स्वयंसेविका दिवसमा शुद्धोधनले गरयो ६३ स्वयंसेविकालाई सम्मान

स्वास्थ्यसमाचार/रुपन्देहीको शुद्धोधन गाउँपालिका कार्यालय मानपकडी को आयोजनामा “विविध स्वास्थ्य क्रियाकलापहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका, स्वास्थ्य समाज निर्माणमा सहभागिता “को मुख्य नाराका साथ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य दिवस कार्यक्रम बिहीबार पालिकाको सभाहलमा एक समारोहबीच सम्पन्न भएको छ।

शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले गमलाको फुलमा पानी राखेर उद्घाटन गर्नुभयो।सो अवसरमा पालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले स्वयंसेविका हरुले परिवार नियोजनबारेको चेतना, अस्थायी साधन वितरण, झाडापखाला, श्वासप्रश्वास सम्बन्धी रोगको प्राथमिक उपचार, खोप कार्यक्रम सञ्चालन, स्वास्थ्य शिक्षा प्रदान जस्ता लगायतका काम गर्दै आएको र स्वयंसेविका भनेकै गाउँ घर डाक्टर भनेर चिनिने भएकोले शुद्धोधन गाउँपालिकाका ६ वटा वडाका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका हरुको अक्षय कोषमा ५०-५० हजार राखिएको अध्यक्ष बस्यालले बताउनुभयो।

सो कार्यक्रममा शुद्धोधन स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीले समुदायमा बालबालिका को विरामी हुने दर घटेको छ।र परिवार नियोजनका साधनहरू सजिलै उपलब्ध भएका छन् ।गर्भवती तथा सुत्केरीहरूको स्वास्थ्य हेरचाहमा सहयोग पुगेको बालबालिकाको तौल अनुगमन भइ पोषण अवस्थाको निरन्तर लेखाजोखा भइराखेको छ। स्वास्थ्य चेतना स्तर वढेको र दीगो विकास लक्ष तथा सोही योजनाले राखेका स्वास्थ्य सम्बन्धि लक्ष्य पुरा गर्न सहयोग पुगेको समीर भण्डारीले बताउनुभयो।

उक्त कार्यक्रममा पालिकाका सातै वडाका ६३ जना महिला स्वयंसेविका हरु लाई सम्मान गरिएको थियो।शुद्धोधन गाउँपालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्ती, सामाजिक विकास संयोजक ४ का वडा अध्यक्ष केशवप्रसाद अधिकारी, शुद्धोधन ५ का वडा अध्यक्ष चन्द्रभान चौधरी,महिला स्वयंसेविका कमला खरेल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे।

शुद्धोधन गाउँपालिका उपाध्यक्ष शान्ता देवी ज्ञवालीको स्वागतमा र शुद्धोधन गाउँपालिका नर्सिङ अधिकृत सिर्जना पौडेलको संचालनमा सो कार्यक्रम सम्पन्न भएको थियो।

सम्बन्धित शिर्षक :