स्वास्थ्य कार्यलय पाल्पाको बार्षिक समीक्षा :अन्तर्पालिका मूल्याङ्कन, तानसेन पहिलो

स्वास्थ्यसमाचार/गत आर्थिक वर्षमा पाल्पाका १० पालिका हरुले उपलव्ध गराएको स्वास्थ्य सेवाको मूल्याङ्कनको आधारमा तानसेन नगरपालिका प्रथम भएको छ ।

गत सोमबार देखि सुरु भएको स्वास्थ्य कार्यक्रमहरुको जिल्लास्तरीय बार्षिक समीक्षा तथा योजना तर्जुमा बैठकमा पालिका हरुले उपलव्ध गराएको सेवा प्रवाहको सूचकको आधारमा मूल्यांकन गरिएको थियो ।

सो क्रममा आर्थिक वर्ष २०८०/८१ मा तानसेनले ७१.८४ अंक प्राप्त गरि पहिलो भएको छ । यस्तै ६९.५२ अंक ल्याएर निस्दी गाउँपालिका दोस्रो स्थानमा र ६९.११ अंकका साथ पूर्व खोला गाउँपालिका तेस्रो भएको छ ।

स्वास्थ्य कार्यक्रम अन्तर्गत पालिका हरुले दिने सेवा प्रवाहका सूचकका आधारमा मूल्यांकन हुँदा पहिलो दोस्रो र तेस्रो स्थानीय तह घोषणा गरिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा राजेन्द्र गिरीले बताए ।

उनले सबै स्थानीय तहले राम्रो सेवा प्रदान गरेको भन्दै मापदण्ड अनुसार छनोट गर्दा तीन वटा स्थानीय तह उत्कृष्ठ घोषित गरिएको बताए ।

पाल्पा बार्षिक समीक्षा सम्पन्न गर्ने यसपटक लुम्बिनी प्रदेशकै पहिलो जिल्ला भएको छ ।‘सबै स्थानीय तहले सुरुवातमै समीक्षा सम्पन्न गरेपछि जिल्लाले पनि आफ्नो काम समयमै सम्पन्न गर्न सफल भयो ।

स्थानीय तहलाई १५ भदौ र जिल्लालाई ३० भदौसम्मको डेडलाइन थियो, तर हामीले १० भदौमा नै सम्पन्न गर्‍यौँ,’ उनले भने ।

सम्बन्धित शिर्षक :