स्वास्थ्यसमाचार/कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासास्थित भएको बस दुर्घटनाका सात जना गम्भीर घाइतेलाई थप उपचारका लागि भैरहवा पठाइएको छ ।
जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनीश भण्डारीका अनुसार सुर्खेतदेखि बुटवलतर्फ जाँदै गरेको लु २ ख १५९८ नम्बरको बस बनकसबासामा दुर्घटना भएको थियो ।
दुर्घटनामापरी गम्भीर घाइते भएका उहाँहरूलाई थप उपचारका लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा लगिएको छ । बसमा चालकसहित २४ जना रहेको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो ।
घाइतेमध्ये २ जनाको चन्द्रौटास्थित आधारभूत अस्पताल र १५ जनाको चन्द्रौटास्थित सञ्जीवनी अस्पतालमा उपचार भइरहेको छ । बसचालक भने प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । मोटरसाइकललाई बचाउने क्रममा सो बस तल गएर पल्टिएको प्रहरीको भनाइ छ ।
घाइते हुनेमा कपिलबस्तुको बुद्धभुमि नगरपालिका पत्थरकोट बस्ने ३६ वर्षिय मुम्ताज रंगरेज, दाङको लमही नगरपालिका ५ बस्ने ३९ वर्षिय शिवा चौधरी, सोही स्थानका ३२ वर्षिय बिनोद योगी र सुर्खेतको विरेन्द्रनगर नगरपालिका ११ का ३३ वर्षिय माया काफ्ले रहनु भएको छ ।
त्यस्तै, दाङको घोरही उपमहानगरपालिका १५ की ६६ वर्षिय लक्ष्मीदेबी अधिकारी घोराही उपमहानगरपालिका १४ की १९ वर्षिय भिमा चलाउनेको भैरहवास्थित युनिभर्सल मेडिकल कजेलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै सुर्खेतको विरेन्द्रनगर नगरपालिका १३ बस्ने ३७ वर्षिय कलबहादुर रोकाय, धादिङ धुनीबशी नगरपालिका २ का ३० वर्षिय सुदिप सकुराल, विरेन्द्रनगर नगरपालिकाका २६ वर्षिय मनोज कडेल, दैलेखको दुल्लु नगरपालिकाका २४ वर्षिय भिमप्रसाद न्यौपाने रहेका छन् ।
सोहीअनुसार जुम्लाको तिला गाँउपालिका ३ का २६ वर्षिय हर्ष नेपाली, तिला गाउँपालिका२ का ४३ वर्षिय नन्दलाल बोहोरा र दैलेख चामुन्डा बिन्द्रासैनी ५ का २३ वर्षिय चन्द्रप्रसाद रिजालको थप उपचारका लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो ।
प्रतिकया दिनुहोस्