स्वास्थ्यसमाचार/ आजभोलि बिरामीहरूका लागि शल्यक्रिया (अप्रेशन) गर्ने कुरा समान्य जस्तै बन्दै गएको छ । तर शल्यक्रिया गर्नका लागि अन्य धेरै कुराहरु मिलेको हुनुपर्छ ।
त्यति हुर्दा हुदै पनि उमेर अवस्था पनि एउटा महत्वपुर्ण पाटो हो । तर ९५ वर्ष पुरा भइसक्नु भएका एक जना जेष्ठ नागरिकको हिम्मतले चिकित्सकहरुलाई पनि जिल खुवाएको छ ।
स्वास्थ्य अवस्था समान्य नै भएपनि हर्नियाको समस्याबाट ग्रसित गुल्मी अर्वेनीका रुक्मागत न्यौपानेले बुटवल हस्पिटल प्रा.लि.मा शल्यक्रिया गर्नु भएको छ । उमेर अवस्थाले गर्दा घर परिवारदेखि स्वयंम चिकित्सकहरुले पनि निर्णय लिन नसकिरहेको अवस्थामा बिरामी न्यौपानेको हिम्मतको अगाडि उमेर गौढ बनेको छ ।
बुटवल हस्पिटल प्रा.लि.मा मा न्यौपानेको दायाँ भागमा रहेको हर्नियाको केहिदिन अघि शल्यक्रिया भयो । आजभन्दा ५ वर्ष अघि पनि उहाँले बुटवल हस्पिटलमै बायाँ भागको हर्नियाको शल्यक्रिया गर्नु भएको थियो । बुटवल हस्पिटल प्रा.लि.का बरिष्ठ सर्जन डा कृष्ण खनाल र डा बृखराज जोशीको टिमले न्यौपानेको सफल शल्यक्रिया गरेको हो ।
शल्यक्रियामा एनेस्थेसिया विभागका डा प्रलाद अधिकारी सहितको टिमले साथ दिएको थियो ।उमेर अवस्थाले उहाँको शल्यक्रिया गर्ने कि नगर्ने निर्णय लिन निकै धौ धौ परेको थियो तर बिरामीको हिम्मतले हामी सबैलाई गलायो, हामीले बुटवल हस्पिटलमै दुवै हर्नियाको शल्यक्रिया गरेका छौं ।
उहाँ पुर्णरुपमा स्वस्थ्य भएर घर फर्किनु भएको छ । शल्यक्रियाका सहभागि डा खनालले भन्नु भयो ।अस्पतालबाट विदा भएर घर फर्किदा ९५ बर्षिय बुवा रुक्मागदले आफुलाई निकै आराम मिलेको महसुस गर्दै अस्पताल र स्वास्थ्यकर्मीहरुको टोलीलाई भेटेर आर्शिवाद दिदै घर जानु भएको बुटवल हस्पिटलले जानकारी दिएको छ ।
कतिपय अस्पतालमा उमेर वढी भयो भनेर शल्यक्रिया नगरेको गुनासो परिवारका सदस्यहरुले गर्नु भएको थियो । शल्यmित्रयापछि शरिरलाई थप आरामी मिलेकोले सजिलै सस्तो मुल्यमा उपचार गर्न पाउदा निकै खुशी लागेको न्यौपानेका छोरा निरञ्जन न्यौपानेले बताए ।
बुटवल हस्पिटलले जटिल तथा निकै महत्वपुर्ण खालका शल्यक्रियाहरू पनि शुरु गरेको छ । उपकरण र चिकित्सकहरुको संयोजनमार्फत हस्पिटलले सबै खालका शल्यक्रियाहरू गर्न थालेको अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलले बताउनु भयो ।
प्रतिकया दिनुहोस्