स्वास्थ्यसमाचार /तिलोत्तमा ५ मणिग्राममा रहेको क्रिमसन अस्पतालले सेवाग्राहीको घर–घर मै गई रगतको नमुना संकलनको कार्य शुरु गरेको छ ।
गुणस्तरीय चिकित्सक सहित प्रभावकारी उपचार सेवालाई केन्द्रविन्दुमा राखेर सेवारत क्रिमसन अस्पतालले सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर होम कलेक्सन अर्थात घर घर मै गई रगतको नमुना संकलन कार्यको शुरुवात गरिएको अस्पतालले जनाएको छ।
अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालका अनुसार अव क्रिमसन अस्पतालले रगतको नमुना संकलनका लागी १ दिन अगावै सेवाग्राहीले अस्पतालको पैसा नलाग्ने टोल फ्रि नम्बर १८१०५०००१४४ मा सम्पर्क गरि नाम दर्ता सकिने बताउनु भयो ।
साथै रगतको नमुना संकलनको काम हरेक दिन बिहान ७ बजेदेखि १० बजेसम्म गरिनेछ । रगतको नमुना संकलन बापतको सेवा शुल्क अस्पतालले निर्धारण गरे अनुसारको हुने अस्पतालका प्रमुख प्रशासकिय अधिकृत मनमोहन भट्टराईले वताउनु भयो ।
नमुना संकलन बापतको सेवा शुल्क अस्पतालले निर्धारण गरे अनुसार हुने तथा भुक्तानीका लागी क्युआर अथवा सिधै नगद मार्फत पनि गर्न सकिने भट्टराईले वताउनु भयो। उहाँका अनुसार संकलित रगतको रिर्पोट इमेल वा ह्वाट्सएप मार्फत सिधै उपलब्ध गराइने छ ।
अस्पतालका अनुसार सार्वजनिक विदाको दिन भने नमुना संकलनको काम गरिने छैन । हाललाई भने रगत संकलनको कार्य तिलोत्तमा नगरपालिका भित्रका १७ वटा वडाहरूमा लागु गरिएको र विस्तारै रुपन्देही लगायत अन्य स्थानीय पालिकाहरुमा समेत रगतको नमुना संकलनको कार्यलाई विस्तार गरिने अस्पताल प्रशासनले जनाएको छ ।
प्रतिकया दिनुहोस्