क्रिमसन अस्पतालमा निःशुल्क डेलिभरी सेवा सुरु

स्वास्थ्यसमाचार/ रुपन्देहीको तिलोत्तमा नगरपालिका र क्रिमसन अस्पतालबीच आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ । सम्झौतासँगै अब क्रिमसन अस्पतालमा आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम अन्र्तगत प्रसुति सेवालाई पुर्णतः निःशुल्क हुने भएको छ । आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका २०७८ को परिच्छेद २ अनुसार सुरक्षित मातृत्व प्रवद्र्धन गर्ने उद्देश्यले शुरु गरिएको कार्यक्रम हो । विशेषगरि यो कार्यक्रम अन्र्तगत अब क्रिमसन अस्पताल आई उपचार गराउने सेवाग्राहीले नर्मल डेलिभरी सेवा, अप्रेसन सेवा, एन-आइसीयु, प्रसुति सेवा, आमा तथा नवजात शिशुको उपचार र औषधीहरु गर्दा अब नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप…

तिलोत्तमा र क्रिमसन अस्पतालबीच आमा सुरक्षा कार्यक्रमका लागि सम्झौता

स्वास्थ्यसमाचार/तिलोत्तमा नगरपालिकामा सुरक्षित मातृत्व प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाले क्रिमसन अस्पतालसँग ‘आमा सुरक्षा कार्यक्रम’ प्रभावकारी रूपमा सञ्चालन गर्न महत्वपूर्ण सहमति गरेको छ। नगरप्रमुख रामकृष्ण खाँण, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल र क्रिमसन अस्पताल संचालन तथा व्यवस्थापन समिति अध्यक्ष दुर्गा प्रसाद पाण्डेबीच औपचारिक सम्झौतामा हस्ताक्षर भएको हो। यो कार्यक्रम नेपाल सरकार अन्तर्गत सञ्चालित आमा सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयनको एक उदाहरण हो, जसअन्तर्गत तिलोत्तमा नगरवासी तथा अन्य छिमेकी नगरपालिका र अन्य जिल्लालाई महिलाहरूलाई प्रसूति सेवा पूर्ण रूपमा निःशुल्क प्रदान गरिनेछ। कार्यक्रमले सबै महिलाको पहुँच सुनिश्चित गर्नुका साथै लुम्बिनी प्रादेशिक अस्पतालमा रहेको अत्यधिक चापलाई…

क्रिमसन अस्पतालमा ईसीएचएस सेवा शुरु, पूर्व भारतीय सैनिक र आश्रित परिवारको निशुल्क उपचार

स्वास्थ्यसमाचार/रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पतालमा पुर्व भारतीय सेना तथा आश्रित परिवारका सदस्यहरुको निशुल्क उपचार हुने भएको छ । अस्पतालमा प्राङगणमा आयोजित एक कार्यक्रमका बीच भारतीय राजदूतावासका प्रतिनिधि मेजर नविन कुवँर तथा क्रिमसन अस्पतालका अध्यक्ष दुर्गा प्रसाद पाण्डेले संयुक्त रुपमा सेवा शुभारम्भ भएको घोषणा गरे । संझौता अनुसार क्रिमसन अस्पतालमा पुर्व भारतीय सैनिक तथा आश्रित परिवारको उपचार बापतको सम्पुर्ण खर्च अब ईसीएचएसले ब्यहोर्ने छ ।  संझौता पत्रमा हस्ताक्षर भएपनि लागु आजबाट भएको अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले वताए । विशेषगरि तिलोत्तमा आसपासका क्षेत्रमा बसोबास गर्ने पुर्व भारतीय सैनिकहरूलाई अब ईसीएचएस मार्फत…

वाल तथा नवजात शिशु उपचारमा अब्बल बन्दै क्रिमसन अस्पताल

स्वास्थ्यसमाचार/गुणस्तरीय चिकित्सक सहित आधुनिक उपचार सेवालाई निरन्तरता दिने क्रममा क्रिमसन अस्पतालले वरिष्ठ नवजात तथा बालरोग विशेषज्ञका रुपमा डा. प्रयास बज्राचार्यलाई नियुक्त गरेको छ । रुपन्देहीको तिलोत्तमा ५ मणिग्राममा रहेको अस्पतालले उच्च कोटीको चिकित्सकीय सेवा प्रवाह गरेको सबैमा सर्वविदितै छ । यो क्रमलाई निरन्तरता दिने क्रममा आम सेवाग्राहीको भावना, चाहना तथा आवश्यकतालाई मध्यनजर राख्दै बालबालिकामा देखा पर्ने सबैखाले स्वास्थ्य समस्याको निदानका लागी अस्पतालले वरिष्ठ बालरोग विशेषज्ञ डा. प्रयास बज्राचार्यलाई पौष ३ गतेबाट नियुक्ति दिएको जनाएको छ । लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभास, दाङ्ग तथा पुर्वमा लहान लगायतका विभिन्न अस्पतालहरुमा वरिष्ठ नवजात…

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. शक्ति बस्नेत अब क्रिमसन अस्पतालमा

स्वास्थ्यसमाचार/मृगौला सम्बन्धि विशेषज्ञता हासिल गरेका डा. शक्ति बस्नेतले अब क्रिमसन अस्पतालबाट सेवा प्रवाह गर्ने भएका छन् । यही पौष ३ गतेबाट हरेक दिन बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म क्रिमसन अस्पतालमा डा.बस्नेतलाई भेटेर मृगौला सम्बन्धि रोगका विषयमा सेवा तथा परामर्श लिन सकिनेछ । अत्याधुनिक सेवा प्रवाह तथा दक्ष चिकित्सकहरुलाई नियुक्त गरेर आफुलाई यस क्षेत्र मै अब्बल बनाउदै आएको क्रिमसनले यही पौष ३ गतेबाट भने डा. बस्नेतलाई नेप्रो अर्थात मृगौला सम्बन्धि समस्याको उपचार र रोग निदानका हेतुले नियुक्ति गरेको अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले जानकारी दिए । बस्यालले स्थानीयलाई सर्वसुलभ स्वास्थ्य…

क्रिमसन अस्पतालले थाल्यो घर-घरमै पुगेर रगतको नमुना संकलन

स्वास्थ्यसमाचार /तिलोत्तमा ५ मणिग्राममा रहेको क्रिमसन अस्पतालले सेवाग्राहीको घर–घर मै गई रगतको नमुना संकलनको कार्य शुरु गरेको छ । गुणस्तरीय चिकित्सक सहित प्रभावकारी उपचार सेवालाई केन्द्रविन्दुमा राखेर सेवारत क्रिमसन अस्पतालले सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर होम कलेक्सन अर्थात घर घर मै गई रगतको नमुना संकलन कार्यको शुरुवात गरिएको अस्पतालले जनाएको छ। अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालका अनुसार अव क्रिमसन अस्पतालले रगतको नमुना संकलनका लागी १ दिन अगावै सेवाग्राहीले अस्पतालको पैसा नलाग्ने टोल फ्रि नम्बर १८१०५०००१४४ मा सम्पर्क गरि नाम दर्ता सकिने बताउनु भयो । साथै रगतको नमुना संकलनको काम हरेक दिन…