइभी संक्रमण रोकथामका लागि प्रि—एक्सपोजर प्रोफाइलेक्सिस (प्रेप)सेवा सुरु भएको छ । पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वत जिल्लाहरुलाई लक्षित गरी जिल्लामा पहिलो पटक प्रेप सेवा सुरु भएको हो । नेपाल परिवार नियोजन संघ पाल्पा शाखाले एचआइभी संक्रमणको उच्च जोखिममा रहेका व्यक्तिहरुलाई लक्षित गरी सेवा दिन सुरु गरेको छ । एचआइभी संक्रमणको उच्च जोखिममा रहेका व्यक्ति, यौनकर्मीहरू, समलिंगी पुरुष, ट्रान्सजेन्डर व्यक्ति वा संक्रमितहरुकको सुरक्षा सुनिश्चित गर्न सेवा सुरु गरिएको संघका कोषध्यक्ष माधवप्रसाद अर्यालले बताउनुभयो । एचआइभी संक्रमण नभएका तर जोखिममा भएका व्यक्तिहरुलाई एचआइभी संक्रमणबाट जोगाउनका निम्ति एचआइभीको औषधी प्रयोग गरिने बिधि…

रुपन्देहीमा डेंगु संक्रमण बढेपछि खोज र नष्ट गर अभियान सुरु

स्वास्थ्यसमाचार/ रुपन्देहीमा डेंगु संक्रमण बढ्दै गएको छ । दिन प्रतिदिन डेंगु संक्रमण फैलिन थालेपछि रुपन्देहीमा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको । डेंगु नियन्त्रण तथा रोकथामका लागि रुपन्देहीका १६ वटै स्थानीय तहमा खोज र नष्ट गर अभियानलाई तीव्रता दिव्रता दिईएको छ ।रुपन्देहीमा गत बैशाखदेखि यही भदौ १६ गतेसम्म १ सय ९८ जनमामा डेंगु संक्रमण भेटिएपछि खोज र नष्ट गर अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय, रुपन्देहीका खोप अधिकृत तथा सूचना अधिकारी भेषराज शर्माले वताउनु भयो। डेंगु रोकथाम तथा नियन्त्रणका लागि १६ वटै पालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वंयसेवीका,…

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएस पढाइको लागि पायो ५० सिट

स्वास्थ्यसमाचार/दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पढाइ सुरु हुने भएको छ। चिकित्सा शिक्षा आयोगले एमबिबिएस पढाइ सन्चालनको लागि आबश्यक तयारी पुरा गरेको प्रतिष्ठानलाई पहिलो बर्ष ५० सिट सुनिश्चित गरेको हो। ५० सिटमा ७५ प्रतिशत छात्रवृत्तिमा नाम निकाल्ने बिद्यार्थीले एमबिबिएस पढ्न पाउनेछन। प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले एमबिबिएसका लागि ५० सिट सुनिश्चितता भएको जानकारी दिए। प्रतिष्ठानको बिकासमा एमबिबिएस पढाई महत्वपुर्ण कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे। ‘एमबिबिएस पढाइ सन्चालन गर्ने कुरा धेरै महत्वपुर्ण कुरा हो। दाङ सहित सिङ्गो प्रतिष्ठानको शैक्षिक कार्यक्रममा कोसेढुङ्गा साबित हुनेछ’, उनले भने। प्रतिष्ठानले करिब ७ बर्षपछि एमबिबिएस…

लुम्बिनी प्रदेशमा भाद्र २१ गते शुक्रबार सार्वजनिक बिदा

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेश सरकारले शुक्रबार लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिएको छ । हरितालिका तीजको ब्रत बस्ने दिनको अवसरमा लुम्बिनी प्रदेशभर बिदा दिईएको लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव राजेन्द्र प्रसाद पन्थीले एक विज्ञप्ती सार्वजनिक गर्दै बिदा दिईएको जानकारी गराउनु भयो । लुम्बिनी प्रदेश सरकारको २०८० चैत २० गतेको बैठकको निणर्य बमोजिम यहि भदौ २१ गते सार्वजनिक बिदा दिईएको जानकारी गराउनु भयो । बिज्ञप्तीमा लेखिएको छ – लुम्बिनी प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०८०/१२/२० गतेको निणर्यानुसार मिति २०८१/०५/२१ गते शुक्रवारका दिन हरितालिका (तीज) व्रतको अवसरमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा…

निजामति कर्मचारी युनियनको स्थापना दिबशको पूर्वसन्ध्यामा रक्तदान

स्वास्थ्यसमाचार/ नेपाल निजामति कर्मचारी युनियनको स्थापना दिवसको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम गरिएको छ। नेपाल निजामति कर्मचारी युनियन रुपन्देहीले लुम्बिनी प्रादेशिक अस्पताल परिसमा रक्तदान गरेको हो। संघका जिल्ला अध्यक्ष चक्रपाणि पाण्डेको अध्यक्षता बुटबल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यता नेपाली काग्रेस रुपन्देही क्षेत्र नं २ का क्षेत्रीय सभापति प्रजापाल गिरीको बिशिष्ठतामा रक्तदान भएको थियो । उक्त अबसरमा ७० युनिट रगत जम्मा भएको कार्यक्रमका संयोजक भिम ज्ञवालीले बताउनु भयो। रक्तदान कार्यक्रममा नेपाल निजामति कर्मचारी युनियनका केन्द्रीय सदस्य नबिन पन्थी ,केन्द्रिय सदस्य हरि ज्ञवाली स्वास्थ्यकर्मी संघका प्रदेश अध्यक्ष नमनारायण बेलबासे नेपाल टेड युनियनका जिल्ला…