स्वास्थ्यसमाचार /गौमुखीको पुजा स्वास्थ्य चौकीमा भएको निशुल्क बिशेषज्ञ मानसिक स्वास्थ्य शिविरमा ९८ जना बिरामीले सेवा लिएका छन ।
पालिका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद जैसीका अनुसार उक्त शिविरमा ९८ जनाले निशुल्क सेवा तथा औषधी लिएको बताउनु भयो ।गाउँपालिकाको बिनियोजित बजेटबाट पहिलो चरणमा उक्त कार्यक्रम गरिएको हो । अब बाकी २ बटा शिबिर सञ्चालन गरिने कार्यक्रम रहेको बताउनु भयो।
गौमुखी ४ कि रिमा बिकले ३\४ वर्ष अगाडी देखी आफू मानसिक समस्याको कारण टाउको दुख्ने, रिंगटा लाग्ने, निद्रा नलाग्ने र आफ्ना बाटै हिड्ने बाटोघाटोमै रात गुजारेको सम्झदै अहिले उपचार र नियमित औषधि सेवनका कारण धेरै हद सम्म निको भएको बताउनुभयो।
गौमुखी ५ कि सावित्रा केसीले निद्रा नलाग्ने, एकान्त बस्न लाग्ने, सुत्न नलाग्ने, टाउको धेरै दुख्ने जस्ता समस्याले आफू पीडित भएको र गतवर्ष देखि गाउँपालिकाले शिविरमा उपचार पाएको कारण आफुलाई तस्तो समस्या घट्दै गएको बताउनुभयो ” उहाँले भन्नुभयो उपचार पाय निको हुँदो रहिछ”।
त्यस्तै गौमुखी ७ नारिकोटकि पार्वती बिकले आफू मानसिक रुपमा धेरै समस्या देखिएको थियो कसैको कुरा सुन्न, बोल्न लाग्ने थिएन मनमा नकारात्मक कुरामात्र आउँथ्यो मनमा पुरै निरासा छाउँथ्यो तर आफ्नै गाउँठाउँमा विशेषज्ञ डाक्टरबाट उपचार पायौं, औसधिमुलो पायौं अहिले पुरा निको भएको छ” सायद समयमै उपचार नपाएको भए अहिले सम्म कुन अवस्थामा पुगिन्थ्यो होला”।
शिविरमा जिल्ला अस्पताल प्युठानका मानसिक तथा मनोरोग विशेषज्ञ डा.आभास योगी, मेडिकल अधिकृत नवीन पोख्रेलले चेकजाँच गर्नुभएको र बिरामीलाई चिकित्सकको सल्लाहअनुसार निशुल्क औषधि वितरण गरिएको बताउनु भयो ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम पौडेलले भन्नु भयो पालिकाले बर्षमा ३ बटा शिबिर सञ्चालन गर्ने गरेको छ । यहाँका जनतालाई के आवश्यकता छ त्यहि अनुसारको शिबिर सञ्चालन गरिएको र त्यसबाट वाहिर जान नसक्ने लाई राहत भएको बताउनु भयो ।
आर्थिक रुपमा कमजोर, बिपन्न तथा अस्पतालको पहुँच पुग्न बिरामीको संख्या गाउँमा बढ्दो छ त्यसैले पालीकामै शिविरको आयोजना गरिएको गौमुखी गाउँपालिका उपाध्यक्ष महावीर रानाले बताउनुभयो। गौमुखी गाउँपालिकामा धेरै मानसिक समस्या भएका बिरामीको तथ्यांक रहेकोे छ।
प्रतिकया दिनुहोस्