काठमान्डौ/नेपालका युवा अंकालोजिष्ट डा विशाल ज्ञवालीले संसारकै प्रसिद्ध मानिने अमेरिकन सोसाइटी अफ क्लिनिकल अंकोलोजीमा फेलोसिप प्राप्त गरेका छन् । हाल क्यानडाको क्वीन्स युनिभर्सिटीमा सहप्राध्यापकको रुपमा कार्यरत डा. ज्ञवाली यो फेलोसिप पाउने पहिलो नेपाली बनेका छन् । अमेरिकन सोसाइटी अफ क्लिनिकल अंकोलोजी क्यान्सरको क्षेत्रमा सबैभन्दा ठूलो संस्था हो ।डा. ज्ञवालीलाई यो संस्थाले हिजो मात्रै ‘फेलो अफ द अमेरिकन सोसाइटी अफ क्लिनिकल अंकोलोजिष्ट (.फास्को’) मा छनौट भएको जानकारी गराएको हो । ‘यसपटक फास्को उपाधी पाउनेहरुको सूचीमा म पनि परेको रहेछु । अंकोलोजीको क्षेत्रमा पुरयाएको योगदानको कदर गर्दै तपाईँलाई फास्को उपाधी प्रदान गरिएको…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
स्वयंसेविका दिवसमा शुद्धोधनले गरयो ६३ स्वयंसेविकालाई सम्मान
स्वास्थ्यसमाचार/रुपन्देहीको शुद्धोधन गाउँपालिका कार्यालय मानपकडी को आयोजनामा “विविध स्वास्थ्य क्रियाकलापहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका, स्वास्थ्य समाज निर्माणमा सहभागिता “को मुख्य नाराका साथ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य दिवस कार्यक्रम बिहीबार पालिकाको सभाहलमा एक समारोहबीच सम्पन्न भएको छ। शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले गमलाको फुलमा पानी राखेर उद्घाटन गर्नुभयो।सो अवसरमा पालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले स्वयंसेविका हरुले परिवार नियोजनबारेको चेतना, अस्थायी साधन वितरण, झाडापखाला, श्वासप्रश्वास सम्बन्धी रोगको प्राथमिक उपचार, खोप कार्यक्रम सञ्चालन, स्वास्थ्य शिक्षा प्रदान जस्ता लगायतका काम गर्दै आएको र स्वयंसेविका भनेकै गाउँ घर डाक्टर भनेर चिनिने भएकोले शुद्धोधन गाउँपालिकाका ६…
लुम्बिनीमा पोषणको अवस्थामा सुधार गर्न बिशेष कार्यक्रम लागु गरेका छौं मुख्यमन्त्री आचार्य
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न सरकारले उच्च प्राथमिकता दिएको बताउनु भएको छ । प्रदेश स्तरीय खाद्य सुरक्षा तथा बहुक्षेत्रीय पोषण बिषयक अनुभव तथा सिकाई आदानप्रदान कार्यक्रमलाई दाङको भालुबाङमा बिहिवार सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न उच्च प्राथमिकतामा राख्दै बिशेष कार्यक्रम लागु गरिएको बताउनु भएको हो । ‘प्रदेशमा कुपोषण एउटा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखा परेको छ । पोषणको अवस्थामा सुधार ल्याउन बिशेष कार्यक्रम लागु गरेका छौं’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘मातृ शिशु मृत्युदरलाई घटाउछौं । पोषणको अवस्थालाई सुधार गर्छौं । बाल मृत्युदर…
क्रिमसन अस्पतालले थाल्यो घर-घरमै पुगेर रगतको नमुना संकलन
स्वास्थ्यसमाचार /तिलोत्तमा ५ मणिग्राममा रहेको क्रिमसन अस्पतालले सेवाग्राहीको घर–घर मै गई रगतको नमुना संकलनको कार्य शुरु गरेको छ । गुणस्तरीय चिकित्सक सहित प्रभावकारी उपचार सेवालाई केन्द्रविन्दुमा राखेर सेवारत क्रिमसन अस्पतालले सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर होम कलेक्सन अर्थात घर घर मै गई रगतको नमुना संकलन कार्यको शुरुवात गरिएको अस्पतालले जनाएको छ। अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालका अनुसार अव क्रिमसन अस्पतालले रगतको नमुना संकलनका लागी १ दिन अगावै सेवाग्राहीले अस्पतालको पैसा नलाग्ने टोल फ्रि नम्बर १८१०५०००१४४ मा सम्पर्क गरि नाम दर्ता सकिने बताउनु भयो । साथै रगतको नमुना संकलनको काम हरेक दिन…
गौमुखीमा निशुल्क मानसिक स्वास्थ्य शिविर, ९८ जनाले लिए सेवा
स्वास्थ्यसमाचार /गौमुखीको पुजा स्वास्थ्य चौकीमा भएको निशुल्क बिशेषज्ञ मानसिक स्वास्थ्य शिविरमा ९८ जना बिरामीले सेवा लिएका छन । पालिका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद जैसीका अनुसार उक्त शिविरमा ९८ जनाले निशुल्क सेवा तथा औषधी लिएको बताउनु भयो ।गाउँपालिकाको बिनियोजित बजेटबाट पहिलो चरणमा उक्त कार्यक्रम गरिएको हो । अब बाकी २ बटा शिबिर सञ्चालन गरिने कार्यक्रम रहेको बताउनु भयो। गौमुखी ४ कि रिमा बिकले ३\४ वर्ष अगाडी देखी आफू मानसिक समस्याको कारण टाउको दुख्ने, रिंगटा लाग्ने, निद्रा नलाग्ने र आफ्ना बाटै हिड्ने बाटोघाटोमै रात गुजारेको सम्झदै अहिले उपचार र नियमित औषधि…
नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध : मन्त्री पौडेल
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै यसका लागि देशव्यापी खोप कार्यक्रम कार्यान्वयनको चरणमा रहेको बताए। इन्डोनेसियाको बालीमा आयोजित विश्वव्यापी खोप सहकार्य गाभीको बैठकमा सम्बोधन गर्दै मन्त्री पौडेलले पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि नेपालले आगामी माघ २२ गतेदेखि दुई सातासम्म किशोरीहरुलाई खोप अभियान सञ्चालन गर्न लागेको जानकारी दिए। “यो खोप अभियान नेपालका लागि मात्र होइन सर्भाइकल क्यान्सर अन्त्यको वैश्विक रणनीतिमा महत्वपूर्ण उपलब्धि हुनेछ”, मन्त्री पौडेलले भने। गाभीसँग सहकार्य गरेर नेपालले खोपलक्षित प्राथमिकता तय गर्ने उल्लेख गर्दै मन्त्री पौडेलले नेपालले राष्ट्रिय खोप…
मंसिर १९ गते गौमुखीमा निशुल्क मानसिक बिशेषज्ञ स्वास्थ्य शिबिर हुने
स्वास्थ्यसमाचार/ प्युठानको गौमुखी गाउँपालिकाको आयोजना प्युठान अस्पतालको प्राबिधिक सहयोग र स्वास्थ्य कार्यलय प्युठानको समन्वयमा निशुल्क मानसिक बिशेषज्ञ स्वास्थ्य शिबिर हुने भएको छ। यहि मंसिर १९ गते पुजा स्वास्थ्य चौकी लिवासेमा निशुल्क बिशेषज्ञ स्वास्थ्य शिबिर हुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम पौडेलले बताउनु भयो । शिविरमा निन्दा नलाग्ने एकोहोरो हुने आत्महत्याको प्रायाश गर्ने लगायतका स्वास्थ्य समस्या भएकाले उक्त निशुल्क बिशेषज्ञ स्वास्थ्य शिबिर सेवा लिन आग्रह गरिएको छ। आज पालिकाले एक बिज्ञप्तीमा जारी गरि यहि मंसिर १९ गते बिहान १० बजे देखी ५ बजे सम्म पुजा स्वास्थ्यचौकी लिवासेमा सेवा लिन पठाउने ब्यबस्था…
बुटवल हस्पिटल प्रा.लि.मा ९५ बर्षिय न्यौपानेको हर्नियाको शल्यक्रिया
स्वास्थ्यसमाचार/ आजभोलि बिरामीहरूका लागि शल्यक्रिया (अप्रेशन) गर्ने कुरा समान्य जस्तै बन्दै गएको छ । तर शल्यक्रिया गर्नका लागि अन्य धेरै कुराहरु मिलेको हुनुपर्छ । त्यति हुर्दा हुदै पनि उमेर अवस्था पनि एउटा महत्वपुर्ण पाटो हो । तर ९५ वर्ष पुरा भइसक्नु भएका एक जना जेष्ठ नागरिकको हिम्मतले चिकित्सकहरुलाई पनि जिल खुवाएको छ । स्वास्थ्य अवस्था समान्य नै भएपनि हर्नियाको समस्याबाट ग्रसित गुल्मी अर्वेनीका रुक्मागत न्यौपानेले बुटवल हस्पिटल प्रा.लि.मा शल्यक्रिया गर्नु भएको छ । उमेर अवस्थाले गर्दा घर परिवारदेखि स्वयंम चिकित्सकहरुले पनि निर्णय लिन नसकिरहेको अवस्थामा बिरामी न्यौपानेको हिम्मतको अगाडि उमेर…
फागुन महिनामा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ अभियान सञ्चालन गर्दै सरकार
काठमान्डौ/सरकारले आगामी फागुन महिनामा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गर्ने अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलको निर्देशन अनुसार स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले आगामी फागुन महिनामा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गर्ने अभियान सञ्चालन गर्ने भएको हो । सो अभियानमा ३० देखि ४९ बर्ष उमेर समूहका महिलाहरुको भिआईए टेष्ट विधिबाट स्क्रिनिङ गरिन्छ ।स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको परिवार योजना तथा प्रजनन स्वास्थ्य शाखा प्रमुख शर्मिला दाहाल पौडेल भन्छिन्, ‘पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गर्ने कार्यक्रम यसअघि पनि थियो, तर नियमित कार्यक्रममा त्यति प्रभावकारी देखिइरहेको थिएन ।…
लुम्बिनी प्रदेश सरकार विश्व स्वास्थ्य संगठन संग सहकार्य गर्न तयार छः मुख्यमन्त्री आचार्य
स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा देखा परेका स्वास्थ्य समस्या निदान गर्न विश्व स्वास्थ्य संगठन संग सहकार्य गर्न प्रदेश सरकार तयार र रहेको बताउनु भएको छ । विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरुसँग सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा भएको भेटमा मुख्यमन्त्री आचार्यले विश्व स्वास्थ्य संगठन संग सहकार्य गरेर अघि बढ्न प्रदेश सरकार तयार ररहेको बताउनु भएको हो । तथ्यांकको आधारमा लुम्बिनी प्रदेशमा बाल मृत्युदर, मातृ मृत्युदर, बालविवाह, कुपोषण, मानसिक रोग, नसर्ने रोग जस्ता स्वास्थ्य समस्या उच्च ररहेको छ । यि स्वास्थ्य समस्या निदानको लागि प्रदेश सरकारको एक्लो प्रयासले…

